गीत : हृदय रिङ्गाएर बज्छ

~बच्चु कैलाश~

हृदय रिङ्गाएर बज्छ जब मादल
देख्छु कुना कोरेको कान्छीको गाजल

पल्लो घर भाले जब बास्दछ भोरमा
सम्झन्छु कान्छी तिमी मनकै कुनामा
बसन्तको फूल जब फूल्दछ बनमा
सम्झन्छु कान्छी तिमी मनकै कुनामा

कोयलीले बोल्छ जब बसेर रुखमा
सम्झन्छु कान्छी तिमी मनकै कुनामा
पहराको खस्छ जब छहरा भीरमा
सम्झन्छु कान्छी तिमी मनकै कुनामा ।।

शब्द / स्वर / सङ्गीत : बच्चु कैलाश

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.