अनूदित लघुकथा : बहुमत

~आलोक कुमार सातपुते~alok-kumar-satpute
अनु : मनोज न्यौपाने

‘चित्तलाई एकाग्र गर्नका लागि एक प्रतीक चाहिन्छ, त्यसैले म मूर्ति–पूजाको पक्षधर हुँ ।’ एउटा धर्मले अरु दुइटा धर्मसँग आफ्नो श्रेष्ठता सिद्ध गर्ने उद्देश्यले भन्यो ।

‘म त मूर्तिपूजाको विरुद्धमा छु, तर म लाशको पूजाको पक्षधर हुँ, त्यसैले म श्रेष्ठ हुँ ।’ अर्को धर्मले बोल्यो ।

‘म त मूर्तिपूजाको कट्टर विरोधी हुँ, तर म एक स्थान–विशेषमा बसेर एक चित्र विशेषको पूजा, त्यससँगै प्रार्थना र त्यसको आराधनाको पक्षधर हुँ, त्यसैले म तिमीहरु दुवैभन्दा श्रेष्ठ हुँ ।’ तेस्रो धर्मले भन्यो ।

श्रेष्ठता सिद्ध गर्ने होडमा यी तीनैजना एक धर्मनिरपेक्ष व्यक्तिकहाँ निर्णयका लागि पुगे र उसका अगाडि आफ्नो–आफ्नो पक्ष राखे ।

प्रतीकको पूजा यी तीन जनाले नै गर्ने गरेको थाहा पाएर निर्णयकर्ता मुस्कुरायो र बडो समझदारीले उत्तर दियो,‘जहाँ जुन धर्म पालन गर्ने धेरै हुन्छन्, त्यहाँ त्यही धर्म श्रेष्ठ हो । अर्थात् तिमीहरुको श्रेष्ठता तिम्रो सिद्धान्तमा होइन, बहुमतमा छ ।’

(स्रोत : चारतारा न्यूज डट कम )

This entry was posted in अनूदित लघुकथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *