लघुकथा : जोगी पनि शुद्ध छैन

~वैद्यनाथ ठाकुर~

नम्बर एक क्रान्तिकारी पार्टीको स्थानीय निर्वाचनको लागि उमेदवार चयन गर्ने जिल्लाबाट सिफारिस भइआएको नामावली उपर अन्तिम पैmसलाको लागि गम्भीर छलफल हुँदै थियो ।

प्रदेशका इन्चार्जहरूले रिपोर्टिङ गर्दै थिए । एउटा कुनामा बसेको कमरेडको मनमा रिपोर्टिङ सुनेर उथलपुथल भइरहेको थियो । शान्तिपूर्वक ऊ आप्mनो पालो पर्खिंदै थियो । अन्त्यमा उसको पालो आयो । उसले आप्mनो धारणा यसरी राख्न थाल्यो– “कमरेडहरू, अभिवादन १ आज म बडो असमञ्जसमा छु । कमरेडहरूको रिपोर्टिङ सुन्दा आपैंmलाई प्रश्न गर्न मन लाग्यो । के हाम्रो पार्टी क्रान्तिकारी हो ? गाउँशहरको एक नम्बर फटाहा, बदमास, तस्कर, माफियाहरूकै नाम सिफारिस भएको रहेछ । कसरी जनताले यिनलाई मत दिन्छ ? जितेरै के पो जनमुखी कार्य गर्ने हुन् ?”

केही बेर कमरेडको कुराले बैठकमा ऊर्जा थप्यो । ताली पनि पड्के र वातावरण आक्रोशपूर्ण बन्दै गएपछि अध्यक्ष कमरेडले कमान सम्हाल्दै निर्देशनात्मक शैलीमा जवाफ दिंदै भने– “कमरेडहरू कुरा प्रस्टै छ । जनतालाई पैसा बाँड्ने उम्मेदवार चाहिन्छ र पैसा तपाईं–हामीसँग छैन । बरु पार्टी चलाउन पनि बेलाबेलामा उनीहरूसँगै सहयोग लिंदै आएको हो । उनीहरूको चरित्रतर्पm ध्यान नदिनुस् । हेर्नुस् जोगी पनि शुद्ध छैन र हुँदैन पनि के । आखिर हामी जित्दा पनि विकास निर्माणका सबै ठेक्कापट्टा उसैलाई दिने हो । यति झन्झट गर्नुभन्दा टिकट नै दिऊ सर्वसम्मतिले ।

जनवाद प्रयोग गरेर छलफल भयो अब केन्द्रीयताले पास गरियो है कमरेडहरू ।

– वीरगंज, पर्सा

(स्रोत : प्रतीक दैनिक पत्रिका)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *