लघुकथा : आपसी मेलमिलाप

~वीरेन्द्र साह~

सर्लाही जिल्लाको सीतापुर भन्ने गाउँमा रामबाबू सिंह बस्थ्ये । उनकी पत्नी मायादेवी, दुई छोराहरू राधेकृष्ण र श्याम थिए । यिनीहरू अत्यन्त गरिब थिए । रामबाबूले वीरगंज शहरमा ठेला चलाएर आफ्नो घरपरिवार चलाउँथ्यो । उनले परिश्रम गरेर घरखेत पनि जोडेका थिए । एक दिन गाउँमा हैजाको महामारी फैलियो ।

हैजा लागेर रामबाबू सिंह थला परे । उनको उपचारमा खेत बेच्नुपर्‍यो तर उनी बाँच्न सकेनन् । उनको मृत्युपछि परिवारमा दु:खको सीमा रहेन । मायादेवी पतिवियोगमा डुबेर कमजोर भइन् । उनलाई दुई छोराको लालनपालन गर्न धेरै समस्या पर्‍यो । मायादेवीले अर्को विवाह गर्ने सोच बनाए पनि उनले गरिनन् । छोराको लालनपालनमा उनले दिनचर्या बिताइन् । यता छोराहरू पनि जवान भए । कामको खोजीमा उनीहरू भारतको कोलकाता पुगे ।

कोलकाताका लक्ष्मी सिंह भन्ने धनी व्यक्तिले राधेकृष्णलाई एमएसम्मको शिक्षा दिलाएर बुद्धिमान बनाइदिए । लक्ष्मी सिंहले राधेकृष्णलाई आफ्नै छोरासरह समान व्यवहार गर्थे । उता श्याम रामलखन भन्ने व्यापारीको घरमा भैंसीको रेखदेख गर्ने काममा लागेका थिए ।
एक दिन राधेकृष्णले घर फर्किने इच्छाबारे आफ्नो मालिकलाई बताउँछन् । लक्ष्मी सिंहले भने,“यदि तिम्रो घर जाने इच्छा छ भने यहाँ पुन: फर्केर कहिल्यै नआउनू । म तिमीलाई काममा राख्दिनँ । यदि घर गइनौं भने म तिमीलाई घरजग्गा दिन्छु । तिमीले सबै सुखसुविधा पाउँछौं ।”

मालिकको प्रलोभनमा परेर राधेकृष्ण घर गएनन् । मालिक लक्ष्मी सिंह खुशी भई उनलाई नयाँ घर बनाइदिए । त्यही नयाँ घरमा बसेर उनले आफ्नो आमा–भाइलाई बिर्सिदिए ।

अर्कोतर्फ श्यामले रामलखनको घरमा भैंसीको गोबर काढ्ने, घाँस, पराल दिने काम गर्दै पैसा जम्मा पारेका थिए । एक्ली आमा के गर्दै होलिन् सम्झना गर्दै एक दिन श्यामले साहुसँग हिसाबकिताब गरी पैसा र मिठाइ लिएर घर फर्किए । श्याम घर फर्किएपछि आमा असाध्यै खुशी भइन् । दुवैले विगतको दु:ख बिर्सेर हाँसीखुशी जीवन व्यतीत गर्न थाले । आमाले श्यामको विवाह हेमा भन्ने युवतीसँग गराइदिइन् । हेमाले घरको सबै कामकाज सम्हालेकी थिइन् । उनी आमाको काम पनि सघाइदिन्थिन् ।

एक दिन फेरि गाउँमा हैजा फैलियो । त्यस महामारीको चपेटामा श्याम पनि पर्‍यो । श्यामलाई गाउँसमाजले सक्दो सहयोग गरेर बचायो । यता आमाले राधेकृष्णलाई पनि बोलाइन् । राधेकृष्ण पनि फर्केर आए । आज यी परिवार आफ्नै गाउँघरमा खेती–गृहस्थी गरेर आनन्दमय जीवन बिताइरहेका छन् ।

– सुदामा–७, सर्लाही

(स्रोत : प्रतीक दैनिक पत्रिका)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *