कविता : यो सहर

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

अचेल यो सहरमा
मोटरहरू अन्धाधुन्ध गुडिरहेछन्
सडकका पेटी पेटीहरूमा
माग्नेहरू कचौरा तेर्छयाएर
पैसा मागिरहेछन्
तमाम् आमा र श्रीमतीहरू
छोरा र श्रीमानहरू
हेराहेर गरिरहेछन्
अचेल सहरमा
जड्याहाहरू सार्वजनिक थलोमा
दिनदहाडै जाड रक्सी धोकिरहेछन्
बोसोचर्वीले थकित छन्
तैपनि बेजोडले हाँसेकै छन्
सहरका गल्लीगल्लीमा
पुलिसहरू हातमा लठ्ठी र काँधमा बन्दुर भिरेर
अहोरात्र हिँडिरहेछन्
उनीहरू रेष्टुरेन्टमा छिरेर
मात्तिने पनि गरिरहेकै छन्
जुवाडेहरू तास
खेल्न लागेका छन्
अचेल यो सहरमा
यस सहरका रंगीविरंगी
जिउँदा चित्रहरू हेर्दै
म भने लज्जित भइरहेकै छु ।

– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.