व्यङ्ग्य निबन्ध : वनतन्त्र

~पिँडालु पण्डित~Basudev guragain_Pindalu Pandit

मानवबस्तीमा नियमित भइरहेका खैलाबैला, अनेक रङतरङ र उतारचढावका घटनाले उनीहरुमा पनि पलपल चेतना थपिँदो छ । जागरण पलाउँदो छ । प्रत्यक्ष रुपमा भाषा नबुझे पनि मानवीय हाउभाउ, चिच्याहट, भाषणबाजी, नारा, जुलुस, आपसी वैमनस्यता आदि क्रियाकलापको मनोबिज्ञानमार्पmत् उनीहरु आफ्नै किसिमबाट परिस्थितिको आकलन गरिरहेका छन् । यी कुरा बस्तीका मानवले पटक्कै चाल पाएका छैनन् । चाल पाउने हो भने यी आपैmँ चकित पर्ने छन् । हाम्रो जागरण अभियानले यी पशुपन्छीमा पनि यत्रो प्रभाव ! यिनीहरु पनि यत्तिको बुझक्कड !! भनेर तीनछक पर्नेछन् ।

हो, अहिले वनजङ्गलका पशुपन्छीहरुमा पनि एक किसिमको जागरण आएको छ । खैलाबैला सुरु भएको छ । स्वतन्त्रताका कुरा उठेका छन् । आपसी मतभेद र मेलमिलापका कुरा कोट्टिएका छन् । जातीय पहिचानका कुरा छलफलमा छन् । आफ्नै भविष्य र भावी पुस्ताको चिन्ता बढेको छ । मानव भनाउँदाहरुबाट सृष्टिको आदिकालदेखि हुँदै आएको शोषण, अत्याचार, अनादर, असुरक्षा आदिबाट कसरी मुक्ति पाउने भत्रे प्रश्न चर्को रुपमा तेर्सिएको छ उनीहरुका सामु ।

सबभन्दा पहिला मानवबस्तीको ताजा खबर भरखरै थाहा पाएका कागहरु कुर्ले,—‘साथीहरु हो, अब पृथ्वीमा बाघको संरक्षणका लागि सबै मानव खुलेआम रुपमा एक भएका छन् ।’ यो कुरा काग स्वयंलाई पनि चित्त बुझेको थिएन । त्यसैले थाहा पाएका कुरा सबैका सामु बेलैमा राखिदियो ।

कागले ल्याएको यस्तो अनौठो खबर सुत्रेबित्तिकै स्यालहरु उफ्रिए,— ‘अबका दिनमा पनि कसरी हुन्छ यस्ता सिंह/बाघ आदिको संरक्षण ? जसले जङ्गलका सबै पशुहरुलाई सृष्टिको आदि कालदेखि सताउँदै आएका छन् । आपूmभन्दा कमजोर तल्लो वर्गको संरक्षण र उत्थानका लागि केही गर्नु नपर्ने ? अझ तिनैलाई संरक्षण !! संसारका सबै सर्वहारा वर्गको नेतृत्वको जिम्मा आपैmँले लिएभैmँ गरी कुर्लियो ऊ । तिनलाई संरक्षण दिने हो भने त्यो भन्दा पहिला हामीलाई संरक्षण चाहिन्छ । हामी जस्तै अरुहरुलाई संरक्षण चाहिन्छ । हाम्रो स्वतन्त्रता र सुरक्षाको सुनिश्चितता गरेपछि मात्र आवश्यक हुन्छ भने तिनीहरुको संरक्षण गर्नु पर्छ । होइन भने हामी कडा आन्दोलनमा उत्रन्छौँ । हामी सधैँ पीडितको पीडित बनिरहने ? हाम्रो वास्ता कसैलाई नहुने ?’ स्यालको यस उफ्राइ सँगसँगै लागेर फ्याउराहरुले पनि ‘हो’ ‘हो’ मा ‘हो’ ‘हो’ मिलाए ।

यस्तो खबर सार्वजनिक हुनेबित्तिकै अर्कातिर कुकुरहरु कराउन थाले,— ‘यी मान्छेहरुको मति के भएको होला ? पाए गाँस नपाए निराहारै बसेर पनि रात दिन जाडो गर्मी केही नभनी हामी पुस्तौँपुस्तादेखि यिनको सुरक्षामा खटिएका छौँ । चौबीसै घण्टा सुरक्षा दिएका छौँ । अझ उल्टै हामीलाई देखिनसहने हाम्रा जन्मजात शत्रुहरुलाई संरक्षण गर्ने रे !! हामीलाई सधैँ बन्धनमा राख्ने यी मान्छे अब बाघको संरक्षण गरेर आपैmँ बन्धनमा पर्न लागे कि क्या हो ? होइन भने हाम्रो त के कुरा उनीहरु आफ्नै लागि पनि खतरा हुने काममा यी कसरी अगाडि बढे ? यिनलाई कसले त्यस्तो सल्लाह दियो ? होइन होला ।’ कागतिर फर्केर कुकुरहरुले निधार खुम्च्याए ।

यिनीहरुका कुरा सुनिसकेपछि ढुङ्गाको सानो ओडारमा झ्यासले छेकिएर सुकुम्बासीभैmँ बसेको खरायो फुत्त बाहिर आयो । उसले पनि बाघ संरक्षणका कुरामा शङ्का व्यक्त ग¥यो,— ‘जङ्गलको राजा भनेर कसैलाई नगत्रे, अझ पालो लगाएर हामी सबैलाई ध्वस्त पार्न तम्सिने निरङ्कुश सिंहलाई कसैले नपत्याउँदा नपत्याउँदै पनि मैले कत्रो जुक्ति निकालेर इनारमा लगेर खसालिदिएँ । त्यसको अवशानपछि कति शान्त भएको छ हाम्रो वनजङ्गल । यति चाँडै तिनले त्यो कुरा बिर्से ? पक्कै पनि नबिर्सनु पर्ने !! निकै लामो समयसम्म कसैले रोक्न छेक्न नसकेको सिंहको दब्दबा म जाबो यत्रो जनावरले कत्रो अक्किल लगाएर समाप्त पारिदिएँ । अब फेरि सिंहकै समकक्षी बाघको संरक्षण गरेर अर्को सिंहको अवतार सिर्जना गर्न लागे यी मनुवाहरुले ? होइन होला त्यस्तो कुरा ।’ उसले पनि कुकुरले भैmँ यस कुराको सत्यतामा शङ्का व्यक्त ग¥यो ।

कुकुर र खरायोको आशङ्कालाई निराकरण गर्न काग अघि स¥यो,— ‘नचाहिँदो बिनसित्तिको खबर म किन ल्याउँथेँ ? नभएका कुरा गरेर मलाई के फाइदा ? साँचो कुरा गर्ने भएर नै हामी अहिलेसम्म सच्चा सन्देशबाहकमा कहलिएका छौँ । यतिखेर पनि सबैको हितलाई ध्यानमा राखेर आपूmले थाहा पाएका खबर सबैका सामु सार्वजनिक गरेका हौँ ।’ कागका कुराले कुकुर र खरायो दुवै आाश्वस्त भए ।

छलफल र बहसको क्रम भरखर सुरु भएको थियो । उतातिर भएभरका सबै प्वाँख फिँजारेर बडो खुशीले मयूर नाच्न थाल्यो । उसकी पोथी दर्शक बनेर हेर्दै थिई, आफ्नो प्राण पियाराबाट केही झर्छ कि भनेर ।

अरु चराहरु भने उसको डाह गर्दै भत्र थाले,— ‘हामी यहाँ आफ्नै समस्याले पिरोलिइरहेका छौँ । निकासका लागि छलफल र बहसमा जुटिरहेका छौँ । भविष्यको कत्रो चिन्ता छ हामीहरुलाई ? यिनीहरु भने केही कुरै थाहा छैन जस्तो गरी हाम्रा अगाडि आएर रोमान्स गर्ने ? लाज नभएका नकच्चराहरु ।’

त्यस्तो दृश्यले वंश विनाशको चपेटामा परेको लुइँचे पनि चुप लागेर बस्न सकेन । उसले मुख खोल्दै भन्यो,— ‘यिनीहरु कम छन् ? सृष्टिका अब्बल प्राणी ठान्छन् यी आपूmलाई । त्यसैको पूmर्ति देखाएका होलान् ।’

‘हो’ ‘हो’ । त्यस्तै हुनु पर्छ । कत्ति न राम्रा छौँ भनेर धाक देखाएका होलान् हामीलाई ।’ रातदिन रेटिएर बाँकी रहेका ब्रोइलर कुखुराहरु कुर्ले ।

‘होइन । होइन । एकैचोटि त्यतिविधि चित्त दुख्ने गरी किन भत्रु ? ती पनि हाम्रा मित्रशक्ति हुन् । यिनबाट पनि हामीले धेरै सहयोग लिन सक्छौँ । हामीले के विषयमा बहस गर्दैछौँ भनेर तिनले चाल नपाएका पनि हुन सक्छन् ।’ खबर ल्याउने कागले काल्पनिक सुझाउ तेस्र्यायो ।

यति मात्र होइन, कागले एउटा गहकिलो नयाँ प्रस्ताव पनि सबैका सामु राख्यो,— ‘यदि हामी जङ्गलबासीहरु पूर्ण स्वतन्त्र भएर आफ्ना हक, अधिकार र सुरक्षाका लागि जुर्मुराउने र बाघका पञ्जाबाट मुक्ति खोज्ने हो भने सबैलाई सुरक्षाको पूर्ण प्रत्याभूतिसाथ जङ्गलभित्रै वा बाहिर गोप्य भेला गराएर मानिसका कुकृत्य र तानाशाहीका विरुद्ध आवाज बुलन्द गर्न उत्पे्ररित गर्नु पर्छ । सबैलाई विषयको गाम्भीर्यबोध गराउनु पर्छ । बहस र थप छलफल चलाउनु पर्छ । त्यतिखेर कसकसले के के कुरा राख्छन्, त्यसपछि मात्र तिनको पहिचान हुन्छ । वास्तविकता बोध हुन्छ ।’

कागको सुझाउ र थप प्रस्तावप्रति सहमति जनाउँदै पशुहरुले आआफ्ना कान हल्लाए । पन्छीहरुले दुवै पखेटा फट्फटाए । यो उनीहरुको समर्थनको ताली थियो । साथै यस विषयको बहस र छलफललाई निरन्तरता दिने प्रतिबद्धता पनि तिनले तत्काल जाहेर गरे । आमसहमतिको वातावरण निर्माण गर्न र विगतका वैमनस्यलाई बिर्सेर मिठो भविष्यको सपना देख्न सबैले सबैसँग आग्रह गरे । अनि, तानाशाहका प्रतीक बन्दै आएका ठूला हिंस्रकहरुलाई सुरुका भेलाहरुमा आमन्त्रण नगरी परिस्थिति सकारात्मक बन्दै गएपछि मात्र निम्त्याउने सहमति पनि तिनीहरुले गरे ।
***
पूर्वसल्लाह र सहमतिअनुसार एकान्त जङ्गलका बीच पशुपन्छीहरुको भव्य भेला आयोजन गरियो । हावामा उड्नेदेखि जमिनमा हिंड्ने, घस्रने सबै गैरमानव त्यहाँ भेला भए । उपस्थित हुन नसकेका जलबासी माछाहरुले कार्यक्रमको सफलताका लागि आफ्ना शुभकामना पठाए । आफ्नो स्वतन्त्रता, सुरक्षा र हक अधिकारका लागि भेलाले चाल्ने हरकदममा हार्दिक समर्थन रहने प्रतिबद्धता पनि तिनले त्यसै पत्रमा उल्लेख गरे । चोरभैmँ रातमा मात्र सक्रिय हुने लाटाकोसेरा, चमेरा, बिराला आदिले पनि माछाहरुले भैmँ कार्यक्रमको सफलताका लागि शुभकामना पठाए । कार्यक्रमप्रति आफ्नो दृढ समर्थन जनाए । मनमनमा जसजसको जे जे भए पनि प्रत्यक्ष रुपमा कार्यक्रमको विरोध गर्ने कोही देखिएनन् । मनको कपट कसलाई के थाहा ?

कहिल्यै नदेखिएका शक्तिहरु त्यहाँ भेला भए । परिचयका क्रममा कहिल्यै नाम नसुनिएकाहरुको नाम सुनियो । सर्प, बिच्छी, गँगटा जस्ता भूमिगत जीवदेखि अद्र्धभूमिगत छेपारा, मुसा, भ्यागुता, चिप्लेकिरा आदिको समेत उल्लेख्य उपस्थिति त्यहाँ जम्यो । विष्णुसँग बिदा मागेर आएका गरुडदेखि शिवजीलाई भाङमा भुलाएर आएका नन्दीसम्म हुर्हुराउँदै त्यहाँ आइपुगे । इन्द्रलाई बीच बाटैमा छाडेर आएका ऐरावतदेखि कुमारलाई उचालेर परिआएका बखत तीनैलोक घुमाउन पछि नपर्ने मयूरको उपस्थिति पनि त्यहाँ देखियो । यिनका अतिरिक्त ब्वाँसा, बँदेल, स्याल, खरायो, मृग, हरिण, घोरल, अर्ना, सुँगुर, खसी, बोका, बाँदर, भालु, परेवा, कुखुरा, ढुकुर, कोइली, चिबे, सुगा, काग, भँगेरा, मुसा, सर्प आदिइत्यादि सबैको सुखद् उपस्थिति रह्यो त्यहाँ । ठूलामा हात्तीदेखि सानामा भुसुनासम्म सबै खुशीले गद्गद् भए । भरखर टुकुटुकु हिँड्न थालेको मानवशिशुभैmँ भेटघाटको यस्तो औसरले औधी रमाए तिनीहरु । कसैलाई कसैको डर भएन । निर्धक्क देखिए सबै । फुरुङ्ङ परे त्यसैत्यसै । अरुका कुरा सुत्रु भन्दा पनि आआफ्नै प्रशंस्तिमा रमाए सबैका सबै । पूरा वातावरण उन्मुक्त बन्यो ।

सहभागीहरु आउने र थपिने क्रम जारी छ । कार्यक्रम अगाडि बढ्दै गयो । कागले ल्याएका खबरदेखि खरायोले गरेका आशङ्कासम्मका सबै कुरा पेश भए भेलाका सामु । छलफल व्यापक बन्यो । सहभागीहरुले निकै सक्रियतासाथ भाग लिए कार्यक्रममा । लागेका कुरा बोले । देखेका कुरा लुकाएनन् । निकै सौहार्द बन्यो सम्मेलन । सायद सृष्टिपछिको पहिलो सम्मेलन थियो यो उनीहरुको । त्यसैले त उनीहरुले यसलाई पशुपन्छीहरुको एकताको सम्मेलन भत्र रुचाए । त्यसै गरी नाम जु¥यो । सम्मेलनका अन्त्यमा उनीहरु सारा वनजङ्गललाई पशुपन्छीहरुको एउटा छुट्टै साम्राज्य बनाउने टुङ्गोमा पुगे । यसका साथै उनीहरुले नवघोषित यस्तो साम्राज्यका लागि आवश्यक पर्ने विधान पछि बनाउने शर्तमा तत्काल वनतन्त्रको घोषणा गरे र यस ऐतिहासिक दिनलाई प्रत्येक वर्ष राष्ट्रिय मिलन दिवसका रुपमा मनाउने निर्णय लिए ।

घोषणापत्र तयारी हुँदासम्म साँझ पर्न आँटिसकेको थियो । न दिन न रातको त्यो मधुरो प्रकाशमा दिउसो आउन नसकेका लाटाकोसेरा र चमेरा पनि टुप्लुक्क आइपुगे । वनतन्त्रको घोषणा र स्वतन्त्रताका लागि ऐक्यबद्धता जनाइएको त्यस सुखद् र ऐतिहासिक क्षणमा सम्मेलनस्थल वरिपरि दीपावलीको आयोजन गरियो । दीपावलीको जिम्मा जुनकिरीहरुले लिए र आफ्नो जिम्मेवारीको काम भव्य रुपमा सम्पत्र गरे ।
***
वनजङ्गललाई पूर्ण स्वतन्त्रतासाथ छुट्टै साम्राज्य बनाउने कुरामा बाघहरुको असहमति रह्यो । सारा जङ्गल आफ्नै साम्राज्य सम्झी बसिरहेका बाघलाई यस्ता कुरा चित्त नबुझ्नु स्वाभाविकै थियो । त्यसमाथि विश्वभरका मान्छेको समर्थन जुट्न लागेको अनौठो क्षण । तर के गर्नू ? सबै एक भएपछि तिनको पनि केही लागेन । भित्री रुपमा मन कुँडिए पनि बाहिरी रुपमा समर्थन गर्न बाध्य बने तिनीहरु पनि ।

पशुपन्छीहरुका जगत्मा मानववस्तीमा जस्तो निर्वाचनको कुरो सम्भव थिएन । छलफलकै आधारमा विधान मसौदा समिति बन्यो । प्रतिनिधिहरु यसै गरी चयन भए । उड्नेको प्रतिनिधित्व गिद्ध, बाज, काग, कोइली र चिलले गरे । भूमिगत र अद्र्धभूमिगतको प्रतिनिधित्व सर्प, बिच्छी, गँगटा, मुसा र छेपाराले लिए । यसैगरी पशुहरुका तर्पmबाट बँदेल, स्याल, गोरु, चितुवा, भालु र फ्याउरा विधान मसौदा समितिमा चुनिए । जलचरको प्रतिनिधित्व गोहीलाई दिइयो । यसका अलावा खरायो, दुम्सी, मृग, परेवा, चिबे, ढुकुर, भँगेरा, लामखुट्टे, उडुस, उपियाँ, चिप्लेकिरा, झिँगा पनि विधान मसौदा समितिमा सर्वसम्मत चुनिए । हात्ती, डाँफे, अर्ना, कालिज, भ्यागुता, भुसुना, अरिङाल आदिलाई विधान मसौदा कार्यको समन्वय र अनुगमन गर्न खटाइयो । अन्तमा विधान मसौदा समितिको सल्लाहकारमा बाँदर, बङ्गुर र ब्वाँसोलाई चयन गरी यिनीहरु मध्ये प्रमुख सल्लाहकारको जिम्मा बाँदरलाई दिइयो । नयाँ साम्राज्यका नयाँ कुराहरुलाई यसरी व्यवस्थित तरिकाबाट अगाडि बढाउन सकेकोमा पशुपन्छीहरुलाई चारैतिरबाट प्रशंसाको ओइरो लाग्यो ।

नवगठित विधान मसौदा समितिलाई यति दिनभित्र विधान बनाउनु पर्छ भनेर समयावधि त तोकिएन, तर यतिचाहिँ भनियो कि बस्तीका मान्छेहरुले संविधान बनाउन साधारणतः लिने गरेको समयभन्दा अगाडि हाम्रो विधान बनिसक्नु पर्छ र त्यो विधान नमुनाका लागि सम्भव भएसम्म इमेलबाट तत्काल मानवबस्तीमा पे्रषित गर्नु पर्छ ।

कार्यादेश प्रस्ट भए पनि विधान मसौदा समितिका पदाधिकारीहरुले आफ्नो काम गर्ने शैली भने मानवकोभन्दा फरक रुपमा अँगाल्न सकेनन् । लामो समयदेखि मानवजगत्लाई नजिकबाट अवलोकन गरिरहेका यिनले त्यस्तो अक्कल निकाल्नभन्दा नक्कल गर्नतिर लाग्नु अनौठो पनि थिएन । त्यसमाथि त्यस्ता होनहारका बुद्धिजीवीहरुको नक्कल कसले पो गर्दैन र ? सके जसले पनि गर्छ । गर्नु पर्छ ।

विधान मसौदा समितिको काम अगाडि बढ्यो । आफ्नो बाँकी जीवन, नातागोता र भावी पुस्ताका लागि कुनै किसिमको जगेर्ना गर्न नपर्ने भएकाले यिनले भत्ता लगायत कुनै पनि नाउँमा केही लिनुदिनु नगरे पनि बैठक, छलफल, परामर्श, अन्तत्र्रिmया आदि कामलाई व्यापकता दिन भने कत्ति पनि कञ्जुस्याइँ गरेनन् । जङ्गलका कुनाकाप्चादेखि ढाँड, ढँड्यान, नदीनाला, खोल्साखोल्सी, वनबुट्यान सबैतिर यसको व्यापक प्रचारप्रसार भयो । प्रचारप्रसारको काममा बढी चराहरु खटिए । विश्वासको सङ्कटका कारण विधान मसौदा समितिका पदाधिकारीहरु अधिकाँश ठाउँमा आपैmँ गएर सुझाव सङ्कलन गरे ।

सङ्कलित सुझावको उरुङ बन्यो । सुझावहरु यतिविधि सङ्कलन भए कि ती सुझावहरुमाथि बुँदागत छलफल त के त्यसलाई वाचन गर्नकै लागि पनि निकै समय खर्चिनु पर्ने अवस्था सिर्जना भयो । अनि यस प्रक्रियालाई कसरी छोट्ट्याउन सकिन्छ ? भत्रे अक्किल निकाल्न र त्यसअनुसार गर्न विधान मसौदा समितिका छेपारा, स्याल, चमेरा आदि पदाधिकारीलाई जिम्मा लगाइयो । छिटोभन्दा छिटो निष्कर्ष निकाल्न भनियो । त्यसपछि आएको निष्कर्षलाई मात्र छलफलमा ल्याउने निर्णय समितिले लियो ।

सुरुमा त यी पशुपन्छी निकै फ¥याकफुरुक गरेर दङ्गिएका थिए । पछि कामको चाप र मागको धाप बढ्न थालेपछि यी आपैmँ रन्थनिए । पहिला आपैmँले दिएका आश्वासन पछि आफ्नै लागि पिलो बन्यो । भालुको कन्पट बन्यो । निचोर्नु न के गर्नु । समाउनु न छोड्नु । जतिसुकै ढिल्याइँ र छुल्याइँ गरे पनि सत्य कुरा लुक्दो रहेनछ । यस्तो यथार्थबोधले उनीहरु आफ्नो हावावाददेखि आपैmँ तर्सिन थाले । न मुसाका कुरा बिरालाले सुन्छ न भ्यागुताका कुरा सर्पले । न परेवाका कुरामा गिद्धले ध्यान दिन्छ न भँगेराका कुरामा कागले । पछि गएर हुँदाहुँदा विवाद यतिसम्म चुलियो कि मुसाका कुरा मुसैले सुत्र छाडे । सर्पका कुरा सर्पैले । आआपैmँमा फुट र कलह सुरु भयो । आपसी वैमनस्य बढ्दै गयो । प्रत्येकका महत्वाकाङ्क्षा चुलिँदै गए । तैपनि विधान बनाउने कुरा रोकिएन । हिम्मत नहारीकन सबै लागिरहे ।

पशुपन्छीहरुको आयोजनमा सम्पत्र पहिलो ऐतिहासिक सम्मेलन र यसपछिका विधान निर्माण लगायतका अरु क्रियाकलापले यिनीहरुमा निकै जागरण ल्यायो । एकले अर्कालाई हाँक्न सक्ने आँट र हिम्मत बढायो । छलफल र अन्तत्र्रिmयाको कला सिकायो । अरुका सामु स्वाट्टै मन खोल्न नहुने रहेछ भत्रे पाठ सिकायो । चपाईचपाई कुरो गर्न पाको बनायो । कुराले घाँस हाल्न सिपालु तुल्यायो । विधान निर्माणमा ढिलाइ भए पनि केही न केही प्रगति त यसले गरायो । पशुको स्तरबाट केही माथि उठायो । पन्छीको स्तर पनि अलिकति उठ्यो । यसै गरी कीटपतङ्ग आदि सबैको स्तर केही न केही बढ्यो नै ।

‘वादेवादे जायते तत्वबोध ।’ पशुपन्छीहरुको विधान मसौदाको काममा पनि यही कुरा लागू भयो । काम गर्दै गएपछि निखार थपिँदै गयो । सङ्कलित सुझावहरुबाट निष्कर्ष निकाल्ने काम पनि करिबकरिब अन्तिम चरणमा पुग्यो । छेपारा, स्याल, ब्वाँसा, चमेरा सबैले आआफ्नो जिम्मेवारीको काम पूरा गरे । सुझावहरुलाई मसौदाको चरणमा पु¥याए । अब चाँडै हाम्रो विधान बन्छ र मानववस्तीलाई पक्कै उछिन्छौँ भत्रेसम्मको सोच र तयारीमा उनीहरु पुगे ।

विधान मसौदाको अन्तिम टिपोट सुरु भएपछि सबैका कान ठाड्ठाडा भए । जब आआफ्ना हक, अधिकार र सरोकारका कुरा आए तब सबैले खुट्टाका औँला र नङ्ग्रा ठड्याए (पशुपन्छीसँग हात हुने भए उनीहरु पनि हातका औँला ठड्याउँथे) । जलचर आफ्ना ठाउँमा उभिए, थलचर पनि त्यस्तै । कहिले जलचर कहिले थलचर हुनेहरुको त कुरै भएन । ती कहिले कता ठीक हुन्थे, कहिले कता । आज साँचो भनेका कुरा भोलि भूmट हुन्थे, भोलि भूmट भनेका कुरा पर्सि साँचा हुन्थे । यी उभयचरदेखि जलचर, थलचर र अरु सबै आजित भए । यी जलमा जान्थे र एउटा कुरा गर्थे । थलमा आउँथे र अर्को कुरा भन्थे । यी उभयचरीको यस्तो उडानले सबै पशुपन्छी त्यसैत्यसै थकित जस्ता देखिन थाले । तैपनि विधान मसौदाको काम भने अभैm रोकिएको थिएन । गति र मतिमा सुस्तता आए पनि कामै रोक्नेतिर भने अझसम्म कसैको मन गइसकेको थिएन ।
***
‘जल हाम्रो हकभोग र अधिकारको कुरा हो । पुस्तौँपुस्तादेखि हामीले भोग गरिआएका समग्र जलप्रदेशलाई एउटा छुट्टै राज्य घोषणा गरिनुपर्छ । हामी त्यहाँका आदिबासी हौँ र हाम्रै बाहुल्यता छ त्यहाँ ।’ माछाहरु नराम्रोसँग एकसाथ कुर्लिए । माछाहरु त्यसरी एकसाथ कुर्लिएको अहिलेसम्म कसैले सुनेका थिएनन् । चाल पाएका थिएनन् । भ्यागुता, चेपा, गँड्यौला, गोही लगायतका अरु प्राणी पनि तिनका तर्कका सामु केही बोल्न सकेनन् । तर पानी हाँसहरुले भने मुख खोले । उनीहरुको दाबी पनि समग्र जलप्रदेश आफ्नै हुनुपर्ने पक्षमा थियो । यता घरेलु हाँसहरु पनि तालतलैया र पोखरीहरु आपूmहरुले कसै गरी नछाड्ने ढिपी कस्न थाले ।

यी कुरा सुनेपछि मुसाहरु कुर्लिन थाले । ‘हाम्रा लागि छुट्टै भूमिगत राज्यको व्यवस्था हुनुपर्छ । हामी सोझा जाति । कहिले मान्छेका विष, पासो र खोरमा पर्छौँ, कहिले सर्पका मुखमा । एउटासँग जोगियो अर्कोले मार्छ, अर्कोसँग जोगियो फेरि अर्कोले मार्छ । यी दुवैबाट जोगियो बिरालाले छाड्दैनन् । यस्तो उत्पीडित भएर हामी कतिञ्जेल बाँच्ने ? हाम्रो प्रगति र विकास कहिले हुन्छ ?’ कुरा उनीहरुका पनि बेठिक थिएनन् ।

नउठ्नु कुरा उठिसकेपछि पन्छीहरुले पनि मुख खोले,— ‘समस्त अकास र रुखहरुलाई हाम्रो छुट्टै राज्य बनाउनु पर्छ ।’ ‘मान्छे हुन् वा पशु, हामीलाई देखेपछि किन हो किन सबै ‘आँ’ ‘आँ’ गर्छन् । मुख मिठ्याउँछन् । ¥याल काढ्छन् ।’ ढुकुर, परेवा, कालिज आदि पन्छीहरुले छुट्टै राज्यको पूर्व प्रस्तावलाई अन्धाधुन्ध समर्थन गर्दै आवाजमा आवाज थपे ।

को भन्दा को कम ? मागेर राज्य पाइन्छ भने किन नमाग्ने ? मृग, घोरल, नाउर, चित्तल, हरिण, वनगाई आदि शाकाहारी पशुहरुले पनि आफ्ना लागि छुट्टै राज्यको माग अघि सारे । उता एकसिङे गैँडाहरु कुर्लिन थाले,— ‘कि हाम्रो नाक जोगाइदेऊ, कि अरु कोही छिर्न नसक्ने अलग राज्य छुट्ट्याइदेऊ ।’

राज्य माग्नेहरुको बहस र चर्काचर्की एकातिर चलिरहेको थियो भने अर्कातिर अर्कै बहस । ‘हामी त ब्रह्माजीको सृष्टिकालदेखि अस्तित्वमा आएका । हामीलाई यहाँको आदिबासी घोषणा गरिनु पर्छ ।’ मुनियाँ, चिबे, धोबीनी आदि चराहरु आफ्नो प्रस्ताव पारित गराउन चर्किँदै अगाडि बढे । उता बराह रुप धारण गरिसकेका बँदेलहरु आफ्ना पौराणिक कुरा कोट्ट्याउँदै आदिबासी त हामी पो हौँ भन्दै अगाडि सरे । फेरि अर्कातिर सुँगुर, बङ्गुर, कुखुरा, कुकुर, चिप्लेकिरा आदि प्राणीहरु अहिलेसम्म आपूmहरुलाई सिमान्तकृत गरिएकाले त्यही अनुसार सुविधा र छुट्टै राज्यको व्यवस्था हुन नारा लगाउँदै थिए । ‘हो’ ‘हो’ उहाँहरुको कुरा ठिक हो भन्दै अर्ना, खरायो, हात्ती, हाँस आदिले चाहिँ आपूmहरुलाई जनजातिमा राख्न धम्क्याउन थाले ।

कुरैकुरामा पोथी कुखुराहरुले लैङ्गिक नारा लिएर आवाज बुलन्द गरे,— ‘हामीलाई मात्र किन सास्ती ? अब भालेहरुले पनि अण्डा कोरल्न थाल्नु पर्छ । देवीदउताका थानमा बिनावाधा अवरोध हामीले पनि भोग चढ्न पाउनु पर्छ ।’

यो कुरा बाख्राहरुलाई पनि मन परेछ । उनीहरु पनि,— ‘हो । हो । मन्दिरमा भोग हुन हामीले पनि पाउनु पर्छ । कत्ति अँध्यारा कुनामा सेरिएर सोझासीधा ग्राहकहरुलाई झुक्क्याउनु ? हामीले पनि देवीदेउताका मन्दिरहरुमा हाकाहाकी भोग चढ्न पाउनु पर्छ । यदि यस्तो हुन सक्तैन भने खसीबोकाहरु सँगै नारिएर पारदर्शी रुपमा हामीहरुले पनि प्राण त्याग्न पाउनु पर्छ । यति सुनिसकेपछि पशु, पन्छी, कीटपतङ्ग सबैका पोथीहरु ‘हो’ ‘हो’ यस्तो व्यवस्था त गर्नै पर्छ भनेर विधान मसौदा समितिको कार्यालय नै घेर्न पुगे ।

यी रङबिरङका कुरा सुनेर विधान मसौदा समितिका सबै सदस्य रनाहामा परे । कसकसलाई के के मात्र भत्रू, के के मात्र दिनू ? के भनेर ढाँट्नू, के भनेर झुक्क्याउनू ? उनीहरु आआपैmँ अलमलमा पर्न थाले ।

कसलाई कतिखेर के भनिएको थियो त्यो समेत बिर्सन थाले । हुन पनि परिस्थितिअनुसार बोल्न परेपछि कहाँ के बोलियो के थाहा ? यिनै कुरा सोच्तासोच्तै तिनीहरु निराश हुन थाले । अनि, कसले कसलाई सम्हाल्ने ? उपाय नै सुझ्न छाड्यो । तिनले पनि गरुन् के ? सबैले मागे अनुसार बाँड्दै जाने हो भने वायुमण्डलीय धुलो र हावापानी बाहेक साझा भत्रे कुरो केही नरहने भयो । भोलि खुत्रुक्खुत्रुक् अर्काको हात र पासोमा पर्न मात्र सजिलो हुने भयो । टुक्राटुक्रा भएपछि अरु के नै हुन्छ र ? त्यसैले ‘के गर्ने ? के नगर्ने ?’ मनस्थितिमा पुगे विधान मसौदा समितिका पशुपन्छी प्रतिनिधिहरु ।

छलफल रोकिएको थिएन । निरन्तर चलिरहेको थियो । सबै यस्तै विषयमा चिन्ता गर्थे । सबैको यस्तो मनस्थिति बुझेपछि प्रमुख सल्लाहकार भनाउँदो बाँदरले नबोली सुखै पाएन । सबै उसैका मुखमा टुलुटुलु हेर्न थाले । उसले सबैलाई सान्त्वना दिँदै भन्यो,— ‘ए, साथीहरु हो, किन आत्तिनु हुन्छ ? हामीहरु कसैको ‘इः’ अहिलेसम्म एउटै घर छैनन् र त बाँचिरहेका छौँ । गुजारा गरिरहेका छौँ । तपाईंहरुको कमसेकम एउटा एउटा घर वा गुँड त छ । किन चाहियो तपाईंहरुलाई छुट्टै साम्राज्य ? किन चाहियो छुट्टै राज्य ? किन चाहियो बेकारमा आपैmँलाई बाँध्ने नचाहिँदो विधान ? व्यर्थैको टण्टा । हामीहरुलाई हेरेर चित्त बुझाउनुस् न । कि कसो ? आपूmले दुःख गर्नु पनि
नपर्ने । जहाँ जसजसकहाँ जेजे मिल्छ त्यहीत्यही खाइदियो । जहाँजहाँ जान मन लाग्छ खुरुक्क गइदियो । हेर्नुस् कति मज्जा ।’ आफ्नो प्रमुख सल्लाहकारीय भूमिका निभाउँदै उसले खाँटी कुरा राख्यो । ‘मलाई त यो कुरा सुरुदेखि नै मन परेको थिएन । तपाईंहरुको मन बुझाउनका लागि मात्र नाइँ भत्र नसकेको हूँ ।’ प्रमुख सल्लाहकारको गरिमामय पदमा आसिन बाँदरले आफ्ना बाँकी कुरा पनि विधान मसौदाकारहरुका सामु राख्यो ।

सबैका सल्लाहले चुनिएको प्रमुख सल्लाहकार । विश्वासको प्रतीक । उसको यो मन्तव्यपछि ‘हो’ ‘हो’ व्यर्थैको टण्टा भन्दै सबै आआफ्नो बाटो लागे । कतिपय पशुपन्छीमा यी कुरा बस्तीका मान्छेले थाहा पाउने हुन् कि भत्रे गहिरो चिन्ता पनि देखियो ।

यसरी चिन्ता व्यक्त गर्ने केही पशुपन्छीलाई अरु पशुपन्छीले हिँड्दाहिँड्दै सम्झाउन थाले । ‘के तिमीहरु आपूm जस्तै ठान्छौ कि क्या हो मान्छेहरुलाई पनि ? उनीहरु त मान्छे हुन् मान्छे । ठूला बुद्धिजीवीहरु । लागेको काम त्यसै लथालिङ्ग पारेर अपूरो छाड्छन् कहीँ ? हामी जस्तै पशु भन्ठानेका छौ कि कसो ! त्यस्ता बृद्धिजीवीलाई पनि ?’

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *