कथा : रूप र गुण

~ध्रुब सापकोटा~

ऊसँग चार विकल्प थिए । एक, दसवर्षे गृहयुद्धका कारण जर्जर भएको ठाउँमा जाने । दुई, पाँच वर्षदेखि पानी नपरेका कारण एक चौथाइ मात्र जीवित रहेका प्राणीहरूको रक्षा गर्ने । तीन, एड्सको चपेटामा परेका ५० प्रतिशत जनताको उद्धार कार्यमा जुट्ने । चार, संसारको सबभन्दा गरबि ठाउँमा जाने र त्यहाँका आतङ्क र असुरक्षाले चपाइएका मान्छेको सेवा गर्ने ।

उसलाई लाग्यो, यी चारै ठाउँका मान्छे मानवीय सेवाका पर्खाइमा छन् । तिनीहरूको जीवन धरापमा परेको छ । यी चार ठाउँमध्ये उसले अन्तिम ठाउँलाई आफ्नो कर्मथलो बनाउने अठोट गर्‍यो । आतङ्क शब्द उसका लागि नयाँ थिएन । जुम्ल्याहा घर हेर्दाहेर्दै ध्वस्त भएको उसले देखेको थियो । इन्थ्य्रासको आतङ्क देखेको थियो । उसको देश त धनी थियो । सामना गर्ने आँट र हिम्मत थियो । एउटा दरदि्र ठाउँलाई यी दुई बोरा भारी कत्तिको गह्रुँगो भएको होला ? एउटा विपत्तिले नै थर्कमान बनाउँछ भने दुई-दुई विपत्तिको मारले त्यो ठाउँ कस्तो भएको होला ?

उसका साथीहरू एउटी सुन्दर पत्नी, एउटा सुन्दर घर र अन्तिम मोडलको कारका लागि सङ्घर्ष गररिहेका थिए । तिनीहरूलाई उसले आफ्नो अठोट बतायो । तिनीहरू रोमाञ्चित भए । तिनीहरूले उसलाई बधाई दिए । तिनीहरू स्वतन्त्र र समृद्ध देशका मान्छे थिए । अर्काको काममा हस्तक्षेप नगर्ने संस्कृतिमा हुर्केका थिए । अनावश्यक उपदेश नदिने संस्कृतिमा तिनीहरू हुर्केका थिए । जीवनमा प्रयोगको महत्त्व तिनीहरूले बुझेका थिए । उसकी श्रीमतीले समेत उसको अठोटमा हस्तक्षेप गरनिन् । यति भनिन्, “तिमीले इमेलबाट सम्पर्क गररिहनू ।” छोराछोरी हुर्किसकेका थिए । तिनीहरू आफ्नो काममा लागिसकेका थिए । तिनीहरू अलग बसिसकेका थिए । तिनीहरूलाई पनि उसले आफ्नो अठोट बताउने कर्तव्य ठान्यो ।

“बुबा ! तपाईं महान् हुनुहुन्छ । तपाइर्ंको अठोटको हामी प्रशंसा गछौर्ं । आवश्यक परे हामीलाई पनि बोलाउनू,” तिनीहरूले भने ।

“तिमीहरूले त आफ्नो क्यारयिर भर्खरै बनाउन लागेका छौ । तिमीहरूलाई म अहिले दुःख दिन चाहन्नँ । मैले आफ्नो अठोट मात्र बताएको । मेरो अठोटमा तिमीहरूको स्वीकृति पाएँ । यही नै मेरा लागि खुसीको कुरा हो,” उसले भन्यो ।

लामो यात्रापछि ऊ त्यस ठाउँमा आइपुगेको थियो । त्यस ठाउँको हिमालले उसलाई आकषिर्त गर्‍यो । त्यस ठाउँको प्राकृतिक सौन्दर्यबाट ऊ मोहित भयो । त्यो ठाउँ वास्तविक थियो र पनि उसलाई काल्पनिक लाग्यो । जङ्गलको कुनाबाट कलकल बगेको खोलाको निर्मल पानीको प्रवाह देख्दा उसले मनमनै भन्यो, “यो ठाउँ संसारको दरदि्र कसरी हुन्छ ?”

चारैतिर हरयिा पहाड थिए । विविध प्रकारका वनस्पति देखेर ऊ दङ्दास पर्‍यो र मनमनै भन्यो, “यस्ता अमूल्य रत्न जताततै भएको ठाउँ संसारको निर्धन प्रदेश कसरी हुनसक्छ ?” उसले प्रश्नको उचित जवाफ पाएको थिएन । प्रश्न एकातिर थियो, जवाफ अर्कोतिर थियो ।

ऊ पदयात्रामा सामेल भएको थियो । जङ् गली फूलको सुगन्ध जताततै फैलिएको थियो । उकालो लाग्यो । ओरालो लाग्यो । यातायातका साधन पुग्ने सडकको निर्माण भएको थिएन । प्रदूषण कतै थिएन । बिहान उठेर कलिलो घाम हेर्‍यो । प्रकृति त्यसमा रमाइरहेको थियो । उसको स्वागत गररिहेको थियो । उसले आफँैलाई नै प्रश्न गर्‍यो, “के यसैलाई नै भन्छन् दरदि्रतम् प्रदेश ?”

यो उसको सर्वेक्षणको समय थियो । कर्मथलोको खोजमा ऊ निस्केको थियो । उसलाई उपयुक्त ठाउँ र कामको चयन गर्न आवश्यक थियो ।

विशाल धनराशिसहित ऊ यस प्रदेशमा प्रवेश गरेको थिएन । ऊसँग कुनै अहङ् कार थिएन । आफ्नो सानो कामको ठूलो प्रचार गरेर वाहवाही लुट्ने उसको उद्देश्य थिएन । ऊ केवल इमानदार प्रयास गर्न चाहन्थ्यो । बढी मिहिनेत गरेर बढी सेवा गर्न चाहन्थ्यो ।

ऊ अस्पताल खोल्ने टुङ्गोमा पुग्यो । उसले यस ठाउँका मान्छेको जीवनस्तर देख्यो । उसलाई यस ठाउँका मान्छेका लागि यो नै सबभन्दा उपयुक्त र आवश्यक देख्यो । यसका लागि एउटा उपयुक्त घर आवश्यक थियो । उसले एउटा घर फेला पार्‍यो । यो घर सहरको एउटा छेउमा थियो । सामान्य मान्छेको पहुँचभित्र थियो यो घर । धनीहरूको इलाकामा पनि थिएन यो घर । उसले सेवा गर्न चाहेका मान्छेहरू जताततै भेटिन सक्थे । उसले त्यो घरमा सम्पर्क गर्‍यो । त्यो घरमा एउटा मान्छे बस्थ्यो । घर पूरै खाली थियो ।

“यो घर तपाईंको हो ?” उसले प्रश्न गर्‍यो ।

“होइन,” त्यो व्यक्तिले जवाफ दियो ।

“यो घर कसको हो त ?” उसको प्रश्न थियो ।

“यो घरको मालिक त अर्कै टोलमा बस्नुहुन्छ,” त्यस व्यक्तिले भन्यो ।

“के म उहाँलाई भेट्न सक्छु ?” उसले भन्यो ।

घरको मालिक पाँचौँ तलामा बस्थ्यो । उसले आफ्नो आवश्यकता बतायो । सम्झौता आवश्यक थियो । सम्झौतापत्रमा घरमालिकको नाममा एउटी महिलाको नाम थियो । त्यो घरकी बुहारी थिई घरमालिक । दाइजोमा घर आएको थियो । ठूलो परविार एउटै घरमा बस्थ्यो, दाइजोका घरहरू भाडामा थिए ।

त्यो घरका भाडाबापत छ महिनाको अगि्रम रकम उसले दियो । त्यो घरलाई अस्पतालका लागि उपयुक्त बनाउन धेरै परविर्तन गर्नुपर्ने थियो । शौचालय र स्नानघर निर्माण गर्‍यो । यसको मूल्य भाडामा जोडिएन ।

अस्पतालका उपकरणहरू जडान गरएि । घरबाहिर साइनबोर्ड झुन्ड्याइयो । बिरामीका सुविधाका लागि आकस्िमक कक्षसहित आरामदायी ओछ्यानको बन्दोबस्त गरयिो ।

उसले श्रीमतीलाई इमेल गर्‍यो र पूर्ण जानकारी दियो । यस अस्पतालको उद्घाटन यस ठाउँका वरष्िठ चिकित्सकबाट ऊ गराउन चाहन्थ्यो । सहयोगीहरूले फरक विचार राखे ।

“ठीक के हो त ?” उसले प्रश्न गर्‍यो ।

“हामीहरूले मन्त्रीबाट उद्घाटन गराएमा प्रशासनिक झमेला कम हुन्छ,” तिनीहरूको तर्क थियो ।

मन्त्रीसँग सम्पर्क उसले नै गर्‍यो । मन्त्रीले उद्घाटन गर्‍यो । मन्त्री खुसी थियो ।

“हामीहरूको राज्यले गर्ने काम तपाईंले गर्नुभयो,” मन्त्रीले भन्यो । जाने बेलामा उसको कानमा मन्त्रीले भन्यो, “मेरा दलका केही कार्यकर्ता छन् । तिनीहरूलाई काम दिनुपर्ला ।”

अस्पतालको काममा बिहान ८ बजे नै ऊ पुगेको थियो । सहयोगीहरू तयार थिए ।

ऊ यस ठाउँका रोगीहरूको उपचार गर्न चाहन्थ्यो । एउटा युवक आयो । यो तिनीहरूको पहिलो ग्राहक थियो । त्यसलाई विशेष ध्यान दिइयो । उसको नाम, जन्ममिति, ठेगाना र उमेर सबै कम्प्युटरमा प्रवेश गराइयो । युवकले प्रमुखसँग भेट्ने इच्छा गर्‍यो ।

“तपाईंलाई के भएको छ ?” प्रमुखले प्रश्न गर्‍यो ।

“म अत्यन्त अप्ठ्यारोमा छु । मेरो परविारमा आर्जन गर्ने कोही छैन । म काम चाहन्छु,” त्यसले भन्यो ।

उसलाई थाहा थियो । यो ठाउँमा विविध किसिमका बालरोगी छन् । तिनीहरूको उपचार गरेर भविष्य उज्यालो बनाइदिने उसको उद्देश्य थियो । उसलाई थाहा थियो, बम पड्केर र धरापमा परेर अङ्गभङ्ग भएका प्रशस्त मान्छे छन् । तिनीहरूलाई बाँच्न योग्य बनाउन ऊ चाहन्थ्यो ।

एउटी महिला आई । त्यस महिलाको जीवनवृत्त कम्प्युटरमा लोड गरयिो । अनि, रोग ?

“डा साहेब ! म भर्खरै खाडी मुलुकबाट फर्केकी हुँ । तीन लाख खर्च गरेर पुगँे । प्रहरीले छापा मारेर मलाई फिर्ता पठायो । तीन बच्चा छन् । तिनीहरूलाई पाल्ने साधन मसँग छैन । मलाई काम दिनोस्,” त्यस महिलाले हात जोडी ।

“यो त अस्पताल हो । रोगीको उपचार हुन्छ,” उसले भन्यो ।

उसलाई थाहा थियो । यस ठाउँमा कुपोषणग्रस्त बच्चाहरू प्रशस्त छन् । यस ठाउँमा मुटुमा प्वाल परेका मान्छे छन् । रक्तचाप र चिनीको दबदबा नै छ । श्वास-प्रश्वासका थुप्रै रोगी छन् । दम त यहाँको स्थायी रोग हो । हैजा, टाइफाइड र औलो त सामान्य हो । तर, उसका अस्पतालमा नोकरी माग्ने त प्रशस्त आए, रोगी आएनन् ।

“के भएको यो ?” यो ठाउँको प्रतिष्ठित मान्छेसँगको रात्रिभोजमा उसले भन्यो ।

“यसमा आश्चर्य मान्नुपर्ने कारण त मैले देखेको छैन,” प्रतिष्ठित व्यक्तिको जवाफ थियो ।

“मैले त यस ठाउँको आवश्यकता देखेर निःशुल्क उपचारकेन्द्र खोलेको । तिनीहरूले त यसको स्वागत गर्नुपर्ने,” उसले भन्यो ।

“निःशुल्क भनेका कारणले नै तिनीहरू नआएका हुन्,” प्रतिष्ठित व्यक्तिले जवाफ दियो ।

“तिनीहरूको शुल्क तिर्ने हैसियत नभएका कारणले नै मैले यो नियम बनाएको,” उसले भन्यो ।

“तपाईंको उद्देश्यमा खोट छैन । तिनीहरू निःशुल्कमा पनि शुल्कको गन्ध देख्छन्,” प्रतिष्ठित व्यक्तिले भन्यो ।

“मैले त पर्चामा नै निःशुल्क भनेको छु,” उसले भन्यो ।

“तिनीहरू अक्षरमा विश्वास गर्दैनन्,” प्रतिष्ठित व्यक्तिले भन्यो ।

“मन्त्रीले सही कुरा बोलेको छापिएको छ,” उसले भन्यो ।

“तिनीहरू नेताको बोलीको विश्वास गर्दैनन्,” त्यस व्यक्तिले भन्यो ।

“तिनीहरू केमा विश्वास गर्छन् त ?,” उसले आक्रोश व्यक्त गर्‍यो ।

“यहाँको सङ्कट नै यही हो,” त्यस व्यक्तिले भन्यो ।

“के गर्ने त अब ?” उसले सोध्यो ।

“निःशुल्कका लागि शुल्क बुझाउने,” त्यस व्यक्तिले भन्यो । उसले बुझेन । उसलाई त्यस व्यक्तिले व्याख्या गर्‍यो । अनि मात्र, उसले बुझ्यो । दरदि्र ठाउँको प्रमुख विशेषता बुझ्यो ।

उसले यो अस्पताल खोलेको छ महिना बितिसकेको थियो । उसले आफ्नो कामलाई प्राथमिकता दिएको थियो । समयलाई महत्त्व दिएको थियो । उसका सहयोगीहरूलाई साथमा लिन सङ्घर्ष नै गर्नुपरेको थियो ।

ऊ निश्चित समयमा अस्पताल पुग्यो । ढोका खुलै थियो । दानपत्र हेर्‍यो । दानपत्र गायब थियो । बिरामी सुत्ने आरामदायी खाटहरू गायब थिए । कार्यकक्षका मेच, टेबुल, कम्प्युटर, पि्रन्टर र बिरामी जाँच्ने उपकरण गायब थिए । बाथरुमको कमोट उखेलिएर ठाउँ प्वाल परेको थियो । धारा, हात धुने बेसिन र भुइँको कार्पेट केही पनि थिएनन् । ऐना, तौलिया र झ्यालका पर्दासमेत गायब थिए ।

उसले श्रीमतीलाई इमेल गर्‍यो, “मैले खोलेको अस्पतालको सम्पूर्ण सामान चोरी भयो । अब अस्पतालको निःशुल्क उपचार गरन्िछ भन्ने साइनबोर्ड मात्र बाँकी छ ।”

“त्यस्तो ठाउँमा किन बस्ने ? तुरुन्तै फर्केर आउनू । आज सामान चोरयिो । भोलि तिमीलाई केही भयो भने ?” श्रीमतीले भनी ।

“यो अस्पताल तिनीहरूको हो । तिनीहरूको हितका लागि हो र सधैँ तिनीहरूको रहन्छ । यो कुरा मैले बुझाउन सकिनँ । मेरो गल्ती हो । म तिनीहरूलाई दोष दिन्नँ,” इमेलमा जवाफ दियो ।

“तिमीजस्तो इमानदार प्रयास गर्नेका लागि यो निराशाजनक कुरा हो । मेरो विचारमा त्यो ठाउँ छोडे हुन्छ,” श्रीमतीले भनी ।

“तिमी बुझ्ने प्रयास गर । यो संसारको दरदि्रतम् ठाउँ हो । केही मान्छे मात्र खराब छन्,” उसले भन्यो ।

“म त्यस्तो ठाउँका बारेमा जान्दिनँ,” श्रीमतीले भनी ।

“म हार्न चाहन्नँ । यस ठाउँको सेवा गर्न आएको मान्छे म । म केही नगरी र्फकन्नँ,” उसले भन्यो ।

श्रीमतीले छोराछोरीलाई बाबुको इमेल देखाई ।

पिताजीको अठोटप्रति तिनीहरू गौरवान्वित भए । पिताजीको विकल्पमा पिताजी उभिएका थिए । उसको रूप र गुण तिनीहरूका लागि प्रशंसायोग्य थियो । तीनै जना चिन्तित थिए, के उनी ज्यूँदै र्फकन सक्लान् ?

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.