सूत्रकथा : वृध्दालय

~अमर त्यागी~amar-tyagi

देशमा चर्केको द्वन्द्वको फाइदा उठाउँदै उनी द्वन्द्वपीडितको रूपमा शरणार्थी भएर सपनाको देशतिर बसाईँ गए।

जीवनका सम्पूर्ण श्रम,सीप र ऊर्जा उतै खर्च गरे।अहिले वृध्द र अशक्त अवस्थामा आफ्नै देशमा शरणार्थी भएर आएका छन् र आफै आफ्नो उपहास गर्दै भन्छन्, “म यो देशको मायाले आएको हुँ।” मलाई चाहिँ उनीसँग एउटा प्रश्न सोध्न मन लागेको छ, “बा ! के यो देश वृध्दालय हो ?”

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : सूत्रकथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *