यात्रा संस्मरण : दशैंमा दिल्ली– २०१२

~सुशील मुडभरी~

सन् २०१२ सालको अन्तर्राष्ट्रिय आर्य महासम्मेलन अक्टुबर २५–२८ चार दिन दिल्लीमा भव्यताका साथ हुने समारोहमा भाग लिन बाराका आर्य समाजका अध्यक्ष विन्देश्वरी आर्यले आर्य समाजका प्रचारक र हामी शुभेच्छुकहरूसँग धेरै दिनदेखि अनुरोध गर्दै आउनुभएको थियो । पहिले–पहिले कलकत्तामा हुने गरेको आर्य सम्मेलनहरूमा पनि भाग लिन जान उहाँले सार्‍है जोड दिनुभएको थियो । तर त्यस बेला अनुकूल नमिलेको र स्वास्थ्यले साथ नदिएकोले पनि गइएन । यसपटक चाहिं उहाँको आग्रह टार्न सकिएन ।

नेपाल आर्य समाज बाराका अध्यक्ष विन्देश्वरी श्रमजीवी मानिस हुन्, उनी खेतीपाती गरेर, तरकारी बेचेर आफ्नो गुजारा गर्छन् । पण्डितहरूस जो आफूलाई ठूलै सम्झन्छन्, चाहे ती आर्य समाजका ठेली फलाक्नेहरू हुन् वा आफूलाई माक्र्सवादी नेता सम्झनेहरू हुन् । सबै सङ्घसंस्था पार्टीहरूमा त्यस्ता घोकन्तेप्रति मेरो तिरस्कार नै रह्यो । आफूले काम गरेको सामाजिक, धार्मिक, राजनैतिक संस्थाप्रति पूरै इमानदार रहने व्यक्तिले कम बुझेपनि, कम जोनपनि समाजको अहित गर्दैन भन्ने मेरो ठम्याइ छ । सबेरै सत्स·हरूमा शान्ति शान्तिको मन्त्र फलाक्नेहरू दिउँसो किसानबीच गएर अध्यात्मवाद भ्रम हो, हतियार उठाउ भनी भाषण गर्ने नेताहरू त समाजका घातक नै हुन् भन्ने मेरो मान्यता छ । आफू जहाँ रहेपनि अरू सबैको सम्मान गर्न जान्ने व्यक्तिमात्र पूजनीय हुन्छ । आजकल आर्य समाजीहरूसँग दैनिक सम्पर्कमा रहने गरेको देखेर कसै–कसैले मलाई आर्य समाजी बन्नुभयो कि भन्ने प्रश्न गर्ने गरेका छन् । मैले चाहिं आफूलाई पानीसँग तुलना गरेको छु । पानी बहँदै जाँदा, जहाँ खाल्डो देख्छ, पुरिदिन्छ र अन्यत्र खाल्डो पुर्न बगिरहन्छ, बगिरहन्छ । ममात्र होइन, लाग्दछ सम्पूर्ण मानव जाति नदीझैं हो, सागर हुँदै महासागर बन्दछ । एउटा मार्मिक भनाइ छ– ‘चरीको कहाँ छ घर, जहाँ वास त्यही घर’ ।

उक्त महासम्मेलनमा जान निश्चितै गरेर ट्ेरन रिजर्वेशन गर्न पैसा जम्मा गर्न जाँदा पो थाहा भयो, यो महासम्मेलन मध्य दशैंमा पर्दोरहेछ । खल्लो हुने भयो, दशैं परेकोले त्यता नजान परिवारजनबाट निकै जोड भयो । तर मैले सम्झाएँ– “दशैंजस्ता चाडहरू त आइरहन्छन्, गइरहन्छन् तर महासम्मेलन ? अनि वचन फर्काउनु पनि त राम्रो होइन” भनी सबैको चित्त बुझाएँ ।

२०६९ साल काात्तिक ७ गते देवीशक्ति उपासनाको अन्तिम दिन, महानवमीका दिन अर्थात् २०१२ नोभेम्बर २३ का दिन सबेरै ६ बजे आर्य समाज बाराका अध्यक्ष लक्ष्मी पाण्डे, रामअयोध्या तिवारी, नन्दलाल साह, उनको परिवार र मलगायत करिब सोर्‍ह–सत्रजना कलैया धर्मशालामा जम्मा भयौं र वीरगंज हुँदै रक्सौलतर्फ प्रस्थान गर्‍यौं । दिल्ली जाने मिथिला एक्सप्रेसको समय बिहान ८:५० मा भए पनि एकाध घण्टा चाँडो पुग्दा रेल चढ्न बोगी र सिट खोज्न सजिलो पर्ने भएकाले चाँडै प्रस्थान गर्‍यौं । आठ बजेभित्रै स्टेशन पुग्यौं । हाम्रो डफ्फामा सहभागीमध्ये कलैया बिजुलपुरका ९२ वर्षीय लक्ष्मी पाण्डे नमुनाको रूपमा देखिनुहुन्थ्यो । ‘भीडभाड छ, वृद्ध हुनुहुन्छ तपाईंका परिवारका कोही सदस्य आएनन्, एक्लै जाँदा गार्‍हो पर्दैन ?” भन्ने मेरो प्रश्नमा उहाँले जवाफ दिंदै भन्नुभयो– “जहिलेसम्म हातखुट्टा चल्छ, यस्ता धार्मिक यात्रा वा तीर्थस्थल गइरहने मेरो अठोट छ । भगवानलाई दिमागमा राखिसकेपछि अरू को चाहियो र ? यस्ता यात्रामा निक्लेपछि कोही न कोही निक्लिहाल्छ । यसपटक मेरो सेवा गर्ने तपाईं र अध्यक्ष विन्देश्वरी भइहाल्नुहुन्छ नि भनी हाँस्नुभयो । उहाँको हाँसोमा साथ दिंदै हामी पनि हाँस्यौं । ठीक ८:५० मा ट्ेरन खुल्यो, यस रेलमा क्यान्टेनको व्यवस्था रहेन छ, साथीहरूले घरबाट बनाएर लगेको रोटी मिठाइहरू र नाङ्ले व्यापारीहरूले ट्ेरनमा बेच्ने गरेको कट्याककुटुक खाएर दिन रात बिताइयो । रेलले भोलिपल्ट ११ बजे दिल्ली स्टेशनमा उतार्‍यो । महासम्मेलन स्थलसम्म जानको लागि आयोजकहरूले बसको व्यवस्था गरेका रहेछन्, स्टेशनबाहिर । निक्लनासाथ त्यो बस देखियो । खाँदखुद गरी करिब सत्तरी–असीजना चढेपछि बस सम्मेलन स्थलतिर प्रस्थान गर्‍यो ।

स्टेशनबाट करिब एक–डेढ घण्टा बस गुडेपछि सम्मेलनस्थल रोहिणी सेक्टर स्वर्णजयन्ती पार्क हामी ओल्र्यौं र एउटा सिंगारिएको ठूलो द्वारबाट भित्र छिर्‍यौं । विशाल चौरमा सम्मेलन स्थल कायम गरिएको रहेछ, जहाँ सयौं–सयौं सामियाना गाडिएको देखियो । करिब एक लाख मानिस सुत्न, बस्न सक्ने र दुई–तीन लाख मानिस जम्मा हुन सक्ने परिसर सिंगारिएको थियो । परिसरको उत्तरी भागमा विशाल उद्घाटन मञ्च देखियो । मञ्चदेखि केही दक्षिणपिट्ट व्यायामशाला र त्योभन्दा केही दक्षिणपट्टि बाँसका कर्चीहरूले घेरिएको यज्ञमण्डप देख्न सकिन्थ्यो । यज्ञ मण्डपसँग टाँसिएर पश्चिमपिट्ट सानो झुपडीमा गौशाला बनाइएको थियो । उक्त गौशालामा दुईवटा राम्रा थुनेला गाई थिए र साना दुईटा बाच्छाबाच्छी उफ्री–उफ्री रमाइलो गरिरहेको देखिन्थ्यो । त्यो रमाइलो दृश्य हेर्दाहेर्दै गौशालामा टाँगिएको एउटा बोर्डले हाम्रो ध्यानाकर्षण गर्‍यो । त्यसमा ‘गाई’ समाजका लागि कति उपयोगी छ भन्ने कुरा झल्काइएको थियो, त्यसमध्ये घतलाग्दो कुरा यस्तो थियो । गायका दूध–अमृतमय । घृत: स्वर्णमय । दही– सञ्जीवनीमय । मूत्र: औषधिमय । गोबर– ऊर्जामय । यसपछि मण्डपमाथि टाँगिएको त्रिकोणात्मक झन्डाले हामीलाई आकर्षित गर्‍यो । धार्मिक जगत्मा त्रिकोणात्मक झन्डाको बढी महत्त्व मानिन्छ । हामी नेपालीहरूको राष्ट्रिय झन्डा पनि त्रिकोणात्मक भएकोले पनि गौरव लाग्नु स्वाभाविकै थियो । परिसरभित्र प्रदर्शनी स्टलहरू, ज्ञानगुनका पुस्तकका स्टलहरूलगायत सानोतिनो शहर बजारकै रौनक देखिन्थ्यो । ज्ञानगुन प्रदर्शनी स्टलभित्र दयानन्द सरस्वतीले हिन्दू धर्मलाई नष्ट हुनबाट बचाउनुभएका घटनाका कुराहरू र भारतीय मुक्ति सङ्ग्राममा खेलेको भूमिका र ठूला–ठूला क्रान्तिकारी र स्वतन्त्र सेनानीहरूमाझ सरसल्लाह गर्दाका प्रसिद्ध र राम्रा–राम्रा तस्बिर चित्रहरू प्रदर्शन गरिएको देखिन्थ्यो ।

भित्र छिरेर एकाध घण्टा घुमेपछि नजिकैे एक हजारभन्दा बढी मानिस सुत्न, बस्न मिल्ने सामियानामा गएर थकाइ मार्न थाल्यौं । व्यवस्थापनमा आफ्नो ठाउँ पत्ता लगाउन जानुभएका विन्देश्वरीजीले भन्नुभयो– यी ५–७ वटा सामियानामध्ये एउटा गुरुकुलका विद्यार्थीहरूको लागि रहेछ, हाम्रो लागि उता व्यवस्था छ । उता सयौं सामियानाबीच नेपालीको लागि भनी लेखिएको सामियानामा गएर बस्यौंंं । बिहान ८ बजेदेखि शुरु गरेर राति १०–११ बजेसम्म ताँती लगाएर खाना खुवाएको देखिन्थ्यो । सुत्ने–बस्ने व्यवस्था मिलाई, झिटीगुन्टा राखी हामीले पनि लामबद्ध भएर खाना खायौं ।

दिल्लीको रोहिणी सेन्टर स्वर्ण जयन्ती पार्कमा आर्य समाज भारतले आयोजना गरेको २०१२ को लागि सहभागी भएकाहरूका लागि आयोजकहरूले निकै मेहनतपूर्वक व्यवस्था गरेको देखियो । झन्डै हजार व्यक्ति सुत्न–बस्न सक्ने टेन्टहरू गाडिएका र घुम्दा कुनै शहरको विशाल गल्ली हो कि जस्तो भान हुन्थ्यो । तर पनि चिसोका दिन बन्द कोठामा बस्ने बानी परेका हामीहरूको लागि यस्ता समेनामा रात बिताउनु कठिन थियो । सहभागी मित्रहरूलाई लजहरूमा पनि व्यवस्था मिलाइएको छ भनी पर्चामा पढ्न पाइएको थियो । केही ठूलाबडा आर्यसमाजी पण्डितहरू लजमा बसेको पनि थाहा पाइयो । हुनत लजमा बस्नेहरूको पनि गुनासो थियो– लजबाट सम्मेलन स्थलसम्म आउन–जान कममा सय रुपियाँ भाडा तिर्नुपर्ने र दिनभर पट्टाइलाग्दा आराम गर्ने ठाउँको अभाव आदि । हामी समेनामा बस्नेहरूलाई सबेरै दिसा मैदान गर्न सार्‍है कठिनाइ हुन्थ्यो ।

महासम्मेलनमा भाग लिने व्यक्तिहरूले एक अर्काको ख्याल गर्नुपथ्र्यो, त्यस्तो पाइएन । आयोजकहरूले त्यत्रो भीडको लागि व्यवस्था राम्रै गरेका हुन् । तर भाग लिन आउनेहरू आर्य आचरणका देखिएनन् ।

आयोजकहरूले पाइखाना बाहिर थुपारिदिएको अघिल्लो दिनको हजारौं ट्वाकहरू सहभागीहरूले आ–आफ्नो बस्ने ठाउँ समेनामा लगिदिएकोले सिसी खोजेर पाइखाना जानुपर्ने, नुहाउन बनाइएका धाराका टुटीहरू भाँचिदिएर पानी छताछुल्ल बगिरहने, ट्वाइलेटभित्र जथाभावी दिसा गरेर भित्र छिर्नै नसकिनेजस्तो स्थिति पिछडिएको मनस्थिति छर्ल· देखिन्थ्यो । जसैतसै दिसापिसाब गरेर भान्छा समेनातिर लाइन लाग्न गइयो ।

लामो लाइन नाघेर भान्छामा पुग्दापुग्दै पहिलो दिनको कार्यक्रम शुरु भयो । नजिकै टाँगिएका टिभीका पर्दाबाट कार्यक्रम हेर्ने खाना खाने काम साथै गरियो । पहिलो दिन ३२ राष्ट्रले उक्त सम्मेलनमा भाग लिएका छन् भन्ने मञ्चबाट गरेको उद्घोष सुनियो । उद्घाटन दिल्लीकी मुख्यमन्त्री शीला दीक्षितले गरिन् भने आचार्य बलदेवले अध्यक्षता गरेका थिए । हरेक वक्ताले आफ्नो भाषणको शुरुमा आर्य विद्वान्, भारतीय संस्कृति, आर्य समाजका महानतम संस्थापक दयानन्द सरस्वतीको आदर्शलाई ब्रह्माण्डको चप्पाचप्पामा पुर्‍याउँछौं भन्ने सड्ढल्प उद्घोष गरेको सुन्न पाइन्थ्यो । पहिलो दिन पचासौं आर्य विद्वान्हरू सामाजिक, राजनीतिक व्यक्तिहरूले अनेक तर्कहरू गरेको पाइयो ।

सम्मेलनको दोस्रो दिन टुरिस्ट बसमा दिल्ली शहर घुम्न भनी केही केटाहरू जान लागेको चाल पायौं । हामी पनि तिनकै साथ जाने भयौं । रु. २५०/– को टिकट लिएपछि दिल्लीको मुख्य दर्शनीय स्थलहरू घुमाउने हुँदा बिहान ८ बजे नै म, वैजनाथ स्वर्णकार, ती केटाहरूसहित ९ जना सम्मेलन स्थलबाट बाहिर निस्कियौं । हामीसहित करिब पचासजना बोकेर करिब ९ बजे टुरिस्ट बस प्रस्थान गर्‍यौं ।

शुरुमा हामी कुतुबमिनार गयौं कुतुबमिनारको पहिलो खण्ड महाराजा पृथ्वीराज चौहानले बनाएका रहेछन्, त्यस बेला यसको नाम पृथ्वी लाट राखिएको थियो । पछि मुसलमान शासक कुतुबुद्दिन ऐवकले अर्को भाग थपेर सिंगारेपछि कुतुबमिनार नाम दिइएको रहेछ । १३२६ मा यो क्षतिग्रस्त भएपछि महम्मद बिन तुगलकले ठीक पारेछन्, १३६८ मा फिरोज शाहले अरू पुनर्निर्माण गरेका रहेछन् । यसकै परिसरमा सुल्तान इल्तुतमिश, अलाउद्दिन, बलवान र अधम खाँको मकबरा बनाइएको देखिन्छ । यो मिनार बनाउनेहरू भारतीय सम्राट पृथ्वीराज चौहान तथा कुतुबुद्दिन एवक र पुनर्निर्माण गर्नेहरू महक्मद बिन, फिरोज शाह आज कोही पनि छैनन् तर तिनका कृतिलाई स्वतन्त्र भारतले ऐतिहासिक धरोहरको रूपमा संरक्षण प्रदान गरेको देखिन्छ।

हामी गएकोमध्ये अर्को चर्चित ठाउँ लालकिल्ला हो । मुगल शासक शाहजहाँको पालामा आगराबाट दिल्लीमा राजधानी सारेपछि यसलाई निर्माण गरेका हुन् । पहिलेका सामन्त शासकहरूले बाह्य र आन्तरिक दुश्मनहरूबाट बच्न यस्ता किल्लाहरू निर्माण गर्थे, त्यसकै झलक दिन्छ यो लाल किल्लाले । अष्टकोणीय आकारको दुई किलोमिटरसम्म फैलिएको चारैतर्फ गहिरो पानीको खाई (खाल्डानाला) ले घेरिएको, अनेक दर्शनीय वस्तुहरूले भरिएको अनुपम किल्ला हो । १५ अगस्त १९४७ मा भारत आजाद भएपछि यो कुनै सामन्तको रक्षा किल्ला नभई ऐतिहासिक धरोहर भएको छ ।

राजघाट– हामी घुमेकोमध्ये अर्को प्रसिद्ध ठाउँ हो राजघाट । भारतका राष्ट्रपिता महात्मा गाँधीको समाधिस्थल भएकोले पनि यो राजघाट प्रसिद्ध छ । एउटा विशाल क्षेत्र ओगटेर बनाइएको यो ठाउँ शान्ति स्मृतिको रूपमा ठडिएको छ । जस्तोसुकै हिंसक मानिस पनि यहाँ पुगेपछि आत्मविभोर हुन जान्छ र हिंसा देखि टाढा हुन चाहन्छ । परिवर्तन हिंसाले होइन अहिंसाले गर्न सक्छ भन्ने आत्मबोध गराउँछ ।

बहाई मन्दिर:– बहाईहरूको विश्वास एक स्वतन्त्र धर्मसँग छ । कमलको फूलको आकारमा बनाइएको बहाई अर्चना स्थलको रूपमा प्रसिद्ध छ । यसले सर्वधर्म समन्वयको बाटो अँगालेको बुझिन्छ । यो मन्दिरलाई आधुनिक भारतको ताज भनिंदो रहेछ । यस मन्दिरको हलमा एकछिन हामी शान्तिपूर्वक बस्दा सबैजना आनन्दले गद्गद् भएका थियौं ।

लौहस्तम्भ: दिल्लीमा रहेको यो स्तम्भ प्राचीन भारतीय सभ्यताको अद्भूत स्तम्भ मानिन्छ । स्तम्भको मध्यभागमा संस्कृतमा लेख खोपिएको छ । शुरूमा यवनहरूले यो स्तम्भ नष्ट गर्न खोजे, नादिर शाहले त तोप पनि चलाएछन् । तर आजसम्म पनि यो स्तम्भ ठाडिएकै देख्न सक्दा खुशी मान्नैपर्ने हुन्छ ।

फिरोज शाह कोटला:
यो मुख्यत: अशोक स्तम्भ हो । एउटा विशाल विहारमा ठडाइएको स्तम्भ फिरोज शाह तुगलकले १३५६ मा अम्बाला जिल्लाको तोपडा गाउँबाट ल्याएका हुन् । यस बौद्ध स्तम्भमा पाली वा ब्राह्मी भाषामा लेख अड्ढित छ । यो पनि निकै आकर्षित र ऐतिहासिकता बोकेको स्तम्भ हो ।

दिल्लीको जन्तरमन्तर पनि सार्‍है रमणीय र आकर्षित स्थल हो । जयपुरका महाराज जयसिंह द्वितीयले १७१९ मा बनाएका हुन् । यसमा ६ वटा यन्त्र छन् । जसमा सम्राटयन्त्र भनिने सबभन्दा ठूलो छ जसबाट सूर्यको गणना गरिन्छ र बाँकी पाँच यन्त्रले चन्द्रमा र खगोलीय ग्रह र नक्षत्रहरूको गणना गर्दछ । अफसोच १ रात परिसकेकोले हामीले यसलाई धेरै नियालेर हेर्न सकेनौं । यसपछि हामीले बाँकी रहेका महत्त्वपूर्ण स्थलहरू:– बिरला मन्दिर, सफदरजंग मकबरा, इस्कोन मन्दिर, तीनमूर्ति भवन, जामा मस्जिद, हुमायुका मकबरा, इन्डियागेट, राष्ट्रपति भवन, संसद्भवन, छत्तरपुर मन्दिर, इन्दिरा नेहरू म्युजियम आदि बसबाट बाहिर–बाहिरैबाट हेर्दै सम्मेलनस्थल रोहिणीतर्फ हुइँक्यौं ।

