छन्दबद्ध गजल : हराएँ म

~जीवराज बुढाथोकी~

छन्द : मेची

कल्पना मै हराएँ म ।
तर्कना मै रमाएँ म ।

मन्भरी तिर्सना बोकी,
पाउ चाल्नै डराएँ म ।

गर्नु क्यै छैन भन्ने भो,
त्यसमै मन् सजाएँ म ।

कर्मको मार्ग त्यागेर,
काधको बोझ् पचाएँ म ।

लाग्छ यो जिन्दगी अर्कै,
आज पो धर्मराएँ म ।

स्वःनिर्मित छन्द : मेची
सूत्रः SIS SIS SS
गणः र र गु गु
विश्रामः ४ अक्षरमा

जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
संयुक्त राज्य अमेरिका भ्रमणको समयमा

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.