लघुकथा : दर्शन

वैकुण्ठ ढकाल-

पैसा सबै थोक हो ।

पैसा केहि हो तर सबै थोक हैन ।

हामी बीच यही बिषयमा लामो समय बिबाद भयो । हामी ज्यादै मिल्ने साथी हौं तर पनि पैसाको बिषयमा हाम्रो साझा धारणा कहिल्यै पनि बन्न सकेन । सीमा जहिले पनि पैसालाई एक नम्बरमा राखेर कुरा गर्थिन म भने जहिले पनि साथीत्व, भाबना, सम्बन्धलाई पहिलो प्राथमिकतामा राख्थे ।

पैसामा मात्रै हो बिबाद हुने हामीबीच, अन्य बिषयमा कहिल्यै अमिलो कुराकानी भएन । बिद्यालयस्तरको शिक्षा पछि हाम्रो बाटो अलग्गियो । समयले हामीलाई सम्पर्क बिहिन बनायो । जीन्दगी नामको यात्राले हामीलाई डोहो¥याई रहेको थियो ।

पाँच बर्षपछि ब्यस्त काठमाण्डौंको भीडमा सीमालाई सिन्दुर, पोतेले सजिएको अबस्थामा भेट्टाए । म एक दमै पुलकित भएँ । बिद्यालय पछि छुट्टिएका हामी एकाएक भेट्टियौं । सीमाले आफ्नो घर जान एकदमै कर गरिन । मैले पनि नाईँ भन्न सकिन ।

सीमाने आफ्नो घर भन्दै मैले कल्पनै नगरेको शालिशान भबनमा प्रबेश गराईन । साथीको प्रगतीमा म बेखुशी हुनुपर्ने कुनै कारण थिएन । श्रीमानको रुपमा परिचय गराएका पुरुषको शारीरिक र मानसिक अबस्था देखेर म छागाबाट खसे जस्तै भएँ ।

सीमाले श्रीमानको बारेमा सबै कुरा बताईन । ठूलो दुर्घटनाबाट बचेका रहेछन तर अङ्गभङ भएर । सीमाले मानब भएर मानबलाई गर्नु पर्ने ब्यबहारको बारेमा राम्रो प्रबचन दिईन, त्यसबाट एकदमै प्रभाबित भएँ । पैसालाई महत्व दिने सीमाको मुखबाट यस्ता दार्शनिक प्रबचन उनको घर भन्दा पनि बिशाल थियो ।

हामी कुराकानी गरिरहँदा सीमाको साथी शीताष्मा पनि थपिइएन । सीमाले परिचय गराएर र त मैले थाहा पाएँ । जो सीमाको पहिले छिमेकी र पछि राम्रो साथी भएकी रहिछन । उनैले मलाई बाहिर चोकसम्म छोडिदिन निस्किईन ।

शीताष्माले बाटोमा आउँदा आउँदै भनिन –‘पहिलो पटकको भेट र केहिबेरको कुराकानीले नै तिमी मलाई आत्मीय लाग्यो ।’ (म त छक्क परें । पहिलो भेटमै तिमी सम्बोधन गर्न कम आत्मियताले दिंदैन, यस्तै सोचें ।)

‘सीमाको बिबाहको पर्दा खुल्दै जाला एउटा सम्झौता चाहिं म तिमीलाई बताउँछु तिमी मलाई जे सोच ।’ (म सुन्न हतार उत्सुक दुबै थिएँ । सायद शीताष्माले मेरो मनकै कुरा बुझिन)

‘सीमाले बिबाह गर्नुभन्दा पहिल्यै उनको श्रीमानको नाममा रहेको घर आफ्नो नाममा गर्न लगाईन ।’ शीताष्मा गोडा र मुख संगसंगै चलाईरहेकी थिएन– ‘अर्को कुरा सीमाका श्रीमान हाम्रा लागि अब केहि दिनका पाहुना मात्रै हुन र उसबाट सन्तान हुन पनि सम्भब छैन ।’

(शीताष्माको कुराबाट सीमाको असली रुप मैले थाहा पाइहाले, उनले दिएको मानबताको दर्शन पनि छर्लङ् भयो । वा सीमा वा मैले मनमनै यत्ति भनें मैले शीताष्माको अगाडि कुनै शब्दलाई स्वर बनाउन सकिन ।)

bd.palung@gmail.com

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *