गीति कविता : आकाशले

~कृष्ण वस्ती~Krishna Wasti_1

आकाशले धरतीलाई नछोएकै जाती ।
रोई-रोई पिरतीलाई नधोएकै जाती ।।

नराखे’नि हुन्छ मलाई मनमा सजाएर ।
गाइदिए पुग्छ मलाई गीत बनाएर ।।
कहिलेकहीं सम्झनामा नाता हुनु कस्तो ।
घामपानीमा नुहाएको इन्द्रधनुजस्तो ।।
आकाशले——-

फूल बनाई शिरमाथि नलाए’नि हुन्छ ।
सम्झनामा सुगन्धको नाम दिए पुग्छ ।
कहिलेकहीं सपनामा आई डुल्नु कस्तो ।
पातमाथि मुस्कुराउँदो फूल फुल्नुजस्तो ।।
आकाशले—-

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in गीति कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *