कविता : नयाँ वर्ष

~एमसी सुमित~

देख्नु भो
भरखरै एउटा बक्रवृत्त
मबाट चिप्लेर गयो।
***
सदा झै सखारै
म एउटा अर्को भ्रम व्युझन्छु
र घाइते बर्तमान चढेर
यात्रा आरम्भ गर्छु
संभवत यसपाली पनि
आफ्नो अंगालोको आयतनभित्रै
मेरी आमाको स्तन
सर्पले चिथोरी रहेको
भेट्या छैम भन्नु पर्ला
स्वयम्भुको परिसर अगाडी नै
मेरो पूजाको बोधिसत्व बलात्कृत भएको
देख्या छैन भन्नु पर्ला
सीमनाको सत्य नङ्ग्राएर
मेरो अस्तित्वको घरोहर
रगतपच्छे हुदासम्म
सलाम चढाएर शालिकमाथी
स्वाभिमानी बीरको सन्तान हुं
भन्नै पर्ला।
****
ह्याप्पी न्यू इअरमा
शुभ-कामना लिएर
चोक,गल्ली र भट्टीमा लाम लागेका
उही पुरानै कुरा
सबै-सबै
म हेरी रहन्छु र गम्छु
कि हरेक साल
नव दुलही बनेर भित्रिने नयाँ बर्ष
पर्कदा विघुवी बनेर जान्छे
यसरी नै
प्रत्येक विघुवी बर्षहरूको बक्रवृत्तमा
गोलचक्कर मारी रहन्छु म।
****
खण्डहर सडकको पेटीमा उभिएर
समयले
स्वस्थ गर्भधानको स्वेत ग्यालरी सुम्पेकै हो
थकित छु ऐले
प्रेमको उर्बरा खोस्रेर
नश्ल स्खलन गर्न सकें त?
अब यसपाली
भत्केको अभर फाल्ने
र चुहेको घर टाल्ने
मसंग रङ्गीन सपना
****
फेरी
कुहिरोको बटम खोली
नयाँ बर्षको पुलिन्दा च्यापेर
उदाएको शोकग्रस्त सूर्य
मेरो सिउदोदेखी सिधै मास्तिर
फांसी झुण्डिएकै अवस्थामा
क्रमश अस्ताउने तरखरमा छ।
*****

(स्रोत : एबिसिखबर डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.