कविता : खै के होला नेपाल

~चित्तरञ्जन महतो कमकर~

शान्तिको देश थियो
प्रकृतिले भरिपूर्ण
आत्मीयताको भावना थियो
देशभक्तिले सम्पन्न

बुद्धले छरे शान्ति
वीरेन्द्रले चलाए शासन
ज्ञानेन्द्रबाट खोसियो सत्ता
जनतामा फैलियो क्रान्ति

प्रजातन्त्र आयो, राजतन्त्र गयो
गणतन्त्र आएपछि लोकतन्त्र पनि गयो
हिंसाको क्रम रोकिएन
मान्छेबाट मानवता नै गयो

चुनावको मिति सारिए पनि
चुनाव भइरहेको छैन सम्पन्न
दलहरुका सङ्ख्या बढेपनि
रोइरहेछन् विपन्न

गरिदेउ कोही नेपाललाई उद्धार
यो हो नेपाली जनताको पुकार
सायद तिम्रो एक कदमले
समृद्ध पारिदिन्छ नेपाल

– कक्षा: १२, नृसिंह उमावि, पिपरा

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.