कथा : एटीएम कार्ड

~समीर पाख्रिन~

मुश्किलले आप्mनो नाम लेख्न सक्ने जोगेन्द्र रामको दार्जीलिड्ढो एउटा सरकारी आवासीय विद्यालयमा कुचीकारको स्थायी जागिर थियो । मनग्गे तनख्वा, आवास सुविधा, सहुलियत दरको राशन सुविधा हुँदाहुँदै पनि जोगेन्द्रको परिवारको अवस्था दयनीय थियो । ड्युटी सके लगत्तैदेखि रक्सीमा डुबुल्की मार्ने जोगेन्द्रको परिवारमा लोग्ने–स्वास्नी, एक छोरा एक छोरी गरी चार सदस्य थिए । वर्ष दिनको फरकमा जन्मेका छोरा र छोरी अरू सरह राम्रो लगाउने, नक्कल पार्ने र हातमा मोबाइल बोक्ने उमेरका भइसकेका थिए ।

पैंसट्ठी वर्षको उमेरमा जोगेन्द्र रामले जागीरबाट अवकाश पायो । अवकाशपछि उसलाई प्राप्त हुने उपदान, सञ्चयकोष आदि रकमबाट उसलाई केही हजार रुपैयाँ नगद दिएपछि बाँकी रकम सरकारले बैंक खाता खोली जम्मा गरिदियो र उसको नाममा एटीएम कार्ड जारी गरिदियो ।

बैंकको दैलो कहिल्यै नटेकेको जोगेन्द्रलाई एटीएम कार्ड बFँदरको हातमा नरिवल भयो । घरमा भएको नगद सकेपछि उसलाई एटीएम कार्डबाट रुपैयाँ झिक्नुपर्ने भयो । तर उसले न त अहिलेसम्म एटीएम मेशिन नै देखेको थियो, न उसलाई प्रयोग विधि नै थाहा थियो । ऊ घोर अन्योलमा प¥यो । कुनै उपाय नदेखेपछि उसले छोरी उषालाई एटीएम कार्ड दिएर रुपैयाँ झिक्न पठायो । छोरी उषाले बुबाले भनेजति रुपैयाँ झिकेर ल्याउन सफल भइन् । रुपैयाँ हेरेर जोगेन्द्र कलेटी परेको बत्तिसा देखाएर खिस्स हाँस्यो । दिनहरू बित्दै गए । जोगेन्द्रले छोरीको माध्यमबाट पटकपटक खाताबाट रुपैयाँ झिक्दै गयो । यता सजिलै रुपैयFँ तान्न सकिने देखेपछि उषाको पनि नियत बिग्रँदै गयो । उसले आपूmलाई रहर लागेका लत्ताकपडा, जुत्ताचप्पल, घडी, मोबाइल किन्न थाली । यो देखेर भाइले पनि दिदीको सिको गर्दै जोगेन्द्रको एटीएम कार्डको दुरुपयोग गर्दै गयो । जसरी भरेर राखेको गाग्रीको पानी क्रमशः सकिंदै जान्छ, ठीक त्यसरी नै जोगेन्द्रको बैंक खातामा भएको रकम सकिंदै गयो ।

एक दिनको कुरा, आँगनमा बसेर नङपालिस लगाउनमा व्यस्त उषालाई जोगेन्द्रले बैंकबाट पाँच हजार रुपैयाँ झिकेर ल्याउन अ¥हायो तर यसपटक उषाले बैंक जाने जFँगर देखाइनन् । पटकपटक आग्रह गर्दासमेत नमानेपछि जोगेन्द्रले छोरालाई अ¥हायो तर छोरो चाहिंले पनि नसुनेभैंm ग¥यो । छोराछोरी कोही पनि रुपैयाँ झिक्न जान नमानेपछि जोगेन्द्र आपैंm एटीएम कार्ड बोकेर बैंक पुग्यो ।

बैंकमा पुगेर ढोकामा उभिएका सुरक्षागार्डलाई खातामा रुपैयाँ भएको तर आपूmलाई झिक्न नआउने बताएपछि सुरक्षागार्ड आश्चर्यचकित भयो । उसले चेकबूक, एटीएम के छ भनेर सोध्दा जोगेन्द्रले खल्तीबाट एटीएम कार्ड झिकेर देखायो । यो देखेर सुरक्षागार्डलाई जोगेन्द्रप्रति दया जागेर आयो र उसले जोगेन्द्रलाई शाखा प्रबन्धकको कक्षमा पु¥यायो र आप्mनो कुरा भन्न लगायो । शाखा प्रबन्धकले जोगेन्द्रको कुरा सुनेपछि खाताको अवस्था बुझ्न खोज्दा खातामा न्यूनतम मौज्दात मात्र देखायो । यो देखी शाखा प्रबन्धक पनि सशङ्कित बने र जोगेन्द्रलाई सोधे,“यो एटीएम कार्डबाट रुपैयाँ कसले झिक्ने गरेको छ ?” जोगेन्द्रले हात जोड्दै जवाफ दियो,“मेरी छोरी उषाले हजूर ।”

“तिमीलाई थाहा थिएन एटीएम कार्ड आपूmबाहेक अरूलाई प्रयोग गर्न दिनुहुँदैन भनेर ?” शाखा प्रबन्धक कड्किए ।

“म अनपढलाई के थाहा हजूर । मैले त यो कार्ड देखाएपछि बैंकले पैसा दिने होला भनी कहिले छोरीलाई, कहिले छोरालाई दिएर पठाउने गरेको थिएँ,” जोगेन्द्रले फेरि हात जोडेर थरथर काप्दै जवाफ दियो । जोगेन्द्रको कुरा सुनेपछि शाखा प्रबन्धक र सुरक्षा गार्डको नजर जुझेको थियो ।

“अब के गर्छाै ? तिम्रो खातामा पैसा छैन । सबै पैसा झिकिसकेको छ,” सुरक्षा गार्डले जोगेन्द्रतिर हेरेर भन्यो।

“पैसा छैन ? यो कसरी हुन सक्छ, हजूर ?” जोगेन्द्र आत्तियो ।

“तिम्रो छोरीछोराले पैसा झिकेर सकिसकेछन् । मौज्दात छैन । अब तिमी घर जाऊ,” यति भनेर प्रबन्धक आप्mनो काममा जुटे । प्रबन्धकको कुरा सुनेर होला जोगेन्द्रलाई एकाएक चक्कर लाग्यो र ऊ प्रबन्धककै कार्यकक्षमा ढल्यो र बेहोश भयो ।

इति

–वीरगंज, पर्सा

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.