सूत्रकथा : गाँठी कुरा

~कुमार काफ्ले~kumar-kafle

-एउटा सरकारी विद्यालयमा शिक्षण सुधारका उपायहरू बारे छलफल चल्दै थियो।

-एकजजा शिक्षकले भने”हाम्रो देशको शिक्षा नीति नै ठीक छैन,यसलाई परिवर्तन गर्नुपर्छ”

-अर्काले भने”यो सरकारै गतिलो छैन,सरकार परिवर्तन नभइ केही हुदैंन”

-केही शिक्षकले भने “अभिभावकहरूलाई आफ्ना छोराछोरीको पढाइप्रति कुनै चासै छैन।”

-अभिभावकले भने “यो स्कूलका शिक्षकै ठगमारा छन्, यिनीहरूलाई ठेगान नलगाई केही हुँदैन।”

-धेरैबेरदेखि छलफल र बहस सुनिरहेको कार्यालय सहयोगीले मुख खोले “गाँठी कुरा अरु जेजे सुध्रिए पनि यहाँ आफू नसुध्रिएसम्म हुनेवाला केही छैन।”

– ओखलढुंगा।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.