लघुकथा : उर्दी

~कात्यायन~dhanwantari-mishra-katyayan

– कुनै दिनको कुरा थियो |

– उसले झ्याल बाहिर नियाल्यो – केही देखेन | केही सुनेन | बोल्न खोज्यो, बोल्न सकेन | कोही बोलेनन् |

– भर्खरैमात्र उसले टीभी हेर्दै थियो | समाचार पनि सुन्दैथियो | परिवारसंग कुरा पनि गर्दैथियो | एक्कासि के भयो ? उसलाई अत्त्यास लाग्छ | डर लाग्छ | छामछुम गर्दै, दौड्दै, संकेतले सोध्दै-खोज्दै अस्पताल पुग्छ | जंचाउंछ |

– चिकित्सकले रिपोर्टमा लेखेको थियो – कानूनमा सुन्न, देख्न र बोल्न बर्जित छ ! उर्दी जारी छ !

– समय फेरिन्छ | उर्दी पनि फेरिन्छ | तर पनि तिनीहरू त्यही उर्दीमा अभ्यस्त भइसकेका थिए |

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *