लघुकथा : विज्ञापन

~कात्यायन~dhanwantari-mishra-katyayan

– विहानै अखवार हेर्छ; त्यही विज्ञापन छ | रेडियो सुन्छ; त्यही विज्ञापन छ | विद्दुतीय संजालहरूमा, फोनमा, चिया-पसलहरूमा, चोक-नगर जताततै एकै खवर मात्र सम्प्रेषण भइरहेको थियो | जसरि विशिष्ट व्यक्तिहरूको मृत्यूमा शोक-ध्वनी बज्ने गर्थ्यो कुनै समय !

– तर उनीहरू शोक-मग्न थिएनन् | हर्षोल्लासले जगमगाएका थिए त्यो विज्ञापनले !

– ऊ छरिएका पम्प्लेटहरू टिप्छ र हतार-हतार, दौडी-दौडी, भ्याई-नभ्याई सबै संघ-संस्थाहरू, सरकारी-अर्धसरकारी कार्यालयहरू चाहर्छ | अनि भर्खरै स्थापना भएको नेपाल सरकारको “जन सेवा कार्यालय” पुग्छ | बिज्ञापन पढ्छ र ढुक्कले स्वास लिन्छ |

– मान्छेहरूको समुन्द्र नै खुसिले उर्लिरहेको थियो |

– पहिलो – राष्ट्र-सेवकहरूलाई कुनै योग्यता नचाहिने भयो’रे |

– दोश्रो – उमेरको हदबन्दी छैन’रे |

– तेश्रो – निरोगिता-प्रमाणपत्रको आवश्यकता छैन’रे |

– चौथो – न्यूनतम् शिक्षा पनि नचाहिने’रे |

– अन्तिमहरूले सकी-नसकी “निओन-साईन”को होर्डिंग-बोर्डमा नै विज्ञापन गराइरहेकाथिए, – बल्ल राष्ट्र-सेवकहरू पनि समान भयौं राजनेताहरू झैं !

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *