लघुकथा : पुस्ता:न्तरण

~कात्यायन~dhanwantari-mishra-katyayan

– खै: उसको हजूर-बाले नौसिन्देमा जागीर खाँदा के-कति घर-जाम जोडे थाहा थिएन उसलाई |

– नब्बे रुपैंया हात पर्दा यी सबै घडेरी जोडेको हो भनेर सुनाउंथे उसको बा |

– नौ-सयको जागीरको पहिलो तलब पाउँदा आधा-तोलाको सुनको सिक्री हालेको भने पक्कै सम्झना थियो उसलाई |

– आज उसको छोराले पहिलो तलब पाउँदा नौ-हजारको जुत्ता किनेर ल्याएको छ |

– भर्खरै जन्मिएको नातीलाई पुलुक्क हेर्छ र बडबडाउंदै कसम खान्छ – यसलाई पनि नब्बे-हजारको कुसुमे रुमाल किन्न सक्ने सम्म त पक्कै बनाउनु नै पर्छ |

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *