संस्मरण : क्यान्टोनमेन्टमा दुई दिन

~आस्था के.सी.~Aastha KC

कसलाई भेट्न आएको ?

उसको प्रश्नले एक्कासी सपनाबाट ब्युंझिए जस्तै भएँ ।

सेन्ट्रीपोष्टमा नेपाली सेनाको एउटा सिपाही हातमा वन्दुक लिएर यता र उता गरिहेथ्यो । गेट निर उभिएर अर्को सिपाहीले मलाई केरकार गरिहेथ्यो । मनमनै झनक्कै रिस उठेर आए पनि विनम्रता पूर्वक विग्रेड कमाण्डर युगान्तलाई भेटन आएको कुरा उसलाई निवेदन गरें ।

म रिसाउनु र नरिसाउनुको कुनै अर्थ थिएन । जे हुनु भइसकेको थियो । यर्थाथलाई जतिसक्यो छिटो आत्मसाथ गर्नु नै श्रेयस्कर हुन्थ्यो । जनमुक्ति सेना नेपाल मंगलसेन स्मृति विग्रेड कार्यालय ,उघां लेखिएको गेटभित्र हिजोका साही सेना उर्फ आजका नेपाली सेना उभिएका थिए र गेट वाहिर दुई चार जना पिएलए हरु उनिहरुलाई परिचयपत्र देखाउदंै थिए ।

म गेट वाहिरै उभिरहेछु । भित्र पठाएको उसको खवरको प्रतिउत्तर पर्खेर ।

ल भित्र जानुहोस्, एकछिनपछि गेट खुल्यो र म भित्र पसें । जताततै नेपाली सेनाका सिपाहीहरु यता उता गरिरहेछन् । एकछिन त लाग्यो म झुक्किएर नेपाली सेनाकै व्यारेक भित्र पसेकी त होइन ? आफैले आफुलाई चिमोटें ।

जनमुक्ति सेना नेपालको आफ्नै विरता, सौर्यता,र विरासत छ । जससंग म अपरिचित छैन । दश वर्षसम्म जनयुद्ध लडेर आएको जनमुक्ति सेना, हिजोको विद्रोही सेना अब नेपाली सेनासंग समायोजनको अन्तिम पर्खाइमा छ । एउटा युगिन मोडमा छ समय, इतिहासको एउटा अध्याय समाप्त हुन लागेको छ र अर्काे अध्याय शुरु हुनै लागेको छ ।

मनमा यीनै तर्कनाहरु खेल्दै थिए । मंगलसेन स्मृति विग्रेडका कमाण्डर युगान्त र नेपाली सेनाका जमदार गणेश वस्नेत सगंै वसेर गफिरहेको अवस्थामा भेटिए । हिजो लडांईको कमाण्ड गर्ने यी मध्यम तहका प्रति ध्रुविय कमाण्डरहरु आज एकै ठाउमा वसेर पूरै अभिरुचिका साथ एक अर्काको युद्धका अनुभुतिहरु सुनिरहेका थिए । यस्तो पनि त हुंदो रहेछ, मलाई अचम्म लागि रहेछ जो हिजो एक अर्काको परम सत्रु थिए, जो लडाईको मोर्चामा एक अर्कालाई खोजीखोजी मार्थे,बाटोमा धराप थापेर बस्थे, तिनीहरु आज संगसंगै वसेर हिजोका समिक्षा गर्दै छन् र भोलिको बारेमा साझा सपना बुन्दै छन्, नयाँ नेपाल निर्माणको लागि आ आफनो ठाँउबाट दिनुपर्ने योगदानको बारेमा योजना बनाउदंै छन् ।

तिलाबाट भर्खरै उँघा आईपुगेको ज्वार स्मृति विग्रेडका कमाण्डर धु्रव र अर्का वि .एन सह कमाण्डर हिमाल टुप्लुक्क भेटिए अनि सगै निस्कीयौं यसो वाहिरतिर घुमघाम गर्नका लागि ।

मेरा आँखाहरु भने क्यान्टोनमेन्टको वातावारणलाई नियालि रहेका थिए । सुनसान सुनसान एउटा भयंकर सन्नाटा ब्याप्त छ वरिपरि सायद यस्तै होला मुर्दा शान्ति भनेको । कतै केही चिज छुटेको जस्तो, कतै केही नमिले जस्तो, श्रींखलाहरु बिश्रृंखल भएझंै अनौठो अनुभुति सहित म आफना आँखा र मन डुलाई रहेछु । पाँच सात जनाको झुण्डझुण्डमा वसेर पिएलएहरु ग्फिरहेछन् ।कोही अमुर्त भविष्यको बारेमा योजना वनाउदै छन्, कोही विगतको स्मरण गर्दै छन्। वितेका कैयौै वर्षदेखि साथै वसेका उनीहरु अव सधंैका लागि छुट्निुपर्ने पिडाले रन्थनिएका छन् । आप्mनै क्यान्टोनमेन्टभित्र सरणार्थी र कैदी जस्तै भित्र वाहिर गर्दा पनि परिचयपत्र देखाउनुपर्ने बाध्यताले पिरोलिएका छन् र एक आपसमा दुःख वाँडी रहेछन् ।बितेका पांच बर्षदेखी बसेका यी शिबिरका घरहरु अब बिरानो बन्ने बास्तबिकताले सायद भित्रभित्र सबैको मन पोलिरहेछ ।

“कस्तो कस्तो भइरहेछ ?” धु्रव दाइले भन्नुभयो “अब यो इतिहास पनि सुरक्षित नरहने भो नानु,” उहाँको अनुहार गम्भीर छ । “यी गेटहरुका अक्षरहरु मेटिदंैछन् ,यी संरचनाहरु वदलिदै छन् ।” युद्धका भिषण मोर्चाहरुमा पुरै जोस जांगर र उत्साहका साथ आफ्ना सिपाहीहरुलाई व्याटल फिल्डमा अघि वढेर लड्नका लागि कासन गरिरहने कमाण्डर धु्रवले वदलिएको परिस्थितलिाई आत्मसात गर्दै समायोजनमा जान लागेको कुरा बताए।

सबै जसो सेन्ट्री पोष्टहरु रित्ता रित्ता छन्। पीएलएहरु आउट ड्रेसमा छन्,कसैले पनि युनिफर्म लगाएका छैनन् । बरु वेला वेलामा झिटिगुन्टा बोकेका युवा युवतीहरु गेटबाट वाहिरिरहेछन, अनुहारभरी नमिठो उदासी वोकेर ।

करिव १६ घण्टाको उघाँ स्थित क्यान्टोनमेण्ट बसाईको अनुभुति मनभरि संगालेर म दहवनतिर जादैं छु । मोटरसाइकल चलाउने गुल्मीका साथी तुफानसंग । वाटोमा एक हुल स साना केटाकेटीहरु भेटिए, कुम्लाभरी काफल वोकेर वेच्न हिंडेका । काफल वेचेर उनीहरु आफनो पढने खर्चको जोहो गर्दा रहेछन् ।

पाँचौ डिभिजन मुख्यालय दहवनमा गेट प्रबेश गर्न झन ठुलो सास्ती खेप्नुपरयो । वल्ल वल्ल २५ मिनेट पछि भित्र प्रवेश गर्न पांँए ।
यो के हुदैं छ सर ? कमाण्डर अविनाशसँग हात मिलाउन नपाउदै मैले सोधिहालें ।“एउटा प्रक्रिया अन्त र अर्को प्रक्रिया शुरुवात नभईसकेको स्थितिमा यस्तै हुन्छ ,कतिपय नमिठोखाले अनुभुतिहरुबाट गुज्रिनुपर्छ ।कत्ति सम्झौताहरु निर्ममतापुर्वक गर्नुपर्छ ।हिजो पनि हामीले राष्ट्रका लागी बलिदान दिएका हौं,आज पनि यो संक्रमणकाल अन्त गरी नयाँ नेपाल निर्माणको लागी, शान्ति र सबिंधानका लागी हामीले नेतृत्वलाई सहयोग गरिरहेछौं ।”कमाण्डर अबिनाश धाराप्रबाह बोलिरहे….. बोलिरहे…।
उघांमा जस्तै सुनसान छ दहबनमा पनि ।

के के न गरौंला भनेर सजाएका सपनाहरु उस्तै उस्तै छन् ।समाज परिर्बतनका लागी गरिएका प्रतिबद्धताहरु फेरिएका छैनन्,जोश र उत्साह पनि सेलाएको होईन मात्र कन्फ्युजन छ,बिश्वस्त हुन सकिरहेका छैनन् जनमुक्तिसेनाका योद्धाहरु आफ्नो नेतृत्व प्रति ।सत्ताको लागी गरिएको सम्झौता मात्र मान्न तयार छैनन् उनिहरु यो समायोजन प्रक्रियालाई ।

दहबन मुख्यालयका सागर पुनले नयाँ जोशका साथ समायोजनमा जान लागेको कुरा सुनाए ,तिन बर्षकी छोरी आफन्तको जिम्मामा छाडेर समायोजनमा जान ठिक्क परेकी रुकुमकी शान्ति पनि दहबनमा भेटिईन ।गुल्मीकी भुमिका भने छोरा सानो भएकोले चाहेर पनि समायोजनमा जान नपाएकोमा चिन्तित देखिईन् ।

दहबनबाट घोराहीको लागी म चढेको बसमा टनाटन भरिएका थिए,पि एल ए का साथीहरु,आ आफ्ना झोला बोकेर । सबैका हात हातमा टिनका बाकस थिए न नयाँ न पुराना । भाबहिन आंखाहरु उदास उदास आकाशको शुन्यता नियालिरहेथे ।
मेरो मन पनि कस्तो कस्तो भित्र भित्र उकुसमुकुस भैरहेछ ,छाती त्यसै त्यसै भरंग भईरहेछ। नयाँ नेपाल बनाउनको लागी यी युबाहरुले गरेको योगदान र बलिदानको सांचो कदर के यो मुलुक र यी नेताहरुले गर्न सक्लान?

गुड्दा गुड्दैको बस घ्याच्च रोकियो ।लौ घोराही आईपुग्यो।खलांसी जोडले चिच्यायो ।ड्राईभरले गीत बन्द गरेको थिएन ,गीत बजिरहेथ्यो “उडेर जुन छुन्छु भन्थें………। ”

२०६९,बैशाख

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in संस्मरण and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *