मुक्तक : जीवन

~उषा शेरचन~

– १
मायाको पोको रहेछ जीवन
अतृप्त धोको रहेछ जीवन
एक न एक दिन बिलाउनै पर्ने
पानीको फोको रहेछ जीवन ।

-२
हुरीले बतासिएको चील रहेछ जीवन
एकलासे जंगलको झिल रहेछ जीवन
भित्रभित्र एकनासले सधैं दुखाइरहने
छातीमै गढिएको खिल रहेछ जीवन !

-३
सुख दुःखको मेल रहेछ जीवन
मीलन विछोडको खेल रहेछ जीवन
गहिरिएर सोचेको खण्डमा भने
आउनु जानुको रेल रहेछ जीवन ।

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.