गीति कविता : रोई-रोई

~कृष्ण वस्ती~Krishna Wasti_1

रोई-रोई बजि-रैछ सारङ्गीको धुन ।
जन्मभूमि पुकार्दछिन् हाम्लाई एक हुन ।।

को होला यो विभाजनको घण्टा बजाउने ?
पिप्ले खेत होइन देश बण्डा लगाउने ।
दु:ख हाम्रो साझा शत्रु ,जात-जाति होइन ।
देश कित्ताकाट गर्ने हाम्रो साथी होइन ।।
रोई-रोई———-

कुन जातिमा लुछिँदैन गरीबका छाला ?
चाउरिएका कहाँ छैनन् निमुखाका गाला ?
रीत फेर्नुपर्छ अब देश फोर्नुहुन्न ।
रगतले विभाजनका रेखा कोर्नुहुन्न ।।
रोई-रोई———

पारुहाङको छानोलाई बाहुनले छाउन् ।
सुम्निमाले नेपालीको घर-आँगन लिपुन् ।।
बालुन र सेलो,देउडा,होली-गीत हाम्रै ।
तराई र हिमालका सबै प्रीत आफ्नै ।।
रोई-रोई——

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in गीति कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *