कथाः अकथाभित्रको कथा

~निराजनप्रभात लुईटेल~Nirajan Prabhat

कथा एक

यदि समय सोमरस भए म तनतनी पिउँथे होला । समय बलवान रहेछ भाइ सक्दिन, योसँग जोरी खोज्न । म उ बेलादेखि समिप छु समयको तर पनि चिनजान भा छैन । मरुभुमिमा कायल भाछु, के यो मुटु दुख्ने दबाइ छ हजुरसँग ।

म हात बढाउछु, अहँ बोल्दैन समय । हुन त समय आफैँ पनि मलहम हो घाउको । समयको प्रवाहसँगै कोत पर्व भण्डारखाल पर्वको त खाटा बसेको छ यो ०५२ के होर ? सबैले भुल्ने छ त्यो क्रान्ति, त्यो बलिदान । के जीवन सस्तो हुनाले हामी हाम फाल्या हो र त्यो मरणको खेलमा ? के मलाई घर परिवारको माया थिएन र ? यहाँ देशभक्ति छैन भाइ छैन । यहाँ एक रातमा करोडौ जना सहबास गर्छन् । लाखौं जनाको गर्भ रहन्छ, अनि लाखौं जनानै जन्मिन्छन् । तर एक जना देशभक्ति जन्मिँदैन त्यो लाखौंको जमातमा ।

मेरो आँखा अगाडि मान्छे म¥या देख्या छु, यो हातले नै कतिलाई मा¥या छु भाइ । एकोहोरो बोल्दाबोल्दै रोकिन्छन् हितमान दाइ । मरुभुमिको चिसो हावाको एक झोक्का कोठामा पस्छ म झ्याल लगाउँछु । वातावरण शून्यप्राय छ, मात्रै हितमान दाइ अनि म छांै कोठामा । हितमान दाइ एक लडाकु, क्रान्तिकारी योद्धा— उनको भाषामा । उनी मलाई त्यो कथा भन्दै छन् जुन उनले भोगेका छन्, अनि देखेका छन् जीवनलाई मृत्युलाई नजिकैबाट ।

पेप्सीको बोतलमा भरेर राखेको पानीको घुट्को मार्दै फेरि बोल्छन् हितमान दाइ, भाइ त्यो ताका हामी भोकभोकै २।४ दिनसम्म पनि जंगलको बाटो हिँडुनुप¥यो । बाटोमा भेट्या सबै बस्तु खाउँला जस्तो हुन्थ्यो, पानीको भरमा ५ दिनसम्म बसेको याद ताजै छ । त्यो बेला घरको याद कति आउने । प्यारी आमाले खान बोलाउँदा घुर्की लगाएको झलझली आँखामा आउँदा कति आँशुहरु सहिद भए । वनको काँडाले रोप्दा कति बाबालाई सम्झिए ।

छोरा नजान, तँ एक्लो छोरा नै हामीलाई छोडेर गएपछि हाम्रो हेरचाह कसले गर्छ ? झलझली आयो बाबाको त्यो रुन्चे अनुहार । देशलाई एउटा दिशा दिन हिँडेको म त्यो बेला, आज सम्झिँदा हाँसो लाग्छ, म कति मूर्ख रहेछु । औंलामा गनिने सीमित मान्छेको लागि पो हाम्रा सोझा साथीहरुले ज्यान दिएका रहेछन् ।

केहीछिन गम खाए हितमान दाइ,उनको मुहार रातो पिरो भा थियो, आँखा सजल थिए । उसको दिलको आवाज म सुन्न सक्थे,उनको त्यो भक्कानिनुको मर्म बुझ्थेँ म । तर म पनि मौन भएँ अनि उनैको कुरा सुन्न लालयित भएँ ।

अनि दाइ अरु सुनाउँनुस् न । मेरो बोली सुनेर उनी झस्किए, ए ! उनी फेरि कुरालाई अगाडि बढाउन थाले । भाइ मेरो दिमागमा त्यो घटना ताजै छ जुन दिन म कालको मुखबाट उम्किएर आएको थिएँ । कुरो २०५९ सालतिरको हो, हाम्रो पार्टीले देशभरि नै जनसरकार गठन गर्दै थियो, हामी त्यो काममा नै लागेका थियौं । पहाडी धरातलको एउटा गाँउमा आज हाम्रो बैठक थियो, सबै जना त्यहाँ भेला भएका थियौं । पार्टी कमिटीका क्षेत्रीय प्रमुखको पनि त्यहाँ उपस्थिति थियो ।

प्रमुख अतिथिको साथै सबै गन्यमान्य को आशनग्रहणको कार्यक्रम सकिएपछि अब बैठक सुरु हुनै लागेको थियो । एक्कासी कोही कराएको आवाज आयो— आर्मी आयो, आर्मी आयो…त्यो आवाजसँगै सबै सजग भए, सबै आ—आफ्नो ठाउँबाट ज¥याक जुरुक्क उठे । एक्कासी नजिकै बन्दुक पड्केको आवाज पनि आउन थाल्यो । त्यो मेरो जीवनमा पहिलो पटक थियो, यति नजिकैबाट गोली चलेको ।

मेरो सातो पुत्लो उड्यो । अरु बेला जति नै फुइँ लगाए पनि यमराज नजिकै रंगमडिदा को डराउँदैन र । अब के गर्ने ? कसो गर्ने ? त्यहाँ सबैको भागाभाग हुन थाल्यो । को कहाँ गए को कहाँ ? कसैलाई पनि अरुको बारेमा सोच्ने फुर्सद थिएन । अब हामी बसेको भवनमै गोली वर्षा हुन थाल्यो । एउटा गोली मेरो कानै छेउबाट हुइँकियो ।

हे ! भगवान मलाई मर्न मन छैन, मलाइ बचाउ । म अब देवभक्त भएँ । राम नाम लिन थालेँ । भाग्ने ठाउँको खोजमा मेरा आँखा यताउता डुल्न थालेका थिए । पर कुनामा मैले झ्याल देखे, म के खुसी भएँ, मनमा केही आशा पलाउन थाले । साँच्चै मान्छे कति अचम्मको छ जीवनमा धेरै गर्छ भन्छ, फुइँ लगाउँछ । तर जब मान्छे मरणको शरणमा पुग्छ उ शून्य शून्य हुन्छ । झ्यालबाट म पनि छिर्न थालेँ ।

गोलीको वर्षा हुँदै थियो । जीवन मरणको त्यो संघारमा थियो । भवन बाहिर पुगँे । अनि भागेँ ओरालो नै ओरालो । त्यो बेला मलाई अरु केही पनि थाहा थिएन, मात्रै जीवन जोगाउनु थियो । म एक नास भागिरहेँ । मेरो त्यो बेलाको भगाइ साँच्चै हाँसोलाग्दो थियो । अनि ठिटलाग्दो थियो । म धेरै पर पुगेर एक पटक त्यो भवनतिर हेरेँ । त्यो ठाउँमा अझै गोली वर्षा हुँदै थियो ।

मैले म उभिएको कान्लाछेउमै एउटा घर थियो । मैले आजको रात त्यो घरमै बिताउने विचार गरँे । अनि लागेँ त्यो घरतिर । घरमा पुगेर लामो श्वास लिएँ । सल्लोझँै सुस्काएँ । अनि घरको ढोकामा आवाज दिएँ । तर घरबाट कुनै आवाज आएन ।

हजुर कोइ हुनुहुन्छ घरमा ? फेरि मैले बोलाएँ ।

भित्रबाट सानो आवाज आयो— को हुनुहुन्छ बाहिर ? म बुढो एक्लै छु घरमा कसलाइ खोज्नुभएको ?
म हजुर बटुवा मैले गोलबोलीमा भनँे ।

बुढा खोक्दै उठे, कहाँबाट आउनुभएको कहाँ जान लाग्नुभएको कुन्नि ? आज भोलि जमाना खराब छ । राम्रो गर्दा पनि नराम्रो मात्रै हुन्छ । फेरि बुढा मजासँग खोके । मुटुको दम नै निस्किने जस्तो भो । ल आउनुस् भित्रै हजुर खोक्दै खोक्दै मसिनो श्वरमा बोले बुढा । लौ हजुर गरिबको घर त्यो जस्केनोमा गुन्द्री छ अनि यहाँ कम्मल लिनुस् अनि सुत्नुस् । खानापिना बनाउने मान्छे पनि छैनन् हजुरले खानु भएको थियो कि थिएन कुन्नि ?

बा मैले खाना खाएको छु, मात्रै सुत्ने मेलोमेसो भए हुन्छ । म पनि गरिब नै त हुँ, एक रात काट्नु छ जे जस्तो भए पनि हुन्छ ।

अँगेनोको छेउमै म सुत्न तयार भएँ । अहँ निन्द्रा लाग्दै लागेन । त्यो गोली अझै चल्दै छ जस्तो लागिरहयो । अब म सुरक्षित छु भनेर त्यो पापी मन मान्न तयार हुँदै भएन । यसो बुढातिर हेरेको बुढा पनि छटपटिँदै रहेछन् निद्रा नपरेर ।

बा ! हजुर बाबु अनि हजुर एक्लै घरमा ?

आपतकालका भरपर्दा लठ्ठी, अभिभारा थाम्ने घरका दलिन, निदाल म त रित्तै पो देख्छु, भय, आशंका र सुसाइरहने सन्नाटाबाहेक यहाँ काहीँ कोही देख्दिनँ नि म त ?

बुढाले उठेर धिप्रि जलाए, कोठा केही उज्यालो भो । बुढाको अनुहार बर्सिन आतुर बादलझँै थियो । मलिनो स्वरमा बोले—बाबु झूटो आश्वासन दिएर घिसार्न जस्तै छ यो मेरो बँचाई, जीवन भोगाइ । बूढा रुन पो थाले, बूढाको आँसुले म पनि नरोइ रहन सकिनँ ।

सुटुक्क २ थोपा आँशु आँखाको बलेंसीबाट गालाको पहरा हुँदै जमिनमा बगाइ दे ।

बा किन रुनु हुन्छ ? के भो ? मलाई आफ्नो नै मानेर सबै भन्नुस् ।

छोरा ! म छोरा यो शब्द सँगै झस्केँ । अनि सम्झिएँ मेरो बाबालाई कतै मेरो बाबा पनि यसरी नै रुँदै त छैनन ? हजुर बाबा भन्नुस्, बाबु मेरो जीवन खुसी जीवन थियो, हामी सबै जीवन खुसीसाथ नै बिताउँदै थियौं । तर समय पनि कति कुटिल छ अनि कति निर्दयी । लुट्यो समयले मेरो (हाम्रो) खुसी, अनि मलाई एक्लो बनायो ।

किन र के भो ? मैले पनि जान्न चाहे । बाबु मेरो एक जना छोरो मात्रै थियो, राम्रो नै थियो उसको पढाइ । कक्षा ९ मा पढ्दै थियो । एक दिन स्कुल गएको मान्छे फर्किएन । १,२,३,४,५६,७ हप्ता नै बोत्यो थाहा भएन, कति ठाउँ खोज्यौं तर पत्ता लागेन । छोरा हराएदेखि बेहोस् भएकी उसकी आमा छोरो हराएको ९ औं दिन परलोक भै । अब मेरो थाप्लामा दुई दुईवटा चोट । म पनि बेहोसी नै भएँ ।

२।४ दिन मेरो पनि होस् आएन । ४ दिनपछि होसमा आएँ । अनि जे सुनेँ म छाँगाबाट खसेझँै भएँ । मेरो छोरो माओवादी भा छ रे । मैले टेकेको धरती नै फाटेजस्तो भो म फेरि भक्कान्निएँ । बूढाले गहभरि आँसु पर्दै उनको जीवनको कहानी सुनाउँदै गए ।
बाबा अनि आजभोलि हजुरको छोरा खोइ त ?

बाबु सबै यो दैवको खेल हो । दैवसँग कसैको केही लाग्दैन । उसले जे चाहन्छ त्यो गर्छ । उसलाई कसैको दया छैन, कसैको माया छैन ।

बाबा के भो मलाई सिधा भन्नुस् । बाबु मेरो छोरो पनि सेनासँगको दोहोरो भिडन्तमा परलोक भएछ । त्यो दिनदेखि म एक्लई छु, यो घर एक्लई छ अनि म काललाई कुर्दै बसेको छु ।

बाबा साँच्चै हजुरको मुटु त दरो रहेछ । यस्तो विशाल आपतलाई पनि पचाउँदै जीवनसँग खोल्दै हुनुहुन्छ । त्यो समयमा फेरि मेरो घरपरिवारलाई सम्झिएँ । मेरो बाबा मनमनै आमाबाबाको नाम लिएँ । कुरा गर्दागर्दै खोइ कुन बेला निदाएँछु थाहा नै भएन ।

बिहान आँखा खोल्दा त घामको किरणले सिरानीलाई ताक्दै थियो । उठेर बाबासँग बिदा भएँ । मनमा अझै एउटा बोझ थियो । मैले बाबालाई माओवादी हुँ भनेकै थिइनँ । त्यो झूटको बोझ बोक्दै म लागेँ हाम्रो आधार शिविरतिर ।

फेरि हितमान दाइ रोकिए । दाइ के भो अनि के भो भन्नुस् न मलाई सुन्न कस्तो मन लाग्दैछ ।

भाइ भन्छु म मेरो जीवनलाई । ती दिन सम्झिँदा आज पनि दुःख लाग्छ, तर के गर्ने । गरिबको छोराको जीवन । थुइक्क भाइ जब म बेस क्याम्प आएँ, मैले जे सोचेको थिएँ ठीक त्यसको उल्टो भयो । पार्टीले त मैले धोका दिएको भनेर मलाई कारबाहीको सिफारिस गरेछ, त्यो ज्यान जोगाउने चक्करमा रातभर गायब हुनलाई शाही सेनासँगको मिलेमत्तो ठान्दै १ महिना मैले श्रम शिविरमा बिताउनुपर्ने फैसला ग¥यो । एक अबोध बालकझँै म पनि सजाय भोग्न थालेँ, एक कैदीको जीवन सुरु भो मेरो । कति कष्ट हुन्छ श्रम शिविरमा त्यो त भोग्नेलाई नै थाहा हुन्छ । बिना गल्ती सजाय पाउँदा म नदुखेको पनि कहाँ हो र तापनि किन किन मैले प्रतिवाद गरिनँ । आज सम्झिँदा मलाई नै अचम्म लाग्छ ।

म यता त्यो सास्ती खेप्दैछु उता घरमा सेनाले मेरो परिवारलाई सास्ती दिन थालेछ । कस्तो नि नियति । ती दुःखी गरिब बूढाबूढीको । गरिबीलाई हटाउन हिँडेको म, बेकारमा सास्तीमा पो परेँ । भाइ मार्छ मर्न त यहाँ एउटा खेल हुन्छ । दुस्मन भन्ने साथै मर्न नै आदेश हुन्छ । पुरानो राज्यलाई ढाल्दै नयाँ राज्य सत्ताको स्थापना भन्ने मूल नारा थियो हाम्रो । तर खोइ कहाँ पुरानो राज्य सत्ता ढल्यो । पुल जल्यो दुःख कसले पायो । टेलिफोल लुटियो सास्ती कसले पायो, जनताले कि सरकारले ? सरकार त भत्ता पचाउँदै टाउकाको मोल तोक्न आतुर थियो ।

भाइ यो हातले कति गरिब दाजु भाइको लास बोकेको छु । कतिलाई अलि अलि सास हुँदा पनि छोडेर ज्यान जोगाउन विवश हुनुपर्ने पनि हुन्थ्यो । जीवनको त्यो पल खोइ म कसरी भन्नु तिमीलाई शब्दमा उतार्न कठिन हुन्छ । पार्टीमा पनि ठूला भनाउँदाको राज हुन्छ, उनीहरुको नोकर नै हुनुपर्छ हामी । जहाँ पनि मर्न गरिब अनि तलकै त हो नि ? आज त घिन लाग्छ आफँैसँग, कतिको सिउँदोको सिन्दुर उडाए । युद्धमा जे पनि जाएज हुन्छ भाइ, मेरो यो हातले मेरै काकाको छोरोलाई पनि मारेको छु, अहँ काँप्दैन हात मार्न यो बेला । दुस्मन शब्दसँगै घृणा हुन्छ । बाबु नै भए पनि गोली हान्न डर लाग्दैन भाइ नसा नै हुन्छ । मात्रै पार्टीको बाटो प्रिय हुन्छ ।

एक एक महिनासम्म श्रम शिविरमा बस्दा पनि बिना गल्ती अहँ किन किन पार्टीकै माया हुने, कस्तो त्याग कस्तो आफ्नोपन खोइ कहाँबाट आउँछ कहाँबाट भाइ ? भाइ तर आज खोइ मैले के पाएँ ? योद्धा भए र सबै गुमाएँ तर हात लाग्यो शून्य । आज त घृणा लाग्छ ती अनुहारको अनि थुक्न मन लाग्छ त्यो नीतिलाई । भाइ यो शारदीय धरतीमा चन्द्रमाको उपस्थितिमा यस्तै कति रातहरु समाप्तिएका छन् स्मृतिको अमर पाना बनेर ।

जीवन नै एउटा किताब हो भाइ कति सुन्छौ मेरो पीडा अनि दुःखको दिन ? आगतको आँगनीबाट विगतको सम्झनामा फर्किनु कति मिठो हुन्छ । विगत जतिसुकै तितो, बिरुप, अनकन्टार भए पनि आगत भन्दा विगत प्रिय लाग्दो हुँदोरहेछ भाइ । त्यो प्रिय विगतको सुखद स्मृतिमा बाँचिरहेछ वर्तमान । भाइ कति विचार गरे कति बाटो खोजे भनेर साध्य छैन । तर म व्यक्त हुन सकिनँ ।

एउटा व्यथा बोकेर बाँचिरहेछु । सम्झन्थेँ म कहाँबाट कहाँ आइपुगेँ । दँजाएर हेर्थें आफ्ना अनुभूतिलाई र निष्कर्षमा पुग्न चाहन्थे, मेरो बाँच्नुको कुनै मूल्य छ कि छैन ? कसरी मूल्यहिन गुज्रिएर गएका छन् म माथिबाट युगका ती बलिष्ट पांग्राहरु त कति निकृष्ट हुर्केको छु म । एक—दुई—तीन गर्दै पल्टिन्छ इतिहास मेरो जीवनको त त्यसैमा म आफ्नो मूल्य खोज्छु ।

अनि प्रश्न आउँछ मेरो मगजमा कसले मेरो कुना मूल्य दिन सक्छ ? के महत्व दिन सक्छ ? मेरो कुन स्थान छ यो युगमा ? मलाई भनेर बाँच्नुको कुन ढाढस छुट्याएको होला ? के क्यास दिन्छ मलाई सभ्यताले अनि प्रगतिले ? के पुरस्कार दिन्छ मलाई मानवताले ? कुन कुनो हो मेरो स्थान ? कुन दुनो हो मेरो स्वार्थी पेट भर्ने ? यस्ता धेरै प्रश्न छन् भाइ मसँग यस्को जवाफ छ तिमीसँग तिम्रो देशसँग अनि मेरो हामीले बलिदान दिएर सत्तामा पुगेका नेतासँग ?

हितमान दाइ आवेगमा पो आए ? उनले धेरै उनुत्तरित प्रश्न गरे जस्को जवाफ मसँग के सरकारसँग अनि छैन । भाइ म पनि जीवनलाई प्रेम गर्छु । जीवन चाहन्छु, दुःख सुख भोग्न चाहन्छु । तर खोइ मेरो मर्म बुझेको । देशको युद्धमा जिउ ज्यान गरेर ६।७ वर्ष लडेको किन भाइ किन ? यो मरुभूमिमा पसिना बगाउन ? हाम्रो देश साँच्चै सतीको श्राप परेको देश हो रहेछ । एक जना गर्न खोज्छ अर्को गर्न दिन्न । अनि कहाँ हुन्छ देश विकास ? तिमीजस्ता युवा सबै मरुभुमिमा छौ । देश हाँक्ने आधार नै देशमा नभएपछि के हुन्छ देशमा ? ती दाँत नभएको बूढाहरु नै कति राज गर्छन् हँ भाइ देशमा ?

हितमान दाइ एकपछि अर्को प्रश्न गर्न थाले, म के भन्नु के भन्नु भएँ ।

दाइ म यो विषय जान्दिन, म राजनीति बुझ्दिनँ पनि । अनि बुझ्न चाहन्न पनि । चर्को कुरा हुँदै थियो हितमान दाइसँग एक्कासी मेरो मोबाइलमा म्यासेज आयो । म्यासेज मेरो कम्पनीको थियो । यसो घडी हेरेको त १ पो बज्न थालेको रहेछ । दाइ भोलि मेरो डिउटी पर्छ अब सुत्ने होला होइन ? हितमान दाइले पनि हुन्छ भनेपछि म पनि निदाउने प्रयासमा लागेँ तर निद्रा पर्दै परेन मात्रै दाइको कुरामा अल्झिरहेँ ।

कथा दुई

मेरो मन पुल्कित भएको छ । युद्धका मिसाइल हितमान दाइ आज मसँग हुनुहुन्छ । फेरि यो युद्धको बयान सुन्न कान आतुर छन् । बेलुकीको खाना खाएर हामी बस्यौँ युद्ध बयान सुन्न÷सुनाउँन ।

भाइ आज म रित्तो नितान्त एक्लो छु । मभित्र एउटा मूल्यहीन मुटु, अपराधका खाटा बसेका दुई—तीन खतहरु अनि एउटा सास फेर्ने फोक्सो यति मात्रै छ । भित्रभित्रै खोक्रो मेरो जीवन लाग्छ पृथ्वीको भार हो । अझै पनि म रातमा राम्रोसँग सुत्न सक्दिन । ती मृतात्माले मलाई तर्साइ रहन्छ । लाग्छ संसार बर्बाद नियतिको खेलको झुपडी रहेछ । त जीवन त्यसको प्रारुप खरानी मात्रै । यसरी जिउँनुको के तुक भाइ ? अतीत मेरो जीवनको आगतको खतरनाक पाटो भएको छ । अतीतले आत्मालाई पागल बनाइरहेछ हरपल हरघडी, जुन अवस्थामा यात्रा आज मेरो तिरस्कृत छ, पागलपनको भिकारी छब्, बिपनाको ब्यथा सपना छ । मेरो जीवन भोगाइ अपरिभाषित अनि विवादित ठाने पुग्छ । त्यसैले आजसम्म मर्नुको डरले बाँचेको छु, बिछोड, पीडा अनि कुण्ठाको तुवाँलोमा रुमलिंदै ।

मैले एकोहोरो सुनिरहेँ हितमान दाइको कुरा । साँच्चै मानिसको बाहिरी आवरण केही पनि होइन, भित्रभित्रै कति पीडा कुण्ठा लुकाएर मान्छे संसारलाई मुस्कान उपहार दिन्छ । अनि दाइ अरु भन्नुस न युद्धको कथा । मैले कुरालाई अगाडि बढाउन अनुरोध गरेँ । तन्द्राबाट भंग भए झैँ हितमान दाइले ए ! भन्नु भो, म त कता पो हराउन पुगेछु अतितमा । के सुन्छौँ भाइ त्यो दुखद पाटोलाई ? किन बेकारमा पीडित मुटुको घाउ उप्काउनु । होइन दाइ त्यो पीडामा सत्यता छ, सत्य जति नै तितो भए पनि सत्य सत्य नै हो हुन्छ हुनेछ ।

भाइ जुनसुकै स्थान,संस्था, संगठनमा राम्रा नराम्रा दुबै खाले मान्छे हुन्छन् । मीठा पलहरु हृदयको खण्डहरमा भाँसिन्छन् । तर आत्मा कुडाउँने ती पलहरुले सताइरहन्छन् युगौँयुग । अनि एउटा कुरा थाहा छ तिमीलाई ? इतिहास सँधै (जहाँ पनि) जित्नेकै नाममा लेखिन्छ । अनि मिचाहा नै नायक हुन्छ । सोझासादा सधैं तलको तल नै हुन्छ । मेरो कथा जति सुने पनि जति लेखे पनि मात्र शब्दमा सीमित हुन्छ । सधैं अधुरो हुन्छ मेरो कथा जसरी मेरो सपना अधुरो भयो÷लाग्छ जीवनभर अधुरै हुनेछ ।

बोल्दाबोल्दै दाइका आँखा सजल भए, अनि अतीतमा हराउँदै टोलाउन पुगे हितमान दाइ ।

दाइ के भयो ? मेरो शब्दसँगै दाइ पुनः झस्किए । भो भाइ अब धेरै बयान गर्न सक्दिन त्यो कालो अतीतको । खाटा बस्न लागेको घाउलाई फेरि किन उप्काउनु ।

दाइको यो कुरासँगै मेरो मन पनि निरासप्रायः भो । एक मनले भन्यो विचराको दर्दलाइ किन बल्झाउनु ? तर मेरो मन मान्दै मानेन । यो पापी मनमा ती घटना सुन्ने चाहना चुलीचुली भएको थियो ।फेरी कर गरे दाइ कृपया भन्नु न पीडा बाँड्यो भने कम हुन्छ, मनको आवाजलाई शब्दद्वारा बहिर निकल्नुहोस् दाइ ।
मेरो लाखौं बिन्तीलाई नकार्न नसकेर दाइले फेरि कहानी सुनाउन थाल्नुभयो । भाइ क्रान्तिकारी लालसेनाहरुलाई यौन कार्यपूर्ण या बन्देज हुन्छ । यौन एक युद्धको शत्रु नै हुन्छ । तर तिमीलाई म एक दिनको घटना भन्छु त्यो सुनेपछि जस्ले पनि एकपटक झस्किन्छ ।

पहाडी ठाउँमा मेरो इलाका थियो । हामी त्यो दिन १५।२० जना गाउँ गुम्न गएका थियौं । दिनको यस्तै ३—४ बजेको हुँदो हो । एउटा घरमा भुटेको मकै र मोही खाएर निस्किन मात्रै लागेका थियौँ । एक्कासी सेनाको गस्ती गाउँ पस्दैछ भन्ने खबर सुन्नमा आयो । अब हामी सबैको होस् हवास उड्यो । आधुनिक हतियारले सुसज्जित उनीहरुको २०० जनाको जत्था अनि भरुवा बन्दुकको साथका हामी १५—२० जना । त्यहाँ मुठभेड गर्ने कुरा त सोच्नु पनि मुर्खता हुन्थ्यो । त्यसैले भाग्नु नै उत्तम ठानी हामी भाग्न थाल्यौँ । जंगल भीरपहरा हुँदै हामी भाग्दै गयौँ । भाग्दाभाग्दै एक्कासी एक युवतीको आइया भन्ने आवाज मेरो कानमा प¥यो । पछाडि फर्केर हेर्दा र आफ्नै कमरेड नुतन । उनी आफ्नो पेट छाम्दै भुइँमा बसेकी थिइन् । अब आपद प¥यो जंगलको बाटो त्यसमाथि पनि लुक्दै भाग्नु पर्ने, साथी बिरामी ।

म नुतनको नजिकै पुगेर सोधेँ के भो कमरेड ? पेट दुख्या हो ? उनी मेरो प्रश्नको उत्तर दिन भन्दा रुन पो थालिन् । कमरेड नरुनुस् के भो ? मैले सोधेँ । उनको आँखामा केही लज्जा देखिनथाल्यो । कतै मेरो मनले सोच्यो, होइन होइन कसरी हुन सक्छ त्यो । एक लाल सेना कामरेड । नुतन कुरा के हो चाँडो भन्नुस् ? कामरेड म दुई जिउकी छु । मेरो पेटमा बच्चा छ पाँच महिनाको । आजको कुदाइको जोडले शायद बच्चालाई असार प¥यो होला त्यसैले मेरो पेट दुख्दै छ । लाग्छ अब मर्छ । आँखाबाट तमोर नदी बगाउँदै गला रोकिदै उनले आफ्नो पीडा पोखिन् । रीस उठ्यो । म लालसेनामा भर्ती हुँदा यौन युद्धको प्रथम दुस्मन भनेर प्रवचन दिने मान्छे नै आज ?

कामरेड यो तपाईं के भन्दै हुनुहुन्छ ? तपाईं होसमा त हुनुहुन्छ ? तपाईं के कुरा गर्न हुँदै छ नि ? त्यो कुरा पाटीमा थाहा भो भने के हुन्छ हजुरलाई थाहा छ कामरेड ? उनी पनि जोडले बोल्न थालिन् । मलाई सबै थाहा छ कामरेड । मेरो यो हालत के मेरो इच्छाले भएको जस्तो लाग्छ हजुरलाइ ? हाम्रो पाटीमा पनि भुसिया कुकुरको एक जमात छ, जो बोल्छ एक अनि गर्छ अर्को । म हेर्दाहेर्दै लुटिए आफ्नै पाटीको कमाण्डरबाट । तर पनि मैले केही गर्न सकिन । सानो हुनुको घाटा यो हो । हाम्रो आवाज हुँदाहुँदै पनि हामी लाटो हुन्छौँ । अनि पेल्छन् ती उच्च भनाउँदा व्याधाले ।

उनी बोल्दै गइन् । धेरै दिनदेखिको भडास निकाल्दै थिइन् उनी । मलाई यो हालतमा ल्याउने हाम्रै पार्टीका क्षेत्रीय इन्चाज हुन । उनले मौका पाउनासाथ मेरो कमजोरीपनको फाइदा उठाउँदै लुटे पटकपटक अनि म लुटिरहेँ बारबार । उसले चाँडै विवाह गर्न बाचा पनि ग¥यो । तर आज उल्टै मलाई धम्किदिन्छ । के यस्तै हो त माओको सिद्धान्त ? उनको पीडा कम भएकै थिएन । माथिबाट बन्दुकको आवाज आउन थाल्यो । उत्तरतिरबाट सेनाको फौज हाम्रो पिछा गर्दै रहेछन् । अब के गर्ने एक बिरामी साथीलाई साथैमा लग्दा पनि दुई जना नै मरिने नलाग्दा पनि मनले मान्दै मानेन । नुतन सेना आउँदै छन् यतै चाँडो भागौं ।

उनी उठ्न खोजिन, सकिनन् । अनि भनिन् रुन्चे बोलीमा कामरेड तपाईं भाग्नुस् मेरो पीर नगर्नुस् । अब म थाकिसकेँ जीवनबाट । भाग्नुस् हजुर । उनको गला रोकियो । आँखाले जीवन माग्दै थियो । म भागे त्यहाँबाट ओह्रालो नै ओह्रालो सेनाको गोली छल्दै । मेरो मुटु फुलेर आयो । धेरै पर पुगेपछि रोकिएँ ।

खोल्साको पानी पिएँ । लाग्यो आज पनि बाँचियो । त्यहाँबाट कामरेड नुतनको बारेमा सोच्दै क्याम्पमा पुगेँ । त्यो समयमा रातको ८ बगेको थियो । रेडियोबाट समाचार आउँदै थियो । हाम्खोर गाउँमा भएको दोहोरो भिडन्तमा एक महिला छापामारको मृत्यु । म झस्किएँ । मेरो होस् उड्यो । मेरो छेउको धरती भाँसिए झैँ लाग्यो । एक अवला नारीलाई मारेर दोहोरो मुठभेडको नाम दिने निकम्मा सरकार अनि सेनादेखि झन्न रिस उठ्यो । त्योभन्दा ज्यादा रिस त्यो कुमानवसँग उठ्यो जस्ले पार्टी नीति बिपरीत एक नारीको अस्मिता लुट्यो, त्यो कारणले आज लालसेनाले एक सुकल युद्धा गुमायो । म के गर्नसक्छु र म पनि त एक तल्लो स्तरको लालसेना न थिएँ । मनमनै जल्दै सुत्न गएँ ।

भाइ यस्तै छ हाम्रो पीडा हाम्रो युद्धको कहानी । यस्ता धेरै कहानी छन् । जो कसैले देख्या छैन देखेर पनि लेख्या छैन । दाइ निक्कै भावुक भएका थिए । उनको आँखा सजल भएको थियो । साँच्चै एक जनाको कुभावनाले कतिको जीवनमा प्रभाव पर्छ है ? म पनि सोच मग्न भएँ । हातको घडी हेरेको रातको १२ः३० भएको रहेछ । बाँकी कहानी पुनः कुनै दिन सुन्ने÷भन्ने सर्तमा हामी सुत्न लाग्यौं ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.