गजल : हामीले खेति गर्दा सानु

~दिनेशराज पुरी~Dineshraj Puri

अज्ञात बस्तु खित्खितायो हामीले खेति गर्दा सानु ।
काँडाहरु उम्रिएछन फूल भनि छर्दा सानु ।।

सपनीमा कस्ले थिच्यो बोल्न पनि गाह्रो पर्यो ।
भैसीँ रैछ लगारेछु आङ समाती चर्दा सानु ।।

“मेरो हजुर” भनि आँत्ति अँगालोमा पर्दि रैछ्यौ ।
रुँदारैछु गहभरी आँसु तिम्ले भर्दा सानु ।।

युद्ध गर्न गाको रैछु सपनीमा साहस लिदै ।
ठूलो स्वरमा चिच्याइछ्यौ युद्धमा म मर्दा सानु ।।

नरमाइलो भेष रैछ तिम्रो पनि एकान्तमा ।
हाँस्दी रैछ्यौ मलाइ बोकी मलामी झर्दा सानु ।।

-December 8, 2006

(स्रोत : सयपत्री)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.