संस्मरण : महाभोजको महामजा !

~केदार शर्मा~

आफूले व्यग्रतापूर्वक पर्खेको उत्सवका दिनमा को खुसी नहोला ? ‘राष्ट्रिय महाभोज २०६८’ नजिक आउँदै गर्दा म साँच्ची नै उत्साहित थिएँ । पेट हल्का र मन चङ्गा भयो भने भोजको मजा दोब्बर हुन्छ भत्रे थाहा थियो । त्यसैले तीजमा ब्रत लिनुअघि धेरै र मीठोमीठो खाने चलनको ठीक विपरित, महाभोजका एक–दुई दिनअघिदेखि नै हामीले एकदमै हल्का खाना खाएका थियौँ । किनभने त्यस दिन हामीलाई खूब खानु थियो ।खानेकुरा नभए हाम्रो प्राण धानित्र तर यो प्राण धात्रे कुरा मात्र हैन । धेरै मानिस बाँच्नका लागि खाएको भनेर जीवनमा अरू महान् लक्ष्यहरू भएको जनाउ दिन्छन् । मलाई भने म बाँचेको नै खानलाई हो, खाएर रमाइलो गर्नलाई हो भत्र कुनै सङ्कोच छैन । मेरो जीवनका अन्य लक्ष्य छन् भने ती पनि खानेकुराकै वरिपरि छन् । सबैले सम्मानपूर्वक खान पाऊन्, खानेकुराको आनन्द लिन पाऊन्, मानव सभ्यताले आविष्कार गरेका विविध ढङ्गका पाककलाले प्रकृतिका चमत्कारिक उपहारहरूमा थपेको महŒव सचेततापूर्वक अनुभव गर्न पाऊन्— मेरा प्रयत्नले प्रत्यक्ष–परोक्ष रूपमा यस्ता कुरालाई मद्दत गरून्— मलाई अरू केही चाहिँदैन ।

यो भाग खाऔँ सब भाइ सङ्गै बसेर चारैतिर हार रिङ्गै –राष्ट्रकवि माधव घिमिरे

खानेकुराले पोषण, ऊर्जा, स्वाद र सन्तुष्टि दिन्छ । खानेकुराले मानिसलाई जोड्छ, समाजलाई एकछत्र बनाउँछ । हाम्रो समाजमा जातीय भेदभाव केहीले अन्त्य गर्छ भने त्यो खानेकुरा नै हो भत्रेमा मेरो ठूलो विश्वास छ । सुँगुरलाई नयाँ न्वारान गरेर बङ्गुर बनाएपछि र राँगाको मासुलाई पीठोमा पोको पार्न थालेपछि बाहुन–छत्रीहरूको खानपानमा ठूलो परिवर्तन आएको कुरा स्वीकार नगरी धर छैन । जाँडरक्सीका अनेक बेफाइदा छन्, तर त्यसले समाजलाई एकछत्र बनाउन मद्दत गरेको कुरा पनि बिर्सिन हुँदैन ।

मन्दिर मस्जिद फूट कराते मेल कराती मधुशाला –हरिवंश राय बच्चन

यस्तै कुरा सोच्दै म एकाबिहानै सपरिवार पुगेँ महाभोजमा । दशैँको याम, बिहानैको काठमाडौँको मीठो मौसममा महाभोजले रौनक थपेको थियो । टुँडिखेलमा तयार अत्यन्त व्यवस्थित खाद्य शिविरमा पुग्दा हामी दङ्ग प¥यौँ । हामीलाई त्यहाँ पुग्ने पहिलो हुने आशा र रहर थियो, तर धेरै मानिस पहिला नै पुगिसकेको देख्दा आरिस र खुसी दुवै लाग्यो । प्रशस्त टेबुल, कुर्सी र छाताहरूको व्यवस्था भएको महाभोजस्थलमा एउटा टेबल ओगटेपछि हामी बिहानीको सुरुआत गर्ने तातो पेयको खोजीमा लम्क्यौँ ।

चिया–कफीका स्टल अनेक थिए । तात्तातो दूध पनि देखिँदै थियो । हामीले सकभर उत्पादककै हातबाट बनेको खानेकुरा खानु थियो । मैले इलाम बौद्धधामकी योञ्जनबालाको हातको सुनौलो र मगमगाउँदो चिया लिएँ; श्रीमतीले ‘यहाँ आएर त अरू बेला नपाइने कुरा पो खाने त’ भन्दै मनाङकी गुरुङनी दिदीबाट भोटेचिया लिइन् । छोरो ठूलो कफी प्रेमी– ऊ कास्की बेगनासको अर्गानिक कफीको कप लिएर टेबुलमा आइपुग्यो । चिया कफीसम्म त केही गाह्रो थिएन, छान्न । अब नास्ता कसरी थाल्ने ? के के खाने ? केसित के मिल्छ ? हाम्रा अगाडि भरमार कुरा थिए, छात्रलाई ।महाभोज आयोजनाको उद्देश्य नै नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई भोजनमा प्रस्तुत गर्नु थियो । मेचीदेखि महाकाली र मधेशदेखि हिमालपारसम्मका समुदायले आ–आफ्ना खानेकुरा ल्याएका थिए । नेपाल सरकारका सम्बन्धित सबै मन्त्रालयले सहयोग गरेको यो आयोजना सांस्कृतिक र जातीय सद्भावका लागि जति महŒवपूर्ण थियो, पर्यटन र आर्थिक विकासका लागि त्यति नै आवश्यक । त्यसैकारण यसमा पर्यटन र ग्रामीण विकाससित सम्बन्धित विभित्र संस्थाले पनि सहयोग पु¥याएका थिए ।

यहाँ ठूला होटल र रेस्टुरेन्टका स्टल थिएनन् तर तिनका शेफ र व्यवस्थापकहरू ठाउँ–ठाउँका खाना चाख्दै हिँडिरहेका थिए । कुनै पनि खानेकुराको रेसिपी र विधि कुनै व्यापारिक प्रतिष्ठानलाई चाहिएमा त्यसका ‘सर्जक’ र समुदायले त्यसको जस र केही सम्मान राशी पाउनुपर्छ भत्रे कुरामा आयोजक सरकार, निजी क्षेत्र र सहभागीहरू सहमत थिए ।

हामी जसरी नै दङ्ग परेर अल्मलिएको भेटियो अर्थविद् सुजीव शाक्यको परिवार । नेपालको खानेकुराको यत्रो विविधता यहाँ जुट्नुलाई शाक्यले ‘नेपालीहरूले आफ्नोपनमा फड्को मारेको’ भने । आफ्नो शाकाहारी परिवारलाई तदनुरुपको स्टलतिर डो¥याउनुअघि शाक्यले भने, “अब भने नेपालको जैविक र सांस्कृतिक विविधताको अन्तर्राष्ट्रिय बजार खोज्ने बेला भएछ ।”

अब भने हाम्रो पनि भोक चक्र्यो । श्रीमतीलाई झपा मोरङको भक्का खान मन लाग्यो, मलाई दाङ–देउखुरीका धनीराम थारूकहाँ खाएको पुई र लर्चाको सागसितको ढिकरीको स्वादले तान्यो । पहाडको साझ खाजा मकै–भटमास र अदुवा–कागतीको चटनीले मलाई तानिसकेको थियो, तर त्यो एकदम आडिलो खाजाले पेट टत्र पारेर महाभोजको महामजा लिन नदिने भएकाले त्यसको लोभ त्यागिदिएँ । त्यसको साटो दुधे मकैको फ्याप्लोको कचौरा तानेँ । मगमग घ्युमा पड्काइएको जीराले झनेको फ्याप्लो एकदम क्रिमी थियो । मकैको गुलियोपन र हल्का नुनको विशिष्ट स्वाद भएको लयालु फ्याप्लो मुखमा हाल्नासाथ यसको सुवासले च्यापु र नाक हुँदै मनसम्मलाई छोयो ।हामीले चम्सुर हालेर पकाएको, पूर्वी पहाडका बाहुनहरूले मन पराउने बाक्लो दूध सुरुप्प पार्दै दाङको स्टलबाट किनेको फिनी खायौँ । काठमाडौँको हलुवा–स्वारी नखाएको धेरै भएको थियो, गुलियोमा त्यही रोजियो । टेबुलमा एक प्लेट जिलेबी पुरी पनि आयो । नेपालगञ्जको रावडीले पनि हामीलाई तान्यो । महेन्द्रनगरको स्टलबाट तीनथरी लस्सी उठायौं । कागती र नून हालेर मथिएको चनाको सातु पिउँदा निकै वर्षअघि वैशाख १ गते रौतहटको गौरमा सतुवाइन मनाएको झ्झ्ल्को आयो ।

लामो समय लगाएर स्वाद लिई–लिई नास्ता गरियो । पेट टत्र भरियो, तर मनको भोक उस्तै । हामीले कति हो कति परिकार अझै छुन पनि सकेका थिएनौँ । ढिकीमा कुटेको ताजा चिउराको सुवासले हामीलाई तानेको थियो; सेलरोटीको झवाईंले लोभ्याएको थियो; जुम्लाको मह दलेको फापरको रोटी, मधेशका दालपुडी र सोहारी— सबै खानेकुरा खाउँ–खाउँ भइरहेको थियो । तर दिनभर खाइरहने महायोजना सफल पार्न हामी मन नलागी–नलागी उठेर घुम्न थाल्यौँ ।

खानेकुरा छ भने हामी नेपाली दिनभर खाइरहन्छौँ । तर पनि नेपाली भाषामा खानेकुराको नाम समय अनुसार छैन । अङ्ग्रेजीमा ब्रेकफास्ट, लन्च, सपर वा डिनर भनेर वा ब्रन्च समेत थपेर खानेकुराको समय बुझइन्छ । नेपालमा यस्तो शब्द सम्पत्रता थारू भाषामा मात्र छ । संयुक्त परिवारमा बस्ने यस समुदायका घरहरूमा विभित्र उमेरका व्यक्तिहरूका लागि एकाबिहानैदेखि, कहिले त पकाउनै नभ्याउने गरी खाना चाहिन्छ । त्यसैले अघिल्लो दिन नै बिहानको पहिलो खानाको तयारी गरिएको हुन्छ, जसलाई बासी भनिन्छ । बिहानै पकाएको रहेछ भने पनि ‘बासी’ । बासीमा भात, रोटी, ढिकरी जे पनि हुनसक्छ ।कृषिका पौरखी थारूहरू चाँ–चाँडै भोकाउँछन् पनि । बासी खाएर खेतमा गएको करीब तीनघन्टामा अर्को पटक खानेबेला हुन्छ अनि कलुवा भनेर भात खान्छन् । अर्को तीन घन्टापछि मिझ्नी भनेर प्रायः घुँघी चुस्दै छनुवा जाँड खान्छन् । जाँड खाने उमेरमा नपुगेकाहरू भातसात नै खान्छन् । त्यसपछि सिझ्नी भनेर हल्का नास्ता गरिन्छ, जसका परिकारमध्ये मकैको भुजा गजब हुन्छ । अनि बेरीमा भात वा रोटी खाइन्छ जसको सितनमा पाएसम्म माछामासु र नभए कुनै पनि झेल तरकारी हुन्छ । यता नेपालीमा खाजा, नास्ता, अर्नी, खाना जे–जे भने पनि ती नामहरूले समय बुझउँदैनन् । मलाई लाग्यो, अब नेपाली भाषामा थारू नामहरू ग्रहण गर्नुपर्छ, खानेकुराबाट संस्कृति र सामाजिक सम्पत्तिको श्रीवृद्धि गराउने हो भने ।

खानेकुराका उपभोक्ताले पस्केको खाना खान्छन् । पारखीले भने त्यसको तयारीदेखि नै स्वाद लिन्छन् । हामीलाई पनि, खासगरी यसै लेखका लागि खानेकुरा बनाएकैदेखि हेर्नुथियो । खानेकुरा बनाउने ठाउँको फोहोर र मिसावटका कारण मुलुकभर होहल्ला मच्चिइरहेका बेला आयोजित यो महाभोजमा खानेकुरा बनाएको, पकाएको ठाउँ सरोकारवालाहरूले चाहेको बेला हेर्न पाउने व्यवस्था गरे पनि सर्वसाधारणका लागि खुला गरेका थिएनन् । तर पत्रिकामा लेख्ने भनेपछि स्टलहरूले हामीलाई स्वागत गरे । सरसफाइ र फोहोर व्यवस्थापन हेरेपछि हामीलाई मुक्तकण्ठले आयोजकहरूको तारिफ गर्न मन लाग्यो ।मधेशतिरको कुनै स्टलको भान्सामा कर्कलाका कलिला पातहरू जोडेर झ्न्डै एउटा नाङ्लो जत्रो बनाइएको देखियो । तीन जना महिलाले त्यसमा मासको लेदो दले । त्यसपछि उनीहरूले त्यसलाई सावधानीपूर्वक बेरे, मान्द्रो बेरे जसरी नै, सकेसम्म कसिलो पारेर । अनि त्यसलाई चट्–चट् काटेर बफ्याउन बसाए । अरिकञ्चन रहेछ यो परिकारको नाम । त्यसलाई भरे चाख्नै पर्ने खानेकुराको सूचीमा समावेश गर्दै हामी अघि बढ्यौँ । नेपाली भान्सामा मसला पिसाई नौलो कुरा होइन । तर पोल्नुपर्ने परिकारहरू हेर्दा भने लाग्छ, हाम्रा कतिपय परिकार पाँचतारे होटलमा रमाउन सक्दैनन् । कोइलामा पोलेर गोलभेंडा र सिद्राको अचार बनाइँदै गरेको भान्सामा पुग्दा आएको यो विचारलाई खरानी दलेर माछाको कत्ला फ्याँकेको दृश्यले अरू बलियो बनायो । अर्को स्टलमा खरानी पानीमा उसिनिएको आलो तामा पखालिँदै थियो । आलो तामाका पारखीहरूलाई थाहा छ खरानीमै उसित्रु र चित्त बुझउन अरू केहीमा उसित्रुको अन्तर ।

एउटा स्टलको भान्सामा एकजना महिलाले आकार मिलेका आलुलाई पखालीवरी हाँडीमा हालेर पहिला हरियापातले अनि पछि बिर्कोले छोपेर आगोमा बसाइन् । पानी नहाली उसित्रे यो विधिलाई ‘खँगार्नु’ भनिँदोरहेछ । आगो ताप्ने चलन भएको ठाउँका लागि यो अच्छा विधि हो । यसले कन्दमूलहरूलाई ओभानो र लगभग पोलेको स्वाद दिन्छ । भरे खँगारेको लेकाली आलु पनि खाने भइयो ।

घुम्दाघुम्दै सुसन कर्माचार्यलाई देखेर हामी अडियौँ । अमेरिकामा पाकशास्त्र पढेकी र संसार घुमेर खानेकुरा चाखेकी सुसनले यो महाभोजलाई अमेरिकाको शिकागोस्थित न्याशनल रेस्टुरेन्ट एशोसिएसनले बर्सेनि आयोजना गर्ने फूड शोसित तुलना गरिन् । “आज मेरो नेपाली हुनुको गौरव अरू चुलियो”, भन्दै उनले केही परिकारको स्वादको बयान गरेर हाम्रो भोक जगाइदिइन् । अनि हामीले ‘कलवा’ खाने विचार ग¥यौँ । यसपटक हामीले खानेकुरा मिसमास गर्नुको साटो एउटै स्टलको चिजबिज नै एक छाक खाने निर्णय ग¥यौँ । मासुको महाभोगी छोराले किराती भान्सा रोज्यो, श्रीमती थकाली भान्सातिर लागिन् र म लागेँ मिथिलाको मिठासमा ।

म सिङ्गै नाङ्लो बोकेर आइपुग्दा उनीहरू पहिल्यै टेबुलमा तैनाथ भइसकेका थिए, मुसुमुसु हाँस्न थाले । आमाको उमेरकी महिलाले आदरभावले नमस्कार गरेर खानेकुरा दिँदा छोरो अत्तालिएछ । “म त के गर्नु न के गर्नु भएँ” उसले सुनायो । किरातीहरूको अभिवादनसहित खानेकुरा अर्पण गर्ने त्यो सुन्दर प्रचलन हराएर जान नदिएकोमा ती महिलालाई मैले मनमनै त्यसरी नै नमस्कार गरेँ ।

छोराको थाल र कचौराहरूमा थिए— अटे चामलको भात, मनपाहाको मासु, सुपको साग मिसाएको कुखुराको झेल, जिम्बुमा झनेको मस्याम, किनामाको झेल, लेकाली वनको झयाउ मिसाएको रक्तिवाल पुँडी सुँगुरको मासु, कुखुराका प्वाँख पोलेर बनाइएको भातसहितको तीते, सुँगुरको खुट्टाको अचार र छिनिक (वन सिलाम)को छोप हालेको आलुको अचार ।

उसकी आमाको फराकिलो थालमा खासै नौला परिकार थिएनन् तर परिचित भएकै कारण लोभलाग्दा थिए । फापरको पातको धूलो ‘घाब्रा’ हालेर जिम्बू झनेको मासको दाल, फापरको ढिँडो, भात, कुखुराको मासु, च्याङ्ग्राको सुकुटी र देख्दै स्वादग्रन्थी पग्लिने मुलाको अचार ।

मेरो नाङ्लोमा थिए थालको वरिपरि फेरो लगाएर राखिएका थरीथरीका तरूवा (पकौडा) । दालपुडी, भात, मस्यौरा, आमिल (आँपका चाना) हालेको रहरको दाल, माछाको झेल र मखानको खीर । श्रीमतीले मेरो विकासशील उदरतिर हेरेर हल्का असहमति जाहेर गरिन्, “हरे असन्तोकी ! स्टल नै बोकेर आउनुपथ्र्यो ? मान्छेले देख्दा पनि के भन्लान् ? हेर, नाङ्लै बोकेर आएको… !”

“मेरा लागि मात्र हो र ?” अघि बनाउँदै गर्दा हेरेको अरिकञ्चन र मिथिलाको अतिथिलाई खुवाउने विशिष्ट खानेकुरा तिलकौरको तरुवा उनीहरूका भागमा पनि हालिदिएँ र मिथिलाका सम्धीले खाए जसरी खान थालेँ ।

••• महाभोजमा खानेकुरा पस्किने पारा र शैली मैले आशा गरेभन्दा राम्रो थियो । पहिले साना झयालढोका भएका अँध्यारा र धूवाँसरीका भान्सामा पस्किइने भएकाले होला, नेपाली खानेकुरा, खासगरी पहाडे खानेकुराको प्रस्तुति सौन्दर्यका दृष्टिबाट कहिल्यै गतिलो भएन । थालमा चपरी लडायो, मुछ्यो र हतारहतार ठूल्ठूला गाँस हाल्यो ! तर अहिले घरका संरचनासँगै भान्साका स्वरूपहरू फेरिए । र, फेरियो परिवारको ढाँचा पनि । यस्तोमा हाम्रो खानेकुराको प्रस्तुतिकरणमा ठूलो परिवर्तन ल्याउनुपर्छ भत्रे लागिरहेको थियो मलाई । यस पटकको महाभोज तयारीमा समय र खर्च लगाएर सहभागीहरूलाई आवश्यक तालिम समेत दिइएकाले त्यसमा धेरै सुधार भएको अनुभव पनि भयो ।

दिन छिप्पिँदै जाँदा भीड बढ्न थाल्यो । महाभोज महाभीड हुने रहेछ, आयोजकहरूले निश्चित सङ्ख्यामा मात्र टिकट नबेचेका भए । यो भीडमा डोल्पाकी रिक्की लामालाई चित्र हामीलाई गाह्रो भएन । “आज मैले घरको जस्तो मात्र हैन, थरीथरीका ढिँडो चाखेँ । त्योभन्दा ठूलो कुरा त, आज एकैदिनमा आफ्नो देशलाई धेरै चिनेँ”, रिक्की दङ्ग थिइन् । रिक्कीबाट छुट्नासाथ भेटिइन् डा. अरूणा उप्रेती । “मैले हाम्रा आफ्नै खानेकुरा गतिला छन् है भत्र थालेको दुईदशक भयो, तर कोही नपत्याउने ! आज त सबले देखे”, उनी पनि मक्ख थिइन् ।

