कविता : पुरुषहरुको बस्तीमा महिला

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

महिलाहरु
गर्वमा हुंदै मारिनु पर्ने
जन्मीने वित्तिकै मारिनु पर्ने
दोश्रो दर्जाको रुपमा हेरिनुपर्ने
पुरुषहरु एसो गर्छन्
आफुलाई माथि राख्न खोज्छन्
आप्mनो वंश चलाउन एसो गर्छन्
आमा पनि महिला हुन् भन्ने विर्सन्छन्
वंश चलाउन आमा नै चाहिन्छ भन्ने पनि विर्सन्छन् ।
विवाहमा दाइँजोको डरले छोरीको हत्या गर्छन् ।
परुषहरु
शिक्षक छन्
वैज्ञानिक छन्
चिकित्सक छन्
इन्जीनियर छन्
एउटा यस्तो वस्ती छ
जहाँ अहिले पुरुषै पुरुष मात्र छन् ।
पुरुष पुरुषलाई सम्भोग गर्छन् ।
पैसा तिरेर पुरुषले परुषलाई विवाह गर्छन्
वचेखुचेको महिलालाई नाङ्गो आँखाले घोचेर नै मार्छन् ।
पुरुष बाबु पनि हो
छोरीलाई पान्चाली विवाह गरिदिन्छन्
मानावता भुलेर बाबुले पनि पान्चालीको चिरहरण गर्छ
भोग गर्छ, बलात्कार गर्छ
अर्धमृत्त अवस्थामा समेत लागातार भोगिरहन्छन्
कोही फकाएर भोग्छन्
कोही तर्साएर लुट्छन्
कोही अन्जान भएर लुटिरहन्छन् ।
मान्छेको व्यापार गर्छ
पुरुषहरु आप्mनो वारिस कमाउन खोज्छन् ।
उसले सोंचेको पुरुषार्थ यहि हो ।
महिला आमा पनि हुन्
धर्ती हुन्
अन्न हुन्
प्रकृति हुन्
आप्mनो सन्तानको उज्यालो भविष्य रोज्छिन्
र पनि पुरुषहरुको बस्तीमा
महिला अपहेलित बनिरहन पर्ने यहाँ ।

(२ जलाई २०१६, फार्नवोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.