गीत : फूल को कहानी

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

तिमी पराग म सुगन्ध छाईरहू फूलभरि
हाम्रो प्रीत खेलिरहोस सधैँ फूल कै वरिपरी

कहिँ मन्दिरभित्र बसी, चोखो आभा छरिदिउ
कतै भमराको चुम्बन, जुठो सम्झी झरिदिउ
तिमी रङ्ग म बसन्त,मिलन हाम्रो अजम्बरी
हाम्रो प्रीत खेलिरहोस सधैँ फूल कै वरिपरी

मिलनको क्षण भित्र, सौगात भै बाँचीदिउ
बिदाइको आँशु भित्र, माला बनि हांसीदिउ
तिमी रुप म अनन्त नाता हाम्रो अजम्बरी
हाम्रो प्रीत खेलीरहोस सधैँ फूल कै वरिपरी

हाल : लण्डन

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.