लघुकथा : सुन्दर गाउँ

~कात्यायन~dhanwantari-mishra-katyayan

– अति नै सुन्दर गाउँमा उनीहरू पुगे | मानिसहरू पनि सुन्दर थिए |

– रूख-बिरुवाहरू ढलेका-सोत्राम भएकाथिए |

– नदी-नालाहरू उर्लिएर वस्ती नै उजाड भएकोथियो |

– खडेरीले अन्न-पात सबै झुरुम्म भएकाथिए |

– भोक र तीर्खाले उनीहरू पनि ढलेकाथिए |… तर,..

– मात्र उनीहरूको शरीर ढलेकोथियो, मन ढलेकोथिएन |

– छाँया ओइलाएकोथियो, जाँगर ओइलाएकोथिएन |

– अंगहरू कुंजिएकोथियो, आशा कुंजिएकोथिएन |

– केवल एकै कुराको माग थियो – काम देऊ ! बीऊ हामी नै जोर्नेछौं |… काम देऊ ! पराल हामी नै उमार्नेछौं |… काम देऊ ! धर्सा हामी नै उन्नेछौं |… काम देऊ ! गोरेटो हामी नै खन्ने छौँ / राज-मार्गमा जोड्नेछौँ |

– किनकि त्यो गाउँ सुन्दर थियो !

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.