कविता : गिद्दहरु

~चन्द्र गुरुङ~Chandra Gurung

आजभोली,
मेरो देशको आकाशमाथि
लालच र पदलोलुपताका दुइ पखेटाहरु फिंजाई
निर्दयी गिद्दहरु फेरी विचरण गर्न थालेका छन्
जसका तीक्ष्ण लोभी नजरले
प्रत्येक अवसररुपी चल्लालाई देख्न सक्छन्
टाढैबाट चिन्न सक्छन् र
मौका पाउन साथ झम्टिन्छन् ।

जब, दरबार भित्रको शिकारीले
यी गिद्दहरुलाई आफ्नो चालको जालमा पारे
र यिनका दुइ शानदार पखेटाहरु काटेर
आकाशैभरिको स्वतन्त्र उडानलाई खोसे ।
तब, यी गिद्दहरु
मुकुटधारी शिकारीको विरोधमा
दिन-दिनै रत्नापार्कमा भेला हून्थे,
आफ्नो खोस्सिएको आसन फिर्ता पाउन
खुल्लामञ्च थर्काउने भाषण ठोक्थे,
लुटिएको सुख-शान्तिका निम्ति
चोक-चोकमा आन्दोलित हुन्थे र
सहयोगको लागि हामी जनतालाई गुहार्थे ।

अब फेरि,
त्यो क्रुर शिकारीको चंगुलबाट फुत्केर
यी गिद्दहरुका बदनाम नाकले
अवसरको गन्धलाई सुघ्न थालेका छन्
कुइएका आलु जस्ता दिमाग बोकेका शिरलाई
परम स्वामीको पाउमा नै र्समर्पण गर्न थालेका छन्
र फेरि
यी गिद्घहरुले अबलाहरुका बेइज्जत गरेर
ठूला-ठूलार् इज्जत पुरस्कारमा थाप्न सक्छन्
हाम्रो विश्वासलाई तोडेर
भ्रष्ट चरित्र बापत थुप्रोई तक्मा जोड्न सक्छन्
र, आफ्नो स्वार्थ्र्ााे थैली भर्न
पापी हातले सामन्तीको गोडा धुन पनि सक्छन् ।
तर खबरदार !
निरंकुश शिकारीको जाललाई
धुजा-धुजा पार्न सक्ने परेवाहरुले
यी लोभी गिद्दहरुलाई पनि लखेटन सक्छन् ।

गोर्खा हाल काठमाण्डौ ।
November 13, 2006

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.