कविता : हो, म त्यही हुँ

~प्रणिका कोयु~pranika-koyu

हो म त्यही हुँ
कहाँ-कहाँबाट कसरी-कसरी
कुन पला बत्तिएर आउने
हावा-हुण्डरीले उडाउने
हो म त्यही हुँ
असिना नचाहिने
चुरचुर भएर
चुटिनको निम्ति

हो म त्यही हुँ
सबैले देख्ने काँच
यो कुनादेखी त्यहाँ
स्पष्ट र कमजोर

तर हैन म कुनै
लहरा हर लठ्ठीमा लठारिने
र छैन मेरा इच्छा
विरानो ठेगानामा हराउने

हो हो हो हो
म त्यही हुँ
तिम्रा सबै झुठहरू सँगालेर
आफ्ना प्रश्नहरूको चिहान खन्ने

हो त म त्यही हुँ
छाँयाहरुसँग लुकामारी खेल्ने
तिम्रा सबै धुनहरूलाई बेसुरा बनाउने
तिम्रा सबै झुठहरू सँगालेर
आफ्ना मुस्कानहरू डढाउने

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.