लोक कथा : जिउँदो मान्छेको करामत र यमराज

~अज्ञात~

एकदिन यमराजले मर्त्यलोकमा घुम्दै गर्दा एउटा हात्तीलाई एउटा दुब्लो पातलो मरन्च्याँसे माहुतेले हातमा एउटा मसिनो लट्ठीको भरमा तह लगाइरहेको देखेछन्। हात्ती एकान्तमा भएको मौकामा यमराजले हात्तीसित भनेछन्- “गजराज, यत्रो विशाल र शक्तिशाली भइकन पनि यस्तो फिस्टे मान्छेको वशमा किन पर्छौ? यस्ता भुसुनालाई पनि ठेगान लाउन सक्दैनौ?”

हात्तीले जवाफ दिएछन्- “मानिसको जात मापाको ज्याद्रो पो हुन्छ त यमराज, तिमी यमलोकमा मरेको मानिससँग संगत गर्छौ अनि के थाहा पाउछौ र? कुनै दिन जिउँदो मानिसको फेला पर्यो भने थाहा पाउँछौ!”

यति भनी हात्ती फेरि माहुतेको डरले माहुते भएतिर गयो भने यमराज चाहिं गम खाँदै यमलोक फर्कियो। यमलोक पुगेपछि यमराजले जिउँदो मानिस कस्तो हुँदो रहेछ त भनी जान्नेि विचारले आफ्ना दुतहरू चण्ड, अचण्ड र प्रचण्डलाई मर्त्यलोकबाट एउटा जिउँदो मानिसलाई यमलोक ल्याउन अह्राएछन्। यमदुतहरूले एउटा सुतिरहेको मानिसलाई उसले थाहै नपाउने गरी खाटै समेत बोकेर यमलोकतिर लाँदै गरेछन्। यमराज कहाँ पुग्ने बेलामा नर्कमा बलिरहेको आगोको रापले जिउँदो मानिसको आधा निद्रा खुलेछ र आफु यमलोक आइपुगेको भन्ने उसलाई थाहा पनि थिएन। उसले भन्ठान्यो कि उसका तीनै छोराहरू चण्ड, अचण्ड र प्रचण्ड अनि नोकर यमे आगो ताप्न दाउरा बालेर दाउरा खेर फाल्ने काम गर्दैछन्। उसले अर्धनिद्रामै छोराहरूलाई हकारेछन्- “तिमीहरूलाई, भातमारा पाजी हो, यो आगो कसले बाल्यो, तुरुन्त निभाओ। चण्डे ए चण्डे, हैन अचण्डे र प्रचण्डे पनि कता मुण्टिएछन् बजियाहरू?”

यसरी आ-आफ्नो नामै काढेर हकारेको देख्दा यमदुतहरूको सातोपुत्लो उड्यो र उनीहरूले लुगलुग काम्दै जिउदो मानिसलाई यमराजकहाँ लगे। ऊ बम्कँदै थियो- “ए यमे, यमे। पख्लास् भतुवा, आज तैंले चाहिं राम्रै चाख्ने” भइस्। तेरा पिडुँला नफर्काई त कहाँ छोडुँला र?”

यसरी आफूलाई पनि बेस्सरी हपारेको देखेर यमराज पनि अक्कल न बक्कस परेर बोली नै फुटाउन सकेनन्। त्यतिन्जेालमा जिउँदो मान्छेको निद्रा पुरै खुल्यो र उसले आफूलाई यमराजको अगाडि पायो र सबै यथार्थ बुझिहाल्यो। तर उसले आफूलाई तुरुन्त सम्हाल्यो र स्थिति सम्हाल्ने उपाय सोचिहाल्यो। अनि यमराज अक्कस न बक्कि परेको मौका छोपी खाटबाट बर्लुक्कज उफ्रियो र दौडेर यमराजको सिंहासन नजिक गयो। त्यसपछि सिंहासन नजिकै रहेको यमदण्ड आफ्नो हातमा लिएर उठायो र कुर्ल्यो- “चण्डे, अचण्डे, प्रचण्डे। यो पाजी स्वाँठ यमेलाई पाता फर्काओ। यसको यत्रो हिम्मत! जिउँदो मान्छेलाई यमलोक ल्याउन लगाउने? यसका डँडाल्नुमा तिमेरु तीनैजनाले पालैपालो १००।१०० कोर्रा बर्साओ।”

सृष्टिोपालक भगवान् विष्णुको नियमअनुसार यमदण्ड विना यमराजले पनि कुनै आदेश दिन नसक्ने र हातमा यमदण्ड हुनेकै आदेश यमदुतहरूले पालन गर्नुपर्ने थियो। यसरी एक्कासी आफुमाथि आपत आइपरेपछि यमराज दौडेर बैकुण्ठलोक पुगेर भगवान् विष्णुको पाउमा छाँद हालेर बिन्ति गर्न थाल्यो- “प्रभो ! मबाट गल्ती भयो। मलाई क्षमा बक्सियोस्, मलाई यो संकटबाट बचाईबक्सियोस्।”

भगवान् विष्णुले अन्तर्ध्यानबाट सबै कुरा बुझे र अनि यमराजलाई भने- “तिमीले सजायँ त पाउनै पर्ने हो। सृष्टिरको नियम मिचेर तिमीले आफ्नो कर्तव्य बिरायौ। र आफ्नो सिंहासन र यमदण्ड समेत गुमायौ । अब देख्यौ त जिउँदो मानिस कस्तो हुँदो रहेछ्? पुग्यो कि अझै जिउँदो मानिस हेर्ने रहर छ?”

यमराजले भने- “बिराएँ प्रभो, यस्तो गल्ती अब कहिल्यै गर्नेछैन।”

अनि भगवान् विष्णुले भने- “लौ भै गो। तिमीलाई यो एउटा ठूलो शिक्षा नै भो। अब आईन्दा यस्तो कुनै पनि रहर पाल्ने मुर्ख्याईं नगर र सृष्टिको नियमलाई कहिल्यै बेवास्ता नगर। एकपटकलाई म तिम्रो ईज्जत र यमलोक फिर्ता गराईदिन्छु। तर फेरि यस्तो भएमा मैले पनि केही गर्न सक्दिन। लौ यो चिठी लगेर मेरो नाम लिई त्यस जिउँदो मानिसलाई दिनू र उसँग माफी मागी उसलाई आदरपूर्वक मर्त्यलोक फर्काइदिनू। अब आईन्दा मिति नपुगी र काल नआई कुनै पनि जिउँदो मानिसलाई यमलोक ल्याउने काम नगर्नू।”

“हवस् प्रभो।” भन्दै यमराज त्यो चिठी लिएर यमलोक फर्के र जिउँदो मानिससँग माफी माग्दै उसलाई त्यो चिठी दियो।

त्यस चिठीमा यमराजले बिराएकोले एकपल्टलाई भगवान्वि ष्णुका तर्फबाट यमराजलाई माफी दिइएको र जिउँदो मानिसलाई यमलोकको सिंहासन र यमदण्ड यमराजलाई फर्काई सृष्टिोको नियम सुचारु गर्न अह्राइएको थियो। यसप्रकार यमराजले आफ्नो सिंहासन र यमदण्ड फिर्ता पाए र उनले जिउँदो मानिसलाई सम्मानपूर्वक मर्त्यलोक पुर्यायई आउन आफ्ना दुतहरुलाई अर्हारए।”

जिउँदो मानिस पनि यो सब घटनालाई एउटा भयानक सपना ठानी आफ्ना परिवारजन आफनो वियोगमा अलाप विलाप गर्लान् भनी मर्त्यलोक फिर्ता भयो।

This entry was posted in लोक कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *