कविता : मात्र फरक तारतम्य

~कणाद महर्षि~Kanad Maharshi_1

आँधी आयो,
भूकम्प गयो,
प्रलय भयो
-उल्कापात मच्चियो
-परिवर्तन भयो ।

अनि म गम्छु, केही विचार गर्छु
र फेरि बोध गर्दै
व्यक्तमा बोल्छु
-यहाँ भयो के त ?
-उत्तर आरम्भमै भनियो
भन्नेहरुले यसो भने
र लुसुक्क दुलोतिर पसे
अनि फेरि मैले मुख खोलेँ
तिमी! तिमी चाहिँ के भयौ त ?
र पायौ के त ?”
उस्ताको उस्तै
जस्ताकेा तस्तै
मात्र तौर/तरिका, तारतम्य फरक
छैन उत्तर ।

-चाबेल, काठमाडौँ

(स्रोत : मधुपर्क २०६५ फागुन)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.