कविता : निर्दोष तिमी…..

~कुन्दन काफ्ले~

फूल हेर्दा पनि किन पातमा नजर जान्छ ?
जून हेर्दा पनि किन रातमा नजर जान्छ ?
सुन हेर्दा पनि किन हातमा नजर जान्छ ?
गुन हेर्दा पनि किन बातमा नजर जान्छ ?

हेराईको दोष हो यो, दोष हो की नजरको ?
देखाईको दोष हो यो, दोष हो की असरको ?
ठनाईको दोष हो यो, दोष हो की ठहरको ?
भनाईको दोष हो यो, दोष हो यो रहर को ?

हेर्ने दोषी हो की, देखिने पो हो दोषी ।
या दोषी हुन् मेरा कुरा काट्ने पडोषी ।
दोषी हो यो दृष्टी या दोष द«ष्टाको हो ।
दोषी हो यो सृष्टी या दोष स्रस्टाको हो ।

दोष मेरो छैन, निर्दोष छौ तिमी पनि ।
होस मेरो छैन र मदहोस छौ तिमी पनि ।
बाँचौंन जीवन पूरा सहयोगी साथी बनी ।
रथी र सारथी का झैं पुरक, परिभाषी बनी ।

००

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.