गीत : हृदयमा बाटा हुन्छन्

~कञ्चन पुडासैनी~kanchan-pudasaini

हृदयमा बाटा हुन्छन् त्यही पनि भेट हु्न्छ
एकान्तमा बढ्दै जाने सम्झनाको बोट हुन्छ
आफन्तले दूख पाए पीर लाग्छ त्यसै पनि
त्यसैले म आउँदछु तिमीलाई हेरुँ भनी

राम्रो थियो बानी तिम्रो अनुहार पनि राम्रो
देखाएरै हिँडु जस्तो माया प्रीति थियो हाम्रो
तिम्रो माया लागेकै छ अर्कै घर रोजे पनि
त्यसैले म आउँदछु तिमीलाई हेरुँ भनी

मेरो एउटा साथी भेट्दा तिमी बोल्नै सकिनौ रे
रातभरि बत्ती बाली एक्लै रोए जस्ती छौ रे
न्याय भन्ने कुरो सधैं पाइँदैनँ घरमा पनि
त्यसैले म आउँदछु तिमीलाई हेरुँ भनी

शब्द : कञ्चन पुडासैनि
सङ्गीत : न्ह्यु बज्राचार्य
स्वर : बच्चु कैलाश

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.