कविता : तिम्रो माया र मेरो बेहोशि

~सुरेस खनाल~

तिम्रो माया
र मेरो बेहोशि,
संग संगै बढेछन्
र संग संगै ओइलाएछन्!
मेरो बेहोशिमा,
शायद् म थिइन
शायद तिम्रो माया थिएन;
बस,
तिमी थियौ सदैव!
कहिले धमिलो!
कहिले कन्चन!

तिम्रो मायामा,
तिमी थियौ,
म थिएँ,
र थियो मेरो बेहोशि पनि!
मेरो बेहोशिले,
प्रगाढ, स्वच्छ,
अनि पवीत्र तिम्रो माया;
कयौँ पटक
चोइटिए होलान्!!
सुन्दर, निर्मल
अनि कोमल तिम्रा आशा;
सयौँ पटक
पिल्सिए होलान्!!

त्यसैले त-
आज मेरो होशमा;
म छु,
ग्लानि छ, जलन छ,
चित्कार छ र शायद अलिकता हार छ!!
तिमी छौ,
प्रहार छ, तिरस्कार छ,
शंका छ र शायद अलिकता दोधार छ!!

-यु एस् ए
December 01, 2006

(स्रोत : साझा डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.