कथा : इतिहास

~अभय भट्टराई~

अनौठो हुलिया भएको एउटा मान्छे हरेक दिन त्यो पबमा आउन थालेको छ । उसलाई कसैको मतलब हुँदैन । दा¥ही छ, सेतै फुलेको । पावरवाला चश्माभित्र गहिरा आँखा । अनुहार गम्भीर । हातमा ल्यापटप छ, ल्यापटपमा केही काम गरिरहन्छन् । एक बोतल बियरपछि अर्को बोतल । त्यसपछि अर्को । हरेक दिनको कोटा तीन बोतल बियर ।

ठीक नौ बजे राति एउटा युवक गाडी लिएर लिन आउँछ । पोर्ट मक्वारी, अस्टे«लिया । सागरको तटमा रहेको व्यस्त शहर । भारतीय नागरिकले लगानी गरेको पबमा काम गर्छन्, किरण । किरण यहाँ आएको २२ वर्ष भयो । उसको हातबाट कसैको पनि ज्यान गएन । व्यक्ति हत्याबाट समाजमा परिवर्तन नहुने निधो भएपछि बैंक लुटेको पैसा सदुपयोग गरी साथीको सहयोगमा ऊ अस्टे«लिया पुगेको थियो । भूकम्पमा सबै परिवार स्वाहा । नेपाल फर्किने कारण समाप्त । उतै अस्टे«लियामा एउटा भारतीय एकल महिलालाई जीवनसाथी बनायो । उसले पनि धोका दिई । त्यसपछि एउटी गोरी आइन्, उसको जीवनमा । गोरी इमानदार । तीनवटी छोरी भए । छोरीहरू पढ्दैछन् । गोरी एलिना, एउटा नर्सिङ होममा काम गर्छे, उनी भने पबमा आठ घण्टा ।

“एक्स्क्युज मी सर,” किरण तिनै दा¥हीवालाको सामुन्ने पुगे ।

“यस यङमैन…,” बूढाले पनि अङ्ग्रेजीमा बोले ।

“आर यु फ्रम इन्डिया ?” किरणले ती वृद्धलाई भारतीय ठान्यो ।

“मिस्टर किरण, आई एम नट फ्रम इन्डिया, फ्रम नेपाल, आई नो यु भेरी वेल ।”

“सर, हजुर मेरा लागि अभैm रहस्यको पोको हुनुभयो । सर, म हजुरको बारेमा जान्न चाहन्छु ।”

“अरे यार परियार, तिम्रो भाइ सहदेवले कहिल्यै कुनै गुरुका बारेमा….”

अचानक किरण ती वृद्धको गोडामा ढोग्न पुग्यो र आँखा रसिलो बनाएर अवरुद्ध कण्ठमा बोल्यो– “हे गुरुदेव, यत्रो दिनसम्म केही भन्नुभएन । किन यति रहस्यमयी हुनुभयो ? सहदेवले मलाई सबै बताएको छ । आज मेरो भाइ नेपालमा एउटा सम्मानित जीवन जीउन सफल भएको छ । अङ्ग्रेजीको उपप्राध्यापक भएर स्नातकोत्तरसम्म प्राध्यापन गर्दैछ । हाम्रो खानदानमा दलित समुदायमा अपवाद हो, सहदेव । हजुरले साथ नदिएको भए….”

“किरण आऊ, अङ्कमाल गरौं । म पनि तिमीलाई सबै कुरा बताउने मूढमा छु । एउटा उपन्यास लेख्दैछु । त्यही भएर मन एकोहोरो भयो । तिमी आपैंm आकर्षित हुन्छौं । कुनै दिन भन्ने कुरा मलाई थाहा थियो । मेरो हुलिया अलि बदलियो । तिमीसित कुराकानी गर्न भनेरै म यो पबमा आएको हुँ । मेरो कोठाबाट यो पब अलि टाढै छ ।”

– “सर एउटा प्रश्न गरौं है ?”

– “अब मन लागेजति गर ।”

– “पहिलो प्रश्न यहाँ को हुनुहुन्छ ?”

– “यहाँ मेरा तीन सन्तान छन्, आप्mनै व्यवसाय छ ।”

– “कतै करुणा दिदी…”

– “हो, करुणा, कृपा र सज्जन मेरा सन्तान ।”

– “बसाइँ कहिलेसम्म गुरुदेव ?”

– “तीन वर्षको भिसा छ । बुढियाले गनगन नगरेमा बसिन्छ । अस्टे«लियामा तेस्रोपटक आएको हुँ ।”

– “म्याडम रमाउनुभएको छैन ?”

– “उनी रमाउन हामीले यहाँ पशुपालन गर्नुपर्दछ ।”

– “त्यसो भए म्याडम गाईप्राणी ?”

– “नामै गौरी ।”

– “हजुर भोला भएपछि नाम गौरी नै भयो नि ।”

– “तिमी पिउँछौं ।”

– “सर, जातैले पाएको । तर म एकदम कम लिन्छु । हजुरले एउटा सर्त मानेमा आज थोरै रमाइलो गर्छु ।”

– “कुरा बुभेंm । म आज कार्ड छोड्दिन ।”

–“सर त अन्तर्यामी ।”

–“हे किरण, मनोविज्ञानको प्रोफेसरको साथी हो, यो भोलाशङ्कर बस्ताकोटी ।”

– “कोटिकोटि प्रणाम गुरु बस्ताकोटी ।”

त्यसपछि बियर मगाए, आवश्यक स्न्याक । गुरु र चेला नभए पनि एकदम आत्मीय मित्र बन्न पुगे । सहदेवले आप्mनो दाजु किरणलाई बस्ताकोटीका बारेमा धेरै कुरा बताएका थिए । सहदेव पूरै बस्ताकोटीमा आश्रित । स्नातक तहसम्म बस्ताकोटीले पढाउन सहयोग गरे । त्यसपछि बोर्डिङमा जागिर लगाइदिए । अनि आपैंm कमाउँदै–पढ्दै । स्नातकोत्तरमा क्याम्पस टप भयो, सहदेव । क्याम्पसले नै जागिर दियो । एउटी नानी पनि बस्ताकोटी गुरुकै कारण सहदेवकी जीवनसङ्गिनी भइन् । नानी यशोदा गुरुङ । यशोदा एमबीएस प्रथम श्रेणी । उनी पनि प्राध्यापनमा ।

सात बोतल बियर भ्mयाम । तीन बोतलको कोटा हो बूढाको । खै के भयो ।

–“सर, सर… किरणको आवाज पनि लर्बरियो ।”

– “किरण, किरण, चेला किरण…. बस्ताकोटीको हालत पनि उस्तै ।”

– “सर, एउटा कुरा सोधौं ?”

– “१० वटा सोध ।”

– “हजुरको आँखाभित्र अत्यन्त पीडा देख्दछु म । भन्न मिल्छ ?”

– “किरण ती सालेहरू, कुत्ताहरू, नालायकहरू…।”

त्यसपछि बोले बस्ताकोटी– “किरण, त्यो नेपाल, त्यो सतीको सराप परेको देश, त्यो शकुनीहरूको राज्य भएको अभागी भूगोल । त्यसले हीरा चिनेन । त्यसले शेर चिनेन, किरण १ दुनियालाई न्याय गर्न हिंडेको यो भोलाशङ्कर बस्ताकोटी आपैंm पटकपटक अन्यायमा प¥यो । एकपटक होइन, दुईपटक होइन, पटकपटक । त्यसै प्रतिभा पलायन भएको छैन । त्यसै होनहार नयाँ पुस्ता जेट चढेको होइन । म मात्र होइन किरण, मेरा अनन्य मित्र रघुनाथ आचार्यमाथि पनि त्यस्तै घोर अन्याय भयो । केशवराज आमोदी गुरुको कथा सुनेमा रुन्छौं तिमी । त्यो देशमा देवकोटा मात्र होइन, नीलाम्बर आचार्य, नरहरि आचार्य, कुलमान घिसिङ, भीमबहादुर तामाङ आदिको पनि ‘जियोग्राफिकल मिस्टेक’ भएको हो । बाबू, हामी एमए, एमफिल, पिएचडी गर्नेहरू दशपटक एसएलसी फेल भएका नालायकहरूको शरणमा गएर मलाई क्याम्पस प्रमुख बनाइदेऊ भनेर चाकरी गर्नुपर्ने । थुइक्क समाज १ अझ बाबू १ राजनीति नामको कालोग्रहणले पवित्र सरस्वतीका मन्दिरहरू तहसनहस भएका छन् । कथा धेरै छन्, व्यथा धेरै छन् । आज अलि होश गुमाइयो । म आप्mनो उपन्यासमा सबै लेख्नेछु । आज मेरो छोरा आउँदैन लिन । ऊ सिडनी गएको छ ।”

– “सर म छु, मेरो होटल र पब मालिक सारै सरल छन् ।” किरणको अनुरोधमा एकजना पञ्जाबीले बस्ताकोटीलाई लिप्mट दिए ।

“बा, आज कुनै पुरानो चेलालाई आप्mनो इतिहास सुनाउनुभयो ?”

ठूलीछोरी करुणाले अनुहार पढ्दै प्रश्न गरिन् ।

“छोरी हरेक जिन्दगी आखिर एउटा इतिहास नै हो ।”

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.