अनूदित कविता : श्रद्धाञ्जली

~ओस्कार वाईल्ड~
अनु: प्रतिमान सिवा

बिस्तारै हिँड्नुहोस, नजिकै छिन उनी
हिउको थुप्रो मुनि,
सुस्तरी बोल्नुहोस्, सुन्न सक्छिन् उनी
डेजीहरू उम्रेको पनि।
उनका चमक्दार सुनौला केशरासी
खुईलिएको छ खियाले,
थिईन उनी कलिली अनि गोरी
मिलेकी छन् धुलोमा अहिले । लिली जस्ती, हिउँ भन्दा गोरी
जो उनले बिरलै जानिन्,
भईन् उनी एक नारी
सुन्दरतामा जसै हुर्किन उनी ।
कफिन् भित्र राखी, भारी पत्थर
छ उनको छातीमा,
म एकान्तमा वहलाँउछु मेरो हृदयलाई
उनी अहिले विश्राममा छिन् ।
शान्त, शान्त, उनले सुन्दिनन्
कुनै विणा वा गजलको राग,
मेरो सारा जीवन यहीँ पुरिएको छ
दिनुहोस् मट्टी यसमाथि उनिलाई ।

-अंग्रेजीबाट अनूदित कविता
प्रतिमान सिवा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in अनूदित कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *