कविता : कोशिस हाम्रो छानो

~कुन्दन काफ्ले~

चिन्ता रोगी हामी सबै कोशिस हाम्रो छानो ।
सफल हुन्छौं गरे प्रयास छैनौं हामी सानो ।
जीवन भोगाई छुट्टै हाम्रो कहानी छ लामो ।
मिलिजुली समस्याको गर्छौं छिनो–फानो ।

कोशीस हाम्रो छहारी हो, हामी यसका खम्बा ।
अभियान पूरा गर्ने हामी यसका थम्बा ।
साथी हामी कोही होचा, कोही अनि लम्बा ।
साधुवादको नारा हाम्रो, नहोस् कहिल्यै दंगा ।

असमर्थ छैनौं हामी कम्जोर पनि हैनौं ।
टेवा पाए अघि बढ्ने पछि हट्ने हैनौं ।
विश्वास गरे हिमाल पनि हामी चढ्न सक्छौ ।
भर परे देशका निम्ति हामी लड्न सक्छौं ।

विधायकले पीडा हाम्रो, के देखेका छन् त !
चिन्ता रोगको हकमा विधान के लेखेका छन् त ?
पागल भनी लाग्ने कलंक के हेरेका छन् त ?
बहुलाहको दर्जा हाम्रो, के फेरेका छन् त ?

००

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.