बस गुडिरहेछ, म दिनभर गरेको अवलोकन– यात्राको मूल्याड्ढन गर्दै थिएँ । एकल धर्म र आफ्नो संस्कृतिमात्र रुचाउनेहरूको लागि आज दिल्ली एउटा चुनौतीको रूपमा ठडिएको महसुस भयो । ऐतिहासिक धरोहरहरूका लागि आज दिल्ली एउटा चुनौतीको रूपमा ठडिएको महसुस भयो । ऐतिहासिक धरोहरहरू संरक्षणको लागि दिल्ली नमुनाकै शहर देखियो । महापुरुष र विद्वान्हरूको मूर्तिहरू क्षत विक्षत गर्ने हाम्रा मुलुकका नेताहरूले पनि त्यहाँबाट केही सिकिदिए हुन्थ्यो जस्तो लाग्यो । सोच्दासोच्दै सम्मेलन स्थल पुगिएछ । दस बज्दा पनि खानामा भीडै थियो र भान्छाको साथीसँग बुझ्दा असी हजार जतिले खाना खाइसके भन्ने जवाफ पाइयो । खाना खाएर हामी आफ्नो समेनामा आराम गर्न गयौं ।

दिल्लीमा गरिएको आर्य महासम्मेलन–२०१२ को तेस्रो दिन बिहान उठेर दिसा पिसाब, नुहाइधुवाई गरिसकेपछि साथीहरू आज के गर्ने भनी सल्लाह गर्न लागे। केहीले आज बाबा रामदेवको भाषण सुन्नुपर्छ भने त केहीले उनलाई बराबर टिभीको पर्दामा हेरेकै छौं, आज दिल्लीको प्रसिद्ध स्थल अक्षयधाम (अक्षरधाम) हेर्न जाऔं भन्न लागे। अक्षरधाम जाने गु्रपमा म पनि सामेल भएँ। सम्मेलनस्थलकै भान्छामा खाना खाएर हामी ८ जना ९ बजे नै सम्मेलन स्थलबाट हिंड्यौं। मेट्रो रेलको चर्चासम्म सुनिएको थियो आज मेट्रोबाटै सफर गर्‍यौं। सुलभ र आरामदायक मेट्रो बदल्दै ११ बजेतिर हामी अक्षरधाम पुग्यौं। दिल्लीमा जुनसुकै स्थलमा गए पनि भीडैभीड धक्कमधक्का देखिन्थ्यो। अक्षरधाम पनि के कम झन् बढी भीड, भित्र जान लामो लाम लागियो।

भित्र छिरेपछि सय एकड भूमिमा फैलिएको स्थापत्य शिल्प र मनमोहक ऐतिहासिक प्रविधिपूर्ण सजिएको विशाल परिसर देखियो। अलि अगाडि बढेपछि भव्य महालय पुगियो। जुन गुलाबी पत्थर र श्वेत संगमरमर संयोजन गरेर बनाएको यो महालयको बीच भागमा भगवान् स्वामी नारायणको पञ्चधातुले बनेको स्वर्णमण्डित करिब १२ फिट अग्लो ठडिएको मूर्ति देखियो। एक छेउमा साङकेतिक रूपमा बोर्डमा लेखिएको थियो– यो महालयका २३४ वटा कलामण्डित स्तम्भ, ९ वटा कलायुक्त घुटम् मण्डपम् २० वटा चतुष्कोण शिखर आदि छन्। घुमेर हेर्दा यसमा किसिम किसिमका हजारौं कलात्मक शिल्पहरू कुँदेर प्राचीन भारतीय स्थापत्य परम्परालाई पुनर्जीवित गर्न खोजिएको देखिन्छ। स्वामी नारायणको मूर्तिको अगलबगलमा भगवान् लक्ष्मीनारायण, श्रीरामचन्द्र सीताजी, श्रीकृष्ण राधाजी, श्री महादेव पार्वतीजीका संगमरमरबाट बनेका कलात्मक मूर्तिहरू स्थापित गरिएको देख्न सकिन्छ। नियालेर हेर्ने हो भने यो भारतीय कला, प्रज्ञन, चिन्तन र मूल्यको अद्वितीय परिसर बुझिन्छ, अर्थात् जीवन्त कला छन्। जसको एक दिन त के अध्ययन गर्दै घुम्ने हो भने दस दिनभन्दा बढी लाग्न सक्छ। यसैले मोटामोटीरूपमा हेर्दा पनि यस्ता झलक देखिन्छ।

यो महालयको बाहिरपट्टि भारतीय संस्कृतिका महान् ज्योतिर्धर सन्तहरू, भक्तहरू, आचार्यहरू र अनेक प्रकारका विभूतिहरूको मूर्ति देख्न सकिन्छ। महालय पछाडिपट्टि १४८ वटा हात्तीहरूको अद्वितीय शिल्पमाला बनाइएको छ। जसले प्राणी जगत्मा सृष्टिप्रति भावाञ्जलि दिएको विश्वविख्यात नमुना पाइन्छ। साथै महालयको चारैतिर रातो ढुङगाले बनाइएका सयौं चतुष्कोण शिखरहरू, हजारौं स्तम्भहरू, चारैतिर पानीका नालाहरू पुष्पमालाजस्तो शोभायमान देखिन्छ।

दक्षिणी भागमा भारतीय कलाको झलक दिने बालयोगी नीलकण्ठ स्वामी नारायणको मनोहर धातु शिल्प छ र अगाडिपट्टि विशाल कुण्ड निर्माण गरिएको छ। त्यसको अर्कोपट्टि बौद्धिक युगलाई जीवन दिन विश्वको पहिलो युनिभर्सिटी तक्षशिलाको सुश्रुत वर्णित झलकहरू देखाइएको छ। नजिकै योगी हृदयकमल, प्रेमवती आहारर्गह, अक्षरधाम हार, भारत उपवन आदि छन्। भारत उपवनमा सात घोडाको अनुपम सूर्यरथ, चन्द्रका सोर्‍ह कला, देशरक्षाको लागि दिशादर्शन गर्ने रत्नहरूको झलक देखाइएको छ।

यत्रो कलात्मक विशाल परिसरमा मुख्य गुरु मानिएर ठडिएका स्वामी नारायणबारे उत्सुकता जाग्नु स्वाभाविकै हो। उनीबारे पत्ता लगाउँदा यस्तो थाहा पाइयो – भारतको उत्तरप्रदेशको अयोध्या नजिकै छपिया भन्ने गाउँमा बस्ने धर्मदेव शर्मा र पत्नी भक्तिमायाको गर्भबाट संवत् १८३७ चैत शुक्ल नवमीका दिन जन्मेका रहेछन्। बच्चामा यिनको नाम घनश्याम राखियो। बच्चैदेखि गाई रक्षा र अहिंसा सम्बन्धी प्रचारमा लागेकाले नामुद कहलिएछन्। एकपटक बाबुसँग यिनी काशी गएका रहेछन्। त्यहाँ एउटा सभामा द्वैत र अद्वैतवादीहरूको ठूलो विवाद भएको रहेछ । द्वैतक ‘ब्रह्म, जीव र जगत्’ तीनै सत्य हो भन्ने तर अद्वैतहरू केवल ‘ब्रह्म’ मात्र सत्य हो भन्दा रहेछन्। यी वाद प्रतिवादको बीचमा यिनले विशिष्ट द्वैतवादको निचोड निकालेर व्याख्या गरेछन्। त्यो घटनाबाट यिनी प्रख्यात भए र घर त्याग गरेपछि यिनी घनश्यामबाट स्वामी नारायण भएछन। यिनको मृत्युपछि पनि अन्य चार धर्मगुरु भइसकेका छन्। हाल पाँचौं धर्मगुरुले स्वामी नारायण संस्था गठन गरी ९ हजार केन्द्र र ७ सय सन्तहरू, ५५ हजार स्वयंसेवक बनाइसकेका रहेछन्। यो संस्थाले संयुक्त राष्ट्र सङ्घबाट मान्यता समेत पाइसकेको रहेछ। यो परिसर निर्माण गर्दा रु. दुई सय करोड खर्च भइसकेको छ भन्ने कुरा बोर्डमा उल्लेख छ। यो अक्षरधाम मोटामोटी भ्रमण गरी यसबारे सोधखोज गरी हामी सम्मेलनस्थल फक्र्यौ।

आज महासम्मेलनको चौथो दिन यो स्थलमा चारैतिर चहलपहल देखिन्छ। आजलाई हामीले दिनभर सम्मेलन स्थलमा समय दिने अठोट गर्‍यौं। खाना खाएर निक्लँदानिक्लँदै कार्यक्रम शुरु भएको उद्घोष सुन्यौं। रोहिणी जिल्लाका अध्यक्ष इन्द्रजीत सिंहले मञ्चबाट ‘विश्वलाई आर्यमय बनाऔं’ भन्ने नारा गर्वसाथ भनेको आवाज हाम्रो कानमा गर्जन थाल्यो । हामी आठ–दसजना विशाल सभाहलभित्र छिर्‍यौं र एकै ठाउँमा बस्न अट्ने ठाउँ खोज्न थाल्यौं। केही नेपालीहरू बसेको ठाउँमा खाली रहेछ हामी पनि त्यतै बस्यौं। करिब एक बजेपछि विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको परिचय र बोल्ने कार्यक्रम शुरु भयो। परिचय दिंदै जाँदा यही क्रममा सिङगापुरका प्रतिनिधिले सन् २०१४ मा हाम्रो मुलुकमा आर्य महासम्मेलन गराउने छौं भनेर उद्घोष गरे। यसपछि अफ्रिका (देशको नाम बुझिएन) का प्रतिनिधिले २०१५ मा महासम्मेलन गराउने उद्घोष गरे। सन् २०१६ सालमा आर्य महासम्मेलन नेपालमा गर्ने भनी नेपालबाट गएका प्रतिनिधिले उद्घोष गरे। सबै नेपालीले थपडी बजाए तर एकजना प्रौढ व्यक्ति भावुक भएर भन्दै थिए– केटाले सल्लै नगरेर घोषणा गर्‍यो। अनि म नगिचै गएर जिज्ञासा राख्दा उनी भन्दै थिए– ‘वास्तविक प्रतिनिधि म हुँ। म कम बोल्न सक्ने तर ऊ गुरुकुलमा पढेको, हाल भारतकै गुरुकुलमा पढाउँछ, मीठो बोल्छ भनेर पठाएको त घोषणा नै गर्‍यो। ठीक छ अब जसरी भए पनि गरिन्छ। यही क्रममा दिल्लीका प्रतिनिधिले २०१८ मा पुन: दिल्लीमैं गरिन्छ भनी घोषणा गरे ।

परिसरभरि तालीको गडगडाहट भयो। सम्मेलन हलमा चार–पाँच घण्टा बिताएपछि हामीलाई पट्टाई लाग्यो र अलि पर टि स्टलमा गएर चिया पिउन थाल्यौं र त्यही नगिच राखिएको टिभी पर्दाबाट सम्मेलन स्थलको दृश्य र वक्तव्यहरू सुन्न लाग्यौं। भित्रपिट्ट अनुहार हेर्न गार्‍हो थियो, बरु बाहिरै प्रस्ट देखिएकोले हामी थक्थकायौं पनि। सम्मेलन समापन भएपछि हामी सामान बिक्री गर्ने स्टलतर्फ लाग्यौं। उता बाहिर जिल्लाबाट आएकाहरू पोका–पन्तेरा बोकेर ढोकाबाट निस्कन लामबद्ध भएको दृश्य हेर्न लायक थियो। भोलिको रिजर्भेसन भएकोले हामी वास बस्ने समेनातिर लम्क्यौं।

भोलिपल्ट ट्ेरनमा रातिको टिकट भए पनि सबेरै निस्कने भनी साथीहरूबीच सल्लाह गरियो। आयोजकहरूले व्यवस्था गरिदिएकै बसबाट स्टेशन गइयो। केही बूढाबूढीलाई सामान जिम्मा दिएर हामी दिल्ली चाँदनी चोक घुमेर आयौं। साँझ ५ बजे ट्ेरन हिड्यो र भोलिपल्ट ५ बजे नै रक्सौल पुर्‍याइदियो।

सधैंको रोगझैं वीरगंज–रक्सौल भन्सारमा जाम रहेछ। भारी बोक्दै शङकराचार्य गेट आएपछि जाम खुकुलो भयो। त्यहाँबाट टेम्पो चढ्यौं र वीरगंज भानुभक्त चोक पुग्यौं। भानुचोकबाट कलैया जाने बस समात्यौं र यात्राको अन्त्य गर्‍यौं।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in नियात्रा and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *