छन्द कविता : यस्तो मान्छे म

~सोम खनाल~som-khanal

रुदै हिड्ने हुँदै हैन म त आँशु सुकाइदिन्छु
अहंकार र आडम्बरलाई स्वाभीमान् ले झुकाइदिन्छु
प्रत्येक कालो बादलमा चादी घेरा देख्ने मान्छे
सुदुर सुन्दर भविश्यको आजै कथा लेख्ने मान्छे ।

बल्नु परे आगो हुन्छु निभाउने पानी हुन्छु
आफ्नै पाखुरी को पौरख आफै भग्यमानी हुन्छु
बतास भन्नु केही हैन आधी हुरी छेक्ने मान्छे
आध्यरो मा आतिन्न म भित्री आँखा देख्ने मान्छे ।

गुणी सम्झे गुणी छु म दोशी सम्झे दोशी छु म
कसै सँग क्लेश छैन आफै सँग खुशि छु म
कुहिरो भन्नु केही हैन कालो बादल ओढ्ने मान्छे
हत्यौरीले बाधिन्न म माखेसाङ्लो तोड्ने मान्छे ।

मेरो पैतालामा किल्ला ठोकि हेर ठोकिदैन
मेरो गन्तब्यको यात्रा रोकी हेर रोकिदैन
खोल्सा भन्नु केही हैन महासागर तर्ने मान्छे
लक्ष्य भेद गरि छाड्छु आर्जुन दृष्‍टि हेर्ने मान्छे ।

शान्ति मेरो चाहना हो देखाउने ढोग हैन
सामान्ताको बुटी रोप्छु पक्षपातको रोग हैन
कान्ला भन्नु केही हैन हिमाल्चुली चड्ने मान्छे
बन्दुक सँग डग्दिन म बीचारले लड्ने मान्छे ।

– December 25, 2010

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *