गजल : आउने तिमी को ?

~इन्दिरा थापा~

सपनीमा नबिराई आउने तिमी को ?
थाहै नपाई दिल चोरी लाने तिमी को ?

अङ्ग–अङ्ग चुम्बन गरी मनमा पसेर
तिर्खा लाग्यो जवानीको भन्ने तिमी को ?

बनि घाउँ मेरो मनको अझै चर्कदा
शीतल–शीतल मलम बनि आउँने तिमी को ?

एकोहोरो टोलाउँदै म रोएँ भनेर
मेरो नाउँमा सँगै आँशु झार्ने तिमी को ?

कहाँ जान्छु म के गर्छु सबै सोधेर
पछ्याउँदै छायाँ बनि आउँने तिमी को ?

लर्बराउदै बरबराउँदै म हिडे भनेर
मुस्कुराउँदै मेरो बाटो छेक्ने तिमी को ?

इन्दिरा थापा
फूलासी—५ रामेछाप

(स्रोत : वसन्त-पल्लव साहित्यिक त्रैमासिक,मन्थली-रामेछाप)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.