कविता : बन्नु पुतली

~भिमसेन थापा मगर~

जन्म लिएउ तिमी एउटा झुस्लिकिरो
कुनै सानो झाडिमा
रुखमा
पालुवामा
या त कुनै मरुभुमिमा,
तिमी जन्मिएको ठाउँ
जहाँ थिए
मात्रै संघर्ष
यात्रा
या दिउ कुनै उपमा
जहाँ
सुरु भयो तिम्रो गतिशिल जिन्दगी,
हो
तिमी त्यही एउटा झुस्लि किरो ।।

तिमिले भोगेउ अत्यास लाग्दो दिनहरु
कहिले घाम संग
कहिले पानी संग
अनि
कहिले घाम पानी संग
लुकामारी खेल्यौ
दुष्ट पंक्षि संग
कहिले खाएर लडेउ
कहिले भोकै लडेउ
लडिरहेउ
लडिरहेछौ
लडिरहनेछौ
लडिरहनु
बाकी नै छ तिमिले सुन्दर संसार हेर्न
धर्ती छोडि आकाशमा उड्नु छ तिमिले
हो
तिमी त्यही एउटा झुस्लि किरो
पुतली बनी उड्नु छ तिमिले
तिमी एउटा झुस्ली किरो….।

– भोजपुर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.