यतिका खानेकुरा छन् तर यिनको महŒव किन घर र समुदायमा मात्र सीमित भयो ? हाम्रा रेस्टुरेन्टहरूले किन यी खानेकुरालाई अङ्गीकार गर्न सकेनन् । पाल्पालीले चुकौनी र हाँसको छोयला त बेचे, तर इलामेले मोहीको सोल्लर र मकैको भात बेच्ने हिम्मत किन गरेनन् ? चपाउने छुर्पी बिक्यो तर तरकारी–अचार खाने छुर्पी किन चिनिएन ? थकाली र नेवारले जसरी गुरुङ, मगर, राई–लिम्बू वा मधेशीहरूले किन आफ्ना परिकार बजारमा ल्याउन सकेनन् ? बारा जसरी बटुक किन बेचिएन, ख्युनी वा झ्लििङ्गा (तारेर खाइने चामलको रोटी)ले बजार किन पाएन ? हामी वनबाट सयौँ प्रकारका तरकारी र कन्दमूल प्राप्त गर्छौं तर तिनलाई आफ्नो सम्पत्रताको स्रोत किन बनाउन सकेनौँ ? महाभोजपछि पनि यी प्रश्नहरू भने अनुत्तरित नै छन् ।

आपसमा यस्तै कुरा गर्दै हामीले मिझ्नी खायौँ, मैले चाम्रे र गुन्द्रुक खाएँ । अनदी चामलको भातको डल्ला चिचर खायो छोराले, सिद्राको चटनीमा चोबेर । श्रीमतीले खाइन् ओखती हालेर पकाएको पुवा । फेरि पनि हामीलाई लाग्यो, महाभोज एकदिन मात्र किन ?

महाभोजमा वीरगञ्जका पत्रकार चन्द्रकिशोरलाई भेटेपछि मैले कलवामा खाएका मधेशका खानेकुराको तारिफ गरेँ, “नेपाली परिकारका रूपमा हाम्रा खानेकुराको कहिल्यै नाम आएन । हामीले पनि त्यो दाबी गर्न सकेनौँ । खासमा हाम्रा खानेकुरा घर बाहिर निस्किनै सकेका छैनन् । तर अब ती दिन आए”, चन्द्रकिशोर रोकिएनन्, “आज चाहिँ म पहाडका व्यञ्जन नै चाख्ने सुरमा छु ।”

हामी सबै नौला खानेकुरामा रमाइरहेका छौँ । जहिल्यै हतारोमा रहने पत्रकार कनकमणि दीक्षितलाई पनि यही महाभोजमा श्रीमती शान्ताको पछिपछि परिकारको स्वाद लिँदै गरेको पनि देखियो ।

आफूलाई ‘मजाले खान सक्ने’ ठान्ने पर्वतारोही÷पत्रकार शैली बस्नेत महाभोजमा दङ्ग नहुने कुरै भएन । उनले धेरै खान सक्ने भएकैले हामीले भन्दा बढी परिकार चाखेकी थिइन् । दङ्ग पर्नेमा अर्का थिए डा. सुशील कोइराला, जसले वेद मात्रे हुन् वा नमात्रे, सबै सहभागीका खानामा श्रद्धा, प्रेम र निष्ठा देखिएकाले यी सबै नै वैदिक खानेकुरा भएको घोषणा गरिदिए । तर काठमाडौँमा बस्ने दार्जीलिङकी प्रवतिका राई भने खुसी भएर पनि खित्र देखिइन् । “यत्रो फेस्टिभल गरिसकेपछि हाम्रो दार्जीलिङतिरको पनि राखेको भए कुतुक्सको मजा नै अर्कै हुन्थ्यो, हौ”, उनको मनको एउटा कुनो भरिएको थिएन ।

अर्काको खानेकुरामा रमाउनु मानिसको पाककला र संसारको खाद्य विविधताप्रतिको सम्मान हो । यो एउटा सामाजिक शिष्टाचार हो र आफूसुखी हुने मेलो पनि । छोराछोरीलाई स्तरीय शिक्षा दिने, संसार हाँकोस् भत्रे चाहना राख्ने तर ‘यसलाई त दालभात विना हुँदैहुँदैन’ भनेर हुर्काउने हो भने ती विचराहरूले साँचो अर्थमा अरूको संस्कृतिको आदर गर्न सक्दैनन् । अध्ययन÷अध्यापन र अरू काम गर्न विदेश बसेका नेपालीहरू सधैँ भातको न्यास्रोमा बाँच्छन् । छोराछोरीलाई सानैदेखि संसारको खाद्य–विविधता, खाद्य–सङ्कट, खाद्य–व्यापार र खाने कलाबारे धेरथोर जानकारीका साथ हुर्काउने हो भने उनीहरू अन्नको महŒव बुझने हुन्छन् ।

आठ दशक उमेर बिताइसकेका लेखक कमल दीक्षितलाई महाभोजमा भेट्दा आश्चर्य र खुसी दुवै लाग्यो । “हाम्रा खानेकुरा अब कहिल्यै पनि मासिँदैनन् भत्रे कुरामा म ढुक्क भएँ”, उनले भनिहाले, “तर बुझनुभोे, यिनको अभिलेख पनि राखिहाल्नुपर्छ । एउटा पुस्ताले यी खानेकुरा बनाउन बिस्र्यो भने अर्को पुस्ताले अर्काले पकाइदिएको खान मात्र जान्दछ ।” मदन पुरस्कार पुस्तकालयका नाममा अभिलेखालय नै चलाएका दीक्षितको यो कथनको मर्म बुझन मलाई गाह्रो भएन । किनभने, उनको अभिलेखले धेरै कुरा जोगाएको मैले देखिसकेको छु ।

महाभोजमा बेरी (रात्रिभोजन) गरियो, फेरि ‘महाबफे’बाट छानीछानी खानेकुरा लिएर । त्यसमा के थिएनन् र ? भात, रोटी, खिचडी, मःम, छोयला, बारा, चटामरी, थरीथरीका तरकारी, सिन्की गुन्द्रुक– के के हो के के । काठमाडौँको योमरी, गण्डक क्षेत्रको अनदी चामलको लट्टे र पूर्वी पहाडका ढकने हाम्रा मिष्टात्र (डिजर्ट) बने । थरीथरीका मादकद्रव्यको मिठास लिन नसकेकोमा मलाई पहिलोपटक नमज्जाको अनुभूति भयो । गुल्मी भार्सेका साथीहरूले बनाएको झवाइँखट्टे भने नचाखी छाडिनँ । घिउमा अनदी चामल फुराएर महसँग झनिएको यो कोदाको झेल त खासमा बाहुनलाई पल्काउनै बनाइएको पेय हो भन्ने लाग्यो, मलाई ।

एउटा गजबको दिन बिताइयो, तर कल्पनामा । पाठक, यो महाभोज छुट्यो वा मैले चाहिँ कसरी थाहा पाइनँ भत्रे सोच्दै हुनुहुन्छ भने ढुक्क हुनुहोस्, छुटेको छैन । यस्तो आयोजना भएकै छैन । तपाईंलाई यो कल्पना रोचक लाग्यो भने बुझनुभए हुन्छ, यस्तो महाभोजको आवश्यकता र सम्भावना दुवै छ ।

यो सूचीमा मैले यो मुलुक घुम्दा खाएका र रमाएका कैयन् खानेकुराको वर्णन त के नामसम्म पनि छुटाएँ होला । तपाईंको सूची मेरोभन्दा पनि लामो हुनसक्छ । महाभोज गर्ने हो भने हामी सबैले हाम्रा खानेकुरालाई माया गर्नुपर्छ । यसका लागि यो दशैँमा बिर्सन लागिएको खानेकुराको एउटा परिकार र आफ्नोभन्दा अर्को जातीय समुदायको एउटा परिकार हामी सबैका भान्सामा पाकोस् !

(यस लेखमा लेखक उद्धृत गरिएका व्यक्तिहरू हिमालको यस अङ्कमा खानेकुरा सम्बन्धी लेख लेख्ने लेखक र पत्रकार हुन्।)

September 29, 2011

(स्रोत : हिमाल खबर)

This entry was posted in संस्मरण and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *