गीत : कसरी टुक्री गइगएँ

~बच्चु कैलाश~

कसरी टुक्री गइगएँ यो कुरा बिन्ति नसोध
किन म यस्तो भइगएँ यो कुरा बिन्ति नसोध

यो छातिमा कतिले टेकीगए कतिले मलाई लुटिगए
भागेर जाऊँ म कहाँ धर्ती यहाँ मेरो प्रीत यहाँ
कसरी जल्दै गइगएँ यो कुरा बिन्ति नसोध

छोडी आएँ म हाँस्ने खेल्ने किनारा अर्को किनारा टाढा छ टाढा छ
टाढा छ मेरो रोइरहने प्रीत मदेखि धेरै टाढा छ
कसरी टुट्दै गइगएँ यो कुरा बिन्ति नसोध ।

शब्द / स्वर / सङ्गीत : बच्चु कैलाश

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *