गीत : यहाँ यस्तै छ

~बुद्धवीर लामा~buddha-bir-lama

यहाँ यस्तै छ, यहाँ यस्तै छ
सबै कुराभन्दा अनि पैसै ठुलो छ

नचिनेको मान्छेभन्दा चिनेको नै काम लाग्छ
चिनेको भन्दा पनि किनेको नै काम लाग्छ
यहाँ यस्तै छ, यहाँ यस्तै छ
सबै कुराभन्दा अनि पैसै ठुलो छ

हुनेलाई सबको माया नहुनेलाई छायाँ
जहिले पनि छुट्न सक्छ बनावटी माया
मान्छे सबै धर्मी भए कसलाई केको पाप लाग्छ
चिनेको भन्दा पनि किनेको नै काम लाग्छ
यहाँ यस्तै छ यहाँ यस्तै छ
मायाप्रीतिभन्दा अनि पैसै ठुलो छ

जता जाउँ जति धाउँ भोलि भोलि भन्छन्
भोलिवादी मान्छेहरू पैसामा नै बिक्छन्
मान्छे सबै सफा भए कसलाई कालो दाग लाग्छ
चिनेको भन्दा पनि किनेको नै काम लाग्छ
यहाँ यस्तै छ यहाँ यस्तै छ
सबै कुरा भन्दा अनि पैसै ठुलो छ

शब्द: बुद्धवीर लामा
स्वर: रोशन गुरुङ
संगीत: शीलाबहादुर मोक्तान
एल्बम: स्नेह

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.