लघुकथा : बन्द

~निश्चल काउचा~Nischal Kaucha

रात भरि भारी बर्षा भए पनि बिहान आकाश खुलेको छैन फेरी पानी पर्ला जस्तो छ ! आज त नेपाल बन्द रे सुन्तली बिहानै गनगनाइ आज के खाने होला केही छैन ! साईलाले गोजीबाट २० रुपया झिकेर दियो ! ६ बर्से बच्चा भोक लाग्यो भन्दै रुदै थियो ! बजार सबै बन्द थियो !

सुन्तलीले काम गर्ने साहुलाई सुटुक्क भनेर एक प्याकेट पाउरोटी किनेर ल्यायो ! लौ चिनी पनि रैनछ भन्दै सुन्तलीले स्टोभ बालि नुन राखन साइलाले भन्यो ! नुने चिया उम्ले पछी रुदै गरेको बच्चालाई ल खा भन्दै चिया र पाउरोटी दिई !

साइला पनि दिई साइला मलाई त पाउरोटी खान मन छैन भन्दै चिया मात्र पियो ! चिया सके पछी बेलुकी निभाएर राखेको चुरोटको ठुटो सल्काउदै बन्द भए पनि केही पाइन्छ कि भन्दै काध माथि नाम्लो राख्दै भन्यो !

आ बन्दमा पनि के काम पाइएला र सुन्तलीले भनि ल म गए भन्दै साईला हिड्यो ! अलि पर चोकमा मान्छेको एक हुलले नारा लगाउदै रोडमा टायर बाल्दै थिए ! दिन भरि कतै काम पाइन्छ कि भनेर साईला सडक भरि भौतारी रह्यो ! हामीले गरिब , दुखी जनताको हक र अधिकार सुनिच्चित गर्न बन्द गरेको भन्दै भाषण गर्दै थियो! साईला भने आज जहान, केटाकेटी भोकै पर्ने भए भन्दै निराश हुदै झुप्रो तिर फर्कियो !

सडकमा बालेको टायर धुवा आकाश कालो बनाउदै उडीराखेको थियो ! दिन भरि काम गरेर खाने गरिबको गरि खाने हक र अधिकार खोसेर भोकै राखेर कस्तो हक र अधिकारको लागि बन्द गरेको हो उसले भुझ्न सकेन ! आज बिहान बेलुकी सईलाको चुल्हो बलेन !

-निश्चल काउचा
चौराह – १ – बाग्लुङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *