व्यङ्ग्य निबन्ध : गजबकी श्रीमती

~दीपक ‘दर्पण’ रावत~

भए पनि नहुने नभए पनि नहुने यो जात ! नपाउँदासम्म तात्तिने पाएपछि मात्तिने । कैले दंग तिन छक्क पार्ने भने कहिले तालुबाट पसिना निकाल्दिने अचम्मको जात ।

विभिन्न विज्ञहरुका श्रीमतीप्रति विचार भिन्न–भिन्न होलान् तर मलाइ के लाग्छ भने विश्वका श्रीमती आफ्ना श्रीमान्हरुको तवला बजाउनै जन्मेका हुन् । नेपालीमा एउटा भनाइ छ– ‘नेपाली वीरको छोरी शिर चढाउन सक्ला तर शिर कसैसामु झुकाउन सक्दैन । तर यो भनाइमा नून पुगेझंै मलाई लाग्दैन किनभने कहीं नझुकेको शिर आफ्नी श्रीमतीका अगाडि झुकेको कैंयौं पाइन्छ । यदि श्रीमतीको अर्थ तपाइँहरुले बुझ्नुभा छैन भने म तपाइँहरुलाई बुझ्ने तरीका सिकाइदिन्छु । यो श्रीमती भन्ने पञ्चड भएको मोटरसाइकलजस्तै हुन् विहेको मण्डपबाट डो¥याउन शुरु हुन्छ जीन्दगीभर डो¥याएको डो¥यायै हुन्छ । जता हे¥यो नेपाली ग्याँसको सिलिण्डर जस्तो । अझ कानमा कराउँछन् माइक्रो बसको किलिण्डर जस्तो भगवानले पनि फुर्सदमै बनाएको समन्ध (साइनो) हुनुपर्छ यो !

अब के को संज्ञा दिने पासपोर्ट भनौ ऋण गर्नुपर्दैन, नागरिकता भनौ लाइन बसेर निकाल्नुपर्दैन, परिचयपत्र भनौं म्याद कहिले जाँदैन, लाइसेन्स भनौं रंगसाइडबाट डो¥याए पनि ट्राफिकले समातेर लाँदैन । एक एकजना महापुरुषले मसँग आफ्नी श्रीमतीको कहानी यसरी सुनाउँदै थिए– हेर्नुहोस मित्र के भा’छ के भा’छ मेरी श्रीमतीसँग ठाकठुक परेको आज १ महिना भयो यार म अफिसदेखि सरासर घर जान्छु त अमरिश पुरी झै रिसाएर बस्छे भन्या । अब दिनभर कामको टेन्सन भएको हुन्छ घरमा पनि त्यस्तै ताल । खानाको कुरा त परै जाओस पानी पनि सोद्दैनी भन्या म पूर्व फर्केर सुत्छु ऊ पश्चिम फर्केर सुत्छे । आज त टन्नै यही होटेलमा खाएर गैइन्छ भनेर उसले शरीरले थेग्ने नसक्नेगरी रक्सी खाएर गयो तर अचम्मको कुरा के भए छ भने आज त उसकी श्रीमती लाइन नभए पनि क्याण्डिल बालेर आफ्नो श्रीमानलाई पर्खिरहेको रैछे । ऊ घर पुगेपछि दंग परेछ । अझ श्रीमतीले भनिछन् कति बेर गरेको खाना तताइदिउँ भनेर तताएर ल्याइदिइछन् ।

अरु दिन रक्सी नखाएर जाँदासमेत कराउने श्रीमती आज खाएर राति ११ बजे जाँदा पनि खुशी ? ऊ तिनछक परेछ । खाना खाएपछि श्रीमतीले भनिछन् बुढा आज कति गते ? उसले पनि जवाफ दियो ३० गते नि । त्यसो भए तलब त बुभ्mयौे हौला नि ? तब बल्ल अर्थ बुझ्यो उसले रक्सी खाएर ११ बजे आउँदा पनि श्रीमती खुशी भएको । सबैले भन्छन्् श्रीमती घरको काम गर्ने हुँदा यिनीहरु गृहमन्त्रालयअन्तर्गत पर्छन् तर साँचो अर्थमा श्रीमती गृह होइन अर्थमन्त्रालयअन्तर्गत पर्छन । लाली सकियो पैसा, क्रिम सकियो पैसा । हामी त यिनकी ब्त्ः रे जब चाह्यो ढबायो पैसा आयो । अब भन्नुस् चामल, ग्या“स, चीनी सबै किन्नुपर्ने हामीले कमाइ चाहिँ साझा रे ? हामी चाहि यिनका लागि ठेकदार । यिनले कमाएको चाहि निजी रे ? हामी ठेकेदार भए किन माग्या अधिकार बराबर !
पुरुषले रक्सी खाए जँड्याहा रे, हिड्यो भने ट्यापे लोफर । यिनले ठर्रा ताने चाहिँ के भन्ने ? त्यसैले श्रीमतीको अधिकार मात्र मागरेर हुँदैन श्रीमान्को महत्व पनि बुझ्नुपर्छ होइन भने समाउ कोमल वलीलाई र जप मन्त्र पोइल जान पाम शिव, पोइल जान पाम ।

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *