कथा : प्रिये तिमीले यो पत्र नपाएपनि

~रजित ओझा~Rajit Ojha

माफ गर यदि मैले चिठ्ठिमाँ गरेको प्रिये सम्बोधन मन परेन भने!

तिमी मेरी थिइनौ ,कहिलै थिइनौ । तर कहिले काहि कुनै सम्बन्ध हरु नबनेका कारणले राम्रा देखिन्छन् । पराइ हुने बाध्यताले आफ्ना लाग्छन । चन्द्रमा टाढा छ त्यसैले त त्यो शितल लाग्छ ।पर बाट ज्वारभाटा देखिन्नन् ,नजिकिदै जादा त्यहि उथलपुथल दँशै माँ खेलेको पिङ झैँ लाग्छ ,मच्चिरहुँ लाग्छ । तिमी मेरो बन्न सकिनौ त्यसैले मैले तिम्रा सम्झनाहरुलाइ आफ्नो मानेँ ।तिमीलाई साँचेको मुटुको कुनामा बिस्तारै तिम्रा यादहरु बसे ।

लोडसेडिङ को दिनमाँ झर्र मैनबत्ति कोरेर लेख्न बस्दा तिम्रो आक्रिती टेबल पछिको भित्तामाँ झ्वाट्ट देखा पर्यो अनि बिस्तारै हराएर गयो ।बिग्यान शायद यसलाई अवचेतन मनको परिकल्पना मान्दछ । मेरो पनि त्यो मान्नुको अरु बिकल्प थिएन ,तिमी नभइकन पनि देखिन्छौ भने त्यो मेरो भ्रम नै हुनु पर्छ ।किनकि मेरा सम्झना हरुमाँ त्यति शक्ति छैन जस्ले तिमीलाई तानेर त्यहाँ ल्याओस् ।”होइन यो लोडसेडिङको बेला निन्द्रा बिगारी बिगारी के लेख्नु पर्या हो हजुरलाई !” शीला(मेरी पत्नि) जब यो पत्र मैले लेख्न थाल्दै थिएँ कराउँदै थिई ।उसलाई विषयको ग्यान पनि थिएन । तर मेरो मनमाँ ,कलममाँ उकुसमुकुस , अटाइनअटाई भएर बसेकी तिमी जब म लेख्न थालेँ बिस्तारै पोखिदै गयौ मेरा पन्ना पन्नामाँ मेरा शब्द अनुसार ,हरफ हरुको मापदण्डमाँ र बल्ल म नयाँ यात्राको यात्रि भएँ ।

मेरो चिठ्ठी मात्र अतित माँ दौडिएको छ ,तिम्रो लागि यो ऐना हुन्थ्यो तिमी कस्ती थियौ भनेर थाहा पाउनलाई,तर अफसोच तिमी यो चिठ्ठी पाउँदिनौ । तिमीलाइ थाहा छैन ,पाटन छुन जुन शङ्खमुलको गल्लि गुज्रिनथ्यौ तिमी त्यहि बाटोमाँ मेरो कोठा थियो । मेरो बार्दलिबाट पहिलो चोटि तिम्लाई देखेँ ,त्यसपछि बानि पर्यो ।हर सन्ध्या हावा जब तिम्रो सुवाष बोकर आउँथ्यो म बाहिर निस्कन्थे तिम्रो दर्शन गर्न ।कुनै एक निमेषमाँ अधिकतम पाउन सक्ने खुशि त्यति नै हुन्छ भन्ने कुरामाँ म अझै सम्म विश्वस्त छु। त्यतिखेर तिमी धर्म गर्थ्यौ नथापाई नथापाई भए पनि ।खालि खालि मेरो आँखालाई त्रिप्तता दिन्थ्यौ अनि लगामहिन विषयहिन मेरा सपना लाई विषय ।

पढाई सिद्दियो म बानेश्वर तिर सरेँ । पानी रातिको तिन बजे आउँथ्यो , तिमी र मेरो एउटै घरपेटि भएको त्यहि दिन त हो थाहा भएको ! पुषको रातमाँ तिमीले मुख मफ्लर ले छोपेकि थियौ । जब मफ्लर झीक्यौ तब मात्र पत्ता लाग्यो तिमी तिमी थियौ भनेर ।

“लाइटर छ ?”मुखमा चुरोट को ठुटो सहितको पहिलो प्रश्न मलाई । मैले तिमीलाई नियाँले पहिलो पटक नियाल्न पाएको बार्दलिबाट बाहेक ।नियालाई कोण कोण बाट फरक हुन्छ तर जता बाट नियाले पनि फूल फूल नै रहन्छ काँडा काँडा नै ।काँडा कहिले काहीँ फूलको काँचुलि ओढ्न खोज्छ तर फूल सदैव फूल नै रहन खोज्छ,आफ्नो अस्ति्व उसलाई त्यति प्यारो हुन्छ ,आफ्नो अस्तित्वको अभिमान हुन्छ फूललाई ,किन थाहा छेन तर तिमी अपवाद थियौ काँडा बन्न प्रयासरत फूल ।खस्रो तर सुरिलो बोलि ,सुख्खा आँखाहरु तर गहिराई समुन्द्रको जस्तो!!!!!!!! कुनै दिन पानी नभएको समुन्द्रको कुरा आए मेरो मनमाँ तिम्रो आँखा झ्वाट्ट देखा पर्नेछ । गाजल बिनाका राम्रा तर ज्वारभाटा बोकेका , ।पर बाट ज्वारभाटा देखिन्नन् ,नजिकिदै जादा त्यहि उथलपुथल दँशै माँ खेलेको पिङ झैँ लाग्छ ,मच्चिरहुँ लाग्छ ।मलाई तिमी राम्री लाग्यौ । मैले खुरुक्क लाईटर झिकेर तिमीलाई दिएँ ।त्यसपछि तिमीले बोल्न जरुरी ठानिनौ र धुवाँ बीचमाँ हरायौ ,मेरो मनमाँ अचानक तिम्रो लागि एउटा उपमा आयो “धुवाँ बीचकी सुन्दरी”

त्यसपछिका दिनमाँ मलाई तीन बजे उठ्न एलार्म चाहिएन तिम्रो पदचाप काफि थियो ,सँधै जस्तै तिमी मेरो नजिकै हुन्थ्यौ धूवाँमा हराइरहेकी ,अनी म तिम्रो नजिकै हुन्थेँ तिमीमाँ हराइरहेको । तर फरक यत्ति मात्र थियो की पछिल्ला दिनमाँ तिमीले मेरो उपस्थितिलाई प्राथमिकता दिइनौ ,तिमी आफ्नै लाइटरको ज्वालाले निकालेको आफ्नै धुवाँ को परिधिमाँ हुन्थ्यौ जुन परिधिभित्र मेरो कुनै अस्तित्व थिएन,म क्लेश भर पनि थिइन । म भने भख्खर जिब्रो काटेर फड्फडाए जस्तो तिमी भित्रका ज्वारभाटा मुक भएर नियाल्न खोज्थेँ हर रात!!!!!!!!!!!!!!!!!!!!!!!!

तिम्रो दिनचर्या सँधै रहस्यमय नै रह्यो ।तर मेरो बिचारमाँ तिमी सिपी र मोति जस्तो थियौ बाहिरी जगत तिमीलाई सिपी भनेर चिन्थ्यो म मोति ,तर न तिमी म सँग नजिकिन खोज्थ्यौ न म तिमी सँग नजिकिन सक्थेँ तिम्रो र मेरो अवस्था माँ मात्र चाहना र साहसको फरक थियो ।

“हामी दुई जना साथी बन्न सकिन्छ?”एक दिन मैले पानी भर्दै गर्दा तिमीलाई सोधेको थीएँ।

“पानी भर्ने साथी “चुरोटको धुवाँ भन्दा पनि पातला कुरा तिमीले धुवाँ बीचमै उडायौ ।एकोहोरो टोलाएँ ,वाल्ल परेँ ।

तिमीलाई थाहा छैन मैले तिमीलाई एक दिन पछ्याएँ ,पहिला घरबाट कति खेर निस्कन्छौ पर्खेर बसेँ अनि बिस्तारै पछ्याएँ ।तिमी त्यो दिन तरकारी किनेर फेरि कोठा फर्कियौ ,मलाई मेरो पछ्याई निरर्थक लाग्यो ,टाढा हिँडेको नजिक हिँडेको थाहा नै हुँदैनथ्यो तिम्रो ,उहि फ्याङ्टे चप्पल ,जाडोको बेलामा उहि टोपी भएको ज्याकेट ,अनि उहि पुराना लाग्ने जीन्सहरु ,जिन्स तिमी सँग धेरै थिए तर सबै पुरानै ,उस्तै लाग्थे ।

तिमीले पत्ता लगाउँदा त मैले पछ्याउन थालेको त करिब दुई चार दिन भइसकेको थियो ,शायद हफ्ता नै !

“तिमी किन मरिहत्ते गरिरहेको छौ ?”तिमीले गालि गर्यौ तर त्यो गाली पनि संगित बनेर छिर्यो मेरो कानमाँ

“म तिम्रो साथी बन्न चाहन्छु ।”त्यसपाली भने मेरो बोलि प्रष्ठ थियो ।मैले धेरै दिन मेहेनत गरेर त्यो साहस जुटाएको थिएँ ।

“तिमी साधारण को भिँडमाँ अर्को एउटा साधारण मान्छे हौ ,असाधारण बन्ने प्रयास नगर “

त्यो वाक्यको अर्थ मैले त्यति खेर पत्ता लाउन सकिन म लुरु लुरु कोठा फर्के ।धेरै केलाएँ ,खेलाएँ तिम्रा शब्दहरुलाई अनि पनि पत्ता लाउन नसके पछि मात्र त्यो रात म तिम्रो कोठा ढकढकाउन पुगेको हुँ ।

“किन तिमी माँ के छ र असाधारण ?”ढोका खोल्ने बित्तिकै मैले त्यो प्रश्न गरेँ

तिमी मुस्कायौ ,अनि मलाई भीत्र आउन भन्यौ ।मेरो प्रश्न तिमीलाई असाध्यै घत लागे जस्तो मुस्कान थियो मैले त्यतिन्जेल सम्म त्यो अनुहारमाँ मुस्कान देखेको थिइन मलाई लाग्थ्यो त्यो अनुहारमाँ मुस्कान वर्जित छ ,रोक छ मात्र धुवाँ छ वरिपरि त्यो अनुहारको ।म केहि नबोलि भित्र छिरेँ ।

“कफि लिन्छौ?”

“मेरो प्रश्नको उत्तर खोई ?”म अडिग थिएँ त्यो दिन एउटा नजानिँदो शक्तिले म मा सहन शक्ति भरे जस्तो भएको थिएँ ।तिम्रो अघि पर्न साँचै ठुलै सहनशक्ति चाहिन्छ ।

“किन तिमी बुट्टा भरिसकेका कल्पना लाई च्यात्न यस्तो उत्ताउलो भएको?”तिम्रो मुस्कान यथावत थियो अनि तिम्रा शब्दहरु! म धेरैजसो त तिम्रा शब्दहरुको अर्थ नै निकाल्न सक्दिनथेँ ,अहिले जब म तिनै शब्दहरु दोहोर्याउँछु मलाई सबै प्रष्ठ भएझैँ लाग्छ कुनै ध्यानमाँ बसेको जोगिले ग्यान पाए जस्तो !

मैले त्यो रात पनि केहि पत्ता लाउन सकिन तर तिम्रो मा खाएको कफिको स्वाद जिब्रोमाँ लट्पटिरह्यो ।

त्यसको भोलिपल्ट तिमी झ्वाट्ट मेरो कोठामाँ छिरेकि थीयौ!अस्तब्यस्त कोठा देखेर मलाई चाहिँ सारै रिस उठ्यो ।किन म ध्यान दिन्न सरसफाईमाँ ?तिमीले चुरोट खाने साथी नपाएर आएको भन्यौ ।त्यहि दिन चाहिँ तिमीलाई साथि किन चाहियो मैले खुट्याउन सकिन तर शायद त्यो बिहानको सर्प्राईज गिफ्ट थियो भगवानको मलाई ,कहिले काहिँ त्यहि कुरा पाउन कति पैताला घस्नु पर्छ ,कहिले त्यहि कुरा हिँडेर आफुकहाँ आउँछ । तिमीले आधा जलेको चुरोट मतिर तेर्स्याउँदा मलाई मायालुको आधा म्रित्यु भागबन्डामाँ परेर लिए झै लाग्यो ।मैले हाँसी हाँसी म्रित्यु अंगालेँ ।

समय को बिताइ सँगै तिमी बिस्तारै खुल्दै गयौ । म तिमीलाई कोण कोणबाट बुझ्ने प्रयास गर्थेँ ति दिनमाँ ।

“तिमीलाई आज एउटा कुरा भन्नु छ ,म तिमीलाई भन्ने पनि थिइन तर तिमी म मा अलि बढि नै इन्ट्रेस्टेड छौ झैँ लाग्यो ।” मेरो कानमाँ तिम्रो यो शब्द अझै पनि गुन्जिरहन्छ कुनै वार्निङ बेल झै । त्यति खेर मलाई तिम्रो कुनै पनि कुरा म बाट लुकेका छन् झै लाग्दैनथ्यो तर कुन गाँठो चाँडो खुल्ने र कुन ढिलो खुल्ने गाँठोको प्रक्रिति ,गाँठोको आकार र खोल्ने मान्छेको बलमाँ भर पर्दो रहेछ ।त्यो गाँठो त्यहि समयमाँ फुस्किनु पर्ने रहेछ ।

मैले नभन भन्ने कारण देखिन तर जब तिमीले “आइ एम एच आइ भि पोजिटिभ” भन्यौ मलाई लाग्यो नसुनेको भए हुने रहेछ ।तिम्रो मुस्कान यथावत थियो ,म्रित्यु माथि विजय पाए जस्तो ,तिमीले चुरोट फेरि सल्कायौ त्यहाँ म्रित्युलाई अंगाले जसरि त्यति खेर मात्र मलाई तिम्रा वाक्य वाक्य को अर्थ पत्ता लाग्यो,

“तिमी साधारण को भिँडमाँ अर्को एउटा साधारण मान्छे हौ ,असाधारण बन्ने प्रयास नगर “

“किन तिमी बुट्टा भरिसकेका कल्पना लाई च्यात्न यस्तो उत्ताउलो भएको?”

मेरो बिहेको कुरा चल्दा मैले तिमीलाई नै पहिले सुनाएको थिएँ ।तिमीले मुस्कुराउँदै एउटा सोझो केटो पाएको त्यो पनि छुट्यो भन्यौ ।मलाई तिम्रो वास्तविकता थाहा पाए पछि झन माया बढे झै भयो ,तर शायद जीवन सम्झौता हो मैले पनि सम्झौता गरेँ ।बिहे को लागि घर जाने दिन तिमी मेरो कोठामै थियौ ,म अझै सम्झन्छु तिमीले मेरा ओठ त्यो दिन चुमेको ,जब बिहा पछि कानुनि रुपले म मेरी पत्नि को भएको थिएँ उस्ले चुम्दा मेरो ओठ पोले झैँ हुन्थ्यो ।

जब म फर्केर आएँ त्यो कोठामाँ तिमी थिइनौ ,मैले अचम्म मानिन ,आज सात बर्ष बित्यो प्रिये तिमिले यो पत्र नपाए पनि लेख्दैछु ।

समाप्त ।।।।।

03-15-08 9:56 PM

(स्रोत : साझा डट कम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *