गजल : आज पराई भयो

~बसन्त मोहन अधिकारी~Basanta Mohan Adhikari

जसको लागी बाँच्थे मर्थे उही आज पराई भयो ।
उनको बाटो पर्खि बस्दा चितामाथी सुताई भयो ।

उनको माया संगालेर मिठो सपना सजाएथेँ
सपना जली आज मेरो दागवती खुवाई भयो ।

गाँउमा हल्ला फिजाएर बदनाम गर्राई छाड्यौं
जिउँदै मारी जलाउँन तिम्रो माया सलाई भयो ।

सपना जली देह बल्दाँ हाँस्छौ अरे दुनियाँ माँझ
चोखो जीवन यो नारीको सधैं तिम्रो रजाई भयो ।

(स्रोत : लम्जुङ् डट काम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.