लघुकथा : संवाद

~कात्यायन~dhanwantari-mishra-katyayan

– ऊ आज रास्ट्रिय प्रशारणको प्रत्यक्ष प्रशारित ‘संवाद’ कार्यक्रम हेर्दैछ | मन्चमा केहि ‘सुकिला-मुकिला’हरू थिए र प्रांघणमा ‘मैला-घस्रा’हरू |

पहिलो संवाद :
—————
– सपनाहरू देख्ने गर्नुहोस् |
– छाना छाउने पराल छैन |
– आकाश नै सपनामय बनाउनुपर्छ |
– कनिका छैन |
– सपना रोप्ने बानी बसाल्नुपर्छ |
– नांगै छौं |
– सपना नै ओढ्नुपर्छ |
– चक छैन |
– सपनाले नै लेख्नुपर्छ |
– सिटामल छैन |
– सपनाले सबै ठीक हुन्छ |
– बीऊ छैन | मल छैन | पानी छैन | विजुली छैन | बाटो-घाटो छैन | स्वास्थ-चौकी छैन | सुरक्षा छैन |
– सपना, बस् सपना देख्ने बानी बसाल्नुहोस् |
– बाढी छ | पैह्रो छ | महंगी छ | बलात्कार छ | हिंसा छ | कालोबजारी छ | भ्रष्टाचार छ |
– बस् सपना देख्नुहोस् | सपनाले नै उन्नतीतिर लान्छ | सपना नै सृजनाको खुट्किलो हो |

दोश्रो संवाद :
————–
– मैला-घस्राहरू सही ठान्छन् र त्यहीं सपना देख्न लम्पसार पर्छन् | सुकिला-मुकिलाहरू त्यहीं सपना देख्न सुतेकाहरू माथि ‘बुट’का नयाँ संवाद निकाल्दै अगाडि बढ्छन् |

तेश्रो संवाद :
————-
– अब अर्को भागमा |

(२०७३/०२/११)
चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *