मुक्तक : चल्ला

~राजेन्द्र थापा~Rajendra Thapa

नयाँ नेपाल ल्याइने हल्ला भा’छ
तर सल्ला भा’छैन
पुरानो नेपाल काँ फाल्ने सल्ला भा’छ
तर हल्ला भा’छैन
मेरो देश धेरै पटक ओथारो
बसिसकेको छ
ओथारो फुलबाट आजसम्म
यौटा नि चल्ला भा’छैन ।

भाद्र २८, २०७३

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *