बाल कविता : प्रकृतिको वेदना

~अजयप्रसाद चौधरी~

धेरै माया र स्नेहले मैले बनाएको थिए
मानिस जातिलाई आफ्नो मनको फूल
तर अहिले मलाई नै चोट पुर्‍याउने
किन गर्दैछन् त तिनीहरु भूल

आफूलाई जीवन बनाई बनाएका थिए
मैले मानिसलाई आफ्नो जीवनको सारथी
तर समयको प्रभावले गर्दा तिनीहरु
मलाई बिर्सेर किन बनेका छन् त स्वार्थी

आफ्नो जीवन सहज बनाउन
मलाई नै रुवाउने किन गर्दैछौं तिमीहरु काम
यसरी गरेर के तिमीहरुले
कमाउन सक्छौं विश्वमा नाम ?

मलाई रिस उठाउने काम नगर हे मानिसहरु
यही नै हो मेरो तिमीसाग हृदयको प्रार्थना
बााच्न चाहन्छौं सदाका लागि पृथ्वीमा भने
तिमीहरुले सुन्नैपर्छ मेरो यो वेदना ।

– अजयप्रसाद चौधरी
कक्षा: ९, अल्पाइन मावि, वीरगंज

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in बाल कविता and